बर्तमान राजनितिक अवस्थालाई कसरि मुल्यांकन गर्नुभएको छ ?
नेपालले छोटो समयमा धेरै राजनितिक उत्तार चढाव भोगेको छ । नेपाल जस्तो भौगोलिक विवधता ,धार्मिक,जातिय र क्षेत्रीय विभीधता भएको मुलुकले धेरै ठुलो राजनितिक द्धोन्द पनि झेल्न परयो र अहिले राजनितिक द्
धोन्द,आन्तारिक द्धोन्द व्यवस्थापनको क्रममा अगाडि बढेका छौ सविधांनसभाको निर्वाचन भएर धेरै ठुलो राजनितिक उपलब्धी प्राप्त गरेको छ । नेपाली जनताले यो मेरो देश हो ,हाम्रो देश हो, हामि आफैले आफनो देशको सविधंान बनाउछौ, देशको मालिक हामि आफै हौ भन्ने गौरब गर्ने परिस्थीतीको सीजृना भएको छ । यो हामि सबैको लागी ऐतिहासीक र नेपालको लागी ठुलो उपलब्धीमुलक अवस्था र यो अहिलेको अवस्थामा पनि धेरै उत्तार चढावहरु भोगेको छौ खासगरी हिजोविगतका द्धोन्द हरुलाई ,हाम्रा आपसका अन्तर द्धोन्दहरुलाई अझैपनि सुब्यवस्थित गर्न सकेका छैन अव तेले गर्दाखेरि ब्यवस्थापनकै क्रममा छ हामि सबैले आशा गर्नुपदछा नेपाल बास्तवमै अव एउटा सुदृढ नेपाल बन्नेछ ,नेपालीको नेपाल बन्नेछ र लोकतन्त्र,विधीको साशन स्थापित हुनेछ, जनता नेपालको शक्तिको केन्द्र, र्सार्भमौसत्ता जनतामा निहित हुनेछ भन्ने विश्वाशका साथ अगाडि बढेको जस्तो लाग्छ ।
जनताले संबिधान निर्माणको लागी पठाएकोमा तपाइहरु सरकार ढलाउने ब्युताउने खेलमा हुनुहन्छ यसले के गर्दा समयमानै सविधंान निर्माण होला ?
सविधांनसभाका दुइवटा भुमिका हुन्छन् एउटा पक्षले सबिधांन निर्माण गर्छ जसअर्न्तगत सविधांनसभामा सविधांन निमार्ण्ममा सविधांनसभाका विभिन्न समितिहरु मार्फ क्रियासील छ र जनाताकोमत संकलन गर्ने,राय संकलन गर्ने क्रममापनि जनप्रतिनिधीहरु,संविधान सभाका सदस्यहरु देशभरि जानुभएको छ र ति समितिहरुले विभिन्न खालका प्रारम्भीक मस्यौदाहरु, दस्तावेज तयार गर्नेकाम भइराखेका छन र संबिधानसभाको मुलहाउसमा पनि विभिन्न समितिका प्रतिबेदन पनि आको छ र छलफलकै त्रममा अगाडी बढेको छ जुन सकरात्मक पक्ष र सविधांनसभाको अर्को पक्षले ब्यवस्थापीका सदनको पार्ट त्यसको भुमिका अहिले तत्काललाई भइपरि आउने आवश्यक हुने नेपाललाई बिधीको साशन,कानुनिराज्यको लागी भइपरि आउने कानुनहरु बनाउने ,सबिधानको आवश्यक सम्सोधन गर्ने र सगसगै सरकारनिर्माणगर्ने ,संचालन गर्ने र ब्यवस्थागर्नेकामपनि सविधांनसभाको हो । र जहासम्म सरकार गराउने र गीराउने कुरा छ संविधानसभाको निर्वाचन बहुमत प्राप्त नगरे पनि ठुलो दल बनेर सरकार गठन गरयो र हामि प्रतिपक्षमा बसेरपनि उसको सरकारलाई सहयोग गरयो तर पनि उसले विभिन्न बिवादित अध्यादेशलिउने,सेनामासम्बन्धी बिवाद निम्ात्यउने कार्यहरुगर्दै गएपछि सरकारका गठबन्धन दलबाटै सहयोग नमिले पछि सरकार अल्पमतमा परि आप्ानै कारणले ढलेको यसमा नेपालि काँग्रेसको कुनै हात छैन र नेपालि काँग्रेस कहिल्यै पनि यस्तो निच खेलमा लाग्दैन ।
नेपाली काँग्रेसलाई जनाताले दोस्रो ठुलो दल बनाएपनि एमाले नेतृत्व दिनुमा केहि कारण छ भन्छन नी ?
नेपाली कांग्रेसलाई अरुदल हेर्ने दृष्टी स्पष्ठरुपमा नआउनाले र हाम्रा बिपक्ष मित्रहरुले अन्यासैरुपमा लगाउदै आएको सत्तालिप्सी को आरोप लाइ झुटो प्रमाण गर्न छ र एमाले सविधांनसभाको तेस्रो ठुलो दलका नाताले पनि हाम्रो गरिममाया पर्टी नेपाली कांग्रेसले प्रस्ताब गरेको हो र त्यही अनुरुप सरकार गठन हुदै छ ।
पछिल्लो समयमा काँग्रेस र माओवादिबिच सम्ाबन्ध ब्रि्रेको छ, माओवादिले प्रमुख सत्रुको रुपमा हेरेको छ कसरी सहमतिको बाटो अगाडी बढ्ला ?
नेपालमा धेरै ठुलो राजनितिक द्धोन्द र राजनितिक द्धोन्द सहमति बाटै निमुल तर्फअगाडी बढिराखेको छ ,नेपालमा २४० बर्षो राजतन्त्रको अन्तेय भई संघिय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको छ ।र सम्बन्धको बारेमा सबैदलका आ आप्फ्म्ना सिदान्तहरु र पृष्ठभुमिहरु हुन्छन त्यसले गर्दा केहि गाह्रो भएपनि कांग्रेसले कसैलाइ नकरात्मक दृष्टी हेर्देन पछिल्लो समयमा ए।माओवादिले कांगेसलाइ हेर्ने अवधारण छुट्टै खालको भएपनि २१ औ सताब्दीको लोकतन्त्रको चाहनालाइ,सहअस्तीत्वको अपरिहार्यलाई,सहमतिको र एकताको नेपालको राष्ट्रिय आवश्यतालाई बुझेर उहाहरु परिस्कृत हुदै जानुहुन्छ किनकी उहाहरु द्धोन्द बाट आउनु भएको कारणले गर्दा केहि समय लाग्छ त्यसलाई अन्यथा लिन हुदैन र हामि संविधान निर्माण पर्कृयमा सँगसँगै जान्छौ यो अहिलेको आवाश्यता हो ।
सहमतिका कुरागर्दैखेरि माओवादि द्धारा कानुनी राज्यको खिल्ली उडाउदै बनेपामा १२ जनालाई वारेन्ट जारी गरेको छ यसलाई कसरि लिनुभएको छ ।
हामिहरुमापनि केहि दृष्टीकोण,निती परिमार्जन गर्नुपछ र माओवादिले पनि ब्यापक रुपमा आफना निती र ब्यवाहर परिवर्तन गर्न जरुरि छ र उहाहरुको जुन ढंगका ब्यवाहर छन यी ढंगले मुलुक अगाडि बढ्न सत्तैन कुनै निकास निक्लीदैन हाम्रो उहाहरु समक्ष आग्रह छ जनताको मन जितेर सौर्हाद रुपले राष्ट्रिय राजनिति गर्नुस भौतिक बाहुवल आधरमा,गोलावारुदको आधरमा, बन्दुक र तलबारको आधरमा कुनैपनि समाजलाइ सदाका लागी अगुवाई गर्न , संचालन गर्न सकिदैन यसको उदाहरण स्वंयम माओवादिपाटी नै हो उहाहरुले शसस्त्र युद्ध गरेर आफुले चाहेजस्तो साषन प्रणालि लिउन नसकेर अहिले शान्ति पूर्ण आन्दोलनबाट ठुलो पर्टिको रुपमा स्थापित भइसक्नु भएको उहाहरुले यसलाइ बुझन् जरुरि छ ।
रक्षा मन्त्री द्धारा सेनासमयोजन हुन सत्तैन भन्नुभएको छ सरकारको म्ान्त्रीका नाताले यसलाइ कसरि लिनुभएको छ ?
सेना समायोजनको लागी वीगतको सरकार हाम्रा आदरणीय काँगे्रस सभापति गिरीजा प्रसाद कोइराला प्रधानमन्त्री भयको बेलामा माओवादिका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड विच भएको शान्तिसम्झौता अनुसार अगाडि बढ्छौ ।
यो सरकारलाइ कटपुतलि को आरोप लगाइएको छ, मन्त्रीपरिषद विस्तार हुन सकेको छैन यसरि यो सरकार कसरि टिकला् ?
यो सरकार नेपाली जनताले नै बनाएका हुन ,नेपालका २२ दलमिलेर बनाएको सरकार हो सबै नेपालीको स्वीकार छ कसैले आरोप लाग्दैमा कटपुतलि बन्दैन । सरकारको वारेमा नेपाली कांगेसको तर्फाट हामिहरु मन्त्री बाहल भइसक्यो र एमालेमा,फोरमा,तमलोपा लगायतका दलहरुविच छलफल भइरहेको छ साथै यो गठबन्धन दलमा पर्टिहरु धेरै भएको कारणले पर्टिकाअन्तरबिरोले गर्दा केही समय लिएकोहो तर हामि बिच कुनै त्यस्तो ठुलो सैदान्तीक बिवाद छैन त्यसकारणले गर्दा छिट्रैनै पूर्णता पाउछ जसले नेपालको संविधानको कार्य लाइ सकि जनता समक्ष जनपक्षीय संबिधान दिन्छ।
नेपालको सिमा शुरक्षका लागी अब सरकार कस्ता कदम चाल्छ ?
सिमाका बारेमा द्धिपक्षीय समस्याहरु देखिन्छन बेलाबेलामा सिमामा बसेका नेपालीहरु खिचोलिमा परेको कारणले पनि पिडित भएको समाचार आएको छ अब पूर्व ,पश्चिम,उत्तर,दक्षिण चारैतिरका दिशालाई बैज्ञानिक तवरले सीमा ब्यवस्थापन गर्नको लागी सरकार प्रतिबद्ध छ र साथै बिवादित सिमाको वारेमा पनि कुटनैतिक तरिकाले स्थायी रुपमा समधान गर्र्छौ ।
नेपाली कांग्रसले युवाहरुलाई सरकारमा पठायर जति नाम कमायो त्यती नै सुजता कोइरालालाको नेतृत्वमा पठायर छवि बिगारेको छ यसलाई कसरी लिनुभयको छ ?
सुजता कोइरालापनि नेपालको लोकतान्त्रीक आन्दोलनमा हिस्सा लिने काम गर्नु भएको छ