भर्खर समपन्न चितवन महाधिबेशनलाई तपाईंले कसरी हेर्नुभएको छ ? नपाली काँग्रेसको भातृसंगठन रुपमा नेपाल दलित संघले २०५४ मा मान्यता पायो । नेपलगंजमा पहिलो महाधिबेशन,दोस्रो महाधिवेशन बिराटनगरमा र तेस्रो महाधिबेशन पोखरामा गर्ने तयारि मा थियौ तर बिशेष
25;ारणबास गर्न सकिएन तर चितवन महाधिबेशन ऐतिहासिक बन्यो जहाँ हामिले आठ बर्षम्म स्थगीत महाधिबेशन गर्न सफल भयौ । चितवन महाधिबेशनले नेपाल दलित सघंलाई बैधानिकता प्रधान गरेको छ । एउटा लोकतान्त्रीक प्रणाली अपनायौ र सहमति, सहकार्य गरि हाम्रो भातृसंगठनलाई बिजयी गरायौ ।
चितवन महाधिबेशन कत्तिको समाबेशी बनेको बनेको छ ? यो महाधिबेशन एउटा नयाँ नमुना बनेको छ । यो महाधिबेशनमा हाम्रो बिधान संसोधन गरि आरक्षणको ब्यवस्था गरिएको छ जसमा ५ वटा उपसभाति निर्वाचन बाट आउने र २ वटा उपसभापति आरक्षण बाट मनोनयन गर्ने नियम गराइयको छ जहा महिला र मधेशिको ब्यवस्था गरिएको छ । तर्राई, पहाड ,भीत्रीमधेश,रोल्पा ,डोल्पा,अपाङ्ग तथा सम्पूर्ण बर्गलाई सहभागीता गरिएको छ र प्रजातान्त्रीक रुपमा अगाडि बढेकाले यो महाधिबेशनलाई चौतर्फीबाट तारिफ गरिएको छ ।
दलितहरु समाजमा परिस्कृत भइराखेको बेलामा एउटै एजेण्टा बनाएर जानुपर्नेबेलामा ४५ जना सभापति पदमा उमेदवार पर्नु र महाधिबेशन बिवाद आउनु कारण के होला ? निर्वाचन प्रणली लोकतन्त्रको एउटा बलियो पक्ष हो ,निर्वाचन बाट फुट आउदैन बरु दुबै पक्ष मिलायर लैजाद सगंठन बलियो स्थितीमा पुग्दछ । जहासम्म चितवन महाधिबेशनको चुनावको बिवादको कुरा हो कुनै पनि ब्यत्ति हरु चुनावमा गएपछी चुनाबि प्ररिणाम स्वीकार गर्नुपर्छ र सक्नुपर्छ एक दुई जनाले यस्तो आरोप लगाउदैमा , असन्तुष्ट हुदैमा यस तर्फध्यानाकाष्ण गर्नु हुदैन । यो महाधिबेशन राम्रो भएको भन्दै चौतफी रुपमा प्रशंसा गरियको छ ।जमहाधिबेशनमा केन्द्रिय सदस्य दिलेन्द्र बढु र चितवन जिल्लाका सभपतिले यो महाधिबेशन एकदमै सैहार्द बातवरणमा, सहज,सरल तरिकाले निर्वाचन गराएर सवैलाई सम्मानित गर्ने गरि उहाहरुले कार्य समपन्न गर्नु भएको थियो । यसमा उहाहरुलाई खोट लाउने ठाँउ नै छैन । यसमा एक दुई जनालाई हारको पिडा हुनसक्छ । कसैलाई अफठ्यारो भएको छैन बरु सवै खुसि छन , महिला,अपाङ्ग र मधेशिलाई आरक्षण गरेकामा सबै खुसि छन ।
बिगतमा सभापति भइसक्नुभयो तपाईले बिगतको कार्यकालको कसरि मुल्यांङकन गर्नुभएको छ र आगमि कार्यकालमा कस्तो निति बनाउनु हुन्छ ?
बिगतको कार्यकालले गर्दा वर्तमान महाधिबेशन समपन्न गर्न सफल भयौ । बिगतलाई हेर्दा म जिल्ला जिल्ला, गाँउ गाँउ , टोल टोलमा गई नेपाल दलित संघको गठन गरे र हाल ७० वटा जिल्ला सम्म बिस्तार गरे जसले गर्दा दलित पनि एउटा संगठीत हुनुपर्छ दलित हक अधिकारको निम्ती जागारुक हुनपर्छ भन्ने जस्ता राजनितिक चेतानाको बृदि भयो जसले गर्दा यो महाधिबेशनमा ७० वटै जिल्लाबाट प्रतिनिधिको उपस्थिती भयो र यो उपसस्थित देखेर नेपाल दलित संघ पनि एउटा ठुलो र शसत्त संगठनको रहेछ भन्ने भान उपस्थित पाहुना तथा पार्टिका नेताहरुलाई भयको थियो । बिगतमा माहधिबेशन नहुदा कार्यकर्ता हरु बाहिर गएको अवस्थामा महिले पार्टि पत्तिं सग छलफल गरि महाधिबेशन गरियो । बिगतमा म कार्यबाहक सभापति भएकाले यो बैधानिक रुपमा सभापति नभएको र आफुलाई निर्वाचित सभापति हुन मन लागेकोले सभापतिको पदमा लडेको हु र यसमा म बिजय पनि भए । अब भबिष्यको कार्यकालमा सबै पक्ष सगं छलफल गरि सगंठनलाई अगाडि बढाउछु , म एक्लैले सगंठन बनाउन ग्राहो हुन्छ , सबैको सहयोग चाहिन्छ त्यसैले सबैलाई एउटै ठाउमा राखि उहाहरु सम्मान दिएर अगाढि बढ्ने र संगठनलाई समाजमा र देशको केन्द्रिय राजनितिमा अग्रस्थानमा ल्याउने पहल गर्नेछु
± तपाईहरुको बिधानमा उल्लेखित मनोनयन पकृयामा बिपक्षी लगाएत युवाहरुलाई कसरि समाबेश गर्नुहुन्छ ?
मलाई लाग्छ यो महाधिबेशनबाट नेपाल दलित सघं सबै अव युवाहरुको भयो भन्ने लाग्छ । यसको नमुना तत्काल महिले मनोनयन गरेका महासचिव जिवन परियार लाई हेर्न सक्नुहुन्छ उहाँ निकै लगनशिल कार्यकर्ताको माझ अतयन्तै लोकप्रिय युवा हुनुहुन्छ त्यसतै सचिवमा पनि युवानै हुनुहुन्छ र कार्य समितिमा पनि एक दुइ जना बाहेकका सबै युवाहरुनै हुनुहुन्छ ।
बिगतको कार्यकालले गर्दा वर्तमान महाधिबेशन समपन्न गर्न सफल भयौ । बिगतलाई हेर्दा म जिल्ला जिल्ला, गाँउ गाँउ , टोल टोलमा गई नेपाल दलित संघको गठन गरे र हाल ७० वटा जिल्ला सम्म बिस्तार गरे जसले गर्दा दलित पनि एउटा संगठीत हुनुपर्छ दलित हक अधिकारको निम्ती जागारुक हुनपर्छ भन्ने जस्ता राजनितिक चेतानाको बृदि भयो जसले गर्दा यो महाधिबेशनमा ७० वटै जिल्लाबाट प्रतिनिधिको उपस्थिती भयो र यो उपसस्थित देखेर नेपाल दलित संघ पनि एउटा ठुलो र शसत्त संगठनको रहेछ भन्ने भान उपस्थित पाहुना तथा पार्टिका नेताहरुलाई भयको थियो । बिगतमा माहधिबेशन नहुदा कार्यकर्ता हरु बाहिर गएको अवस्थामा महिले पार्टि पत्तिं सग छलफल गरि महाधिबेशन गरियो । निम्न आय भएका,स्वासथ्य क्षेत्रमा पहुच नपुगेका र समाजबाट परिस्कृत भएका दलितहरुको निम्ती कस्तो खालको निती तथा कार्यक्रम ल्याउनुहुन्छ ?
म सबैभन्दा संमेदनशिल र चिन्तीत यो बिषयमा छु । स्वासथ्य राज्यमन्त्रीको रुपमा पार्टिले मलाई पार्टिले पठायको छ र महिले हेर्ने क्षेत्रमा बिशेष रुपमा दलित तथा गरिव बर्ग पर्दछ। महिले यो मन्त्रालयको बारेमा बुज्दा सबै भन्दा ठेलो यो मन्त्रालयलाई पाए जसमा गाँउ गाँउ र वडा वडा सम्म पनि यसको बिस्तार भयको छ जसमा यसका कर्माचारिको सङख्या २८००० छ र यसमा कर्माचारिहरु फलफिल गर्नपर्दछ, गरि, दलित तथा निम्न आय भएको ब्यत्तीको पहुचका लागी नयाँ खालको ब्यवस्था गर्नुपर्छ भनेर यसको बिषयमा मन्त्रालयमा ब्यबस्थापन पक्ष सग छलफल गरेको छु , गरिव तथा अतिसम्बेदन शिल क्षेत्रमा स्वासथ्य कर्मीको उपस्थित गराउन लागेका छौ । गरिव तथा अतिसम्बेदन शिल क्षेत्रमा तथा दुर्गम क्षेत्र कर्णाली लगायतका ९ वटा क्षेत्रमा स्वासथ्य मन्त्रालय पुगोस भनेर ,राज्यको ध्यान पुगोस भनेर प्रशासनिक नीकालाई केहि सजकता बनाउदै छौ
बिभिन्न समयमा बिवादीत बन्दै आयको दलित बिधार्थीहरुको एम।बि।बि।एस आरक्षण प्रणाली तपाई स्वासथ्य राज्यमन्त्री भएको बेलामा कसरि निर्धारण गर्न पहल गर्नुहुन्छ ? बिगत नेपाली काँग्रेसका पालादेखि सुरुभयोको आरक्षयण प्रणाली पछिल्लो पटक एकिकृत माओबादि सरकारले घटाउन खोज्यो तर यो १५ प्रतिशतमा अढ्यो । अव म चाहि यसको बारेमा दलितको सङख्याको अनुपातमा २० प्रतिशत हुनुपर्छ । दुर्गम क्षेत्रबाट डाक्टरहरु उत्पादन गरि उनीहरुलाई दुर्गम क्षेत्रमानै पठाउनु पर्छ साथै सुगम र दर्गम क्षेत्र छुट्याई दुर्गम क्षेत्र तथा गरिव बिधार्थीलाई छात्रवृती दोब्बर गर्नुपर्छ ।
अन्तमा तपाईको कार्यकालमा नेपालले तपाइको क्षेत्रमा छुट्टै इतिहास रच्न सकोस्। तपाइहरुको सहयोग र शुभकामनाका लागी धन्यवाद , भबिष्यमा यसका कमि र कमजोरि अरु औल्याई यस कार्यमा सहयोगको अपेक्षा गर्दछु ।
प्रस्तुती : सागर परियार , दिवस प्रधान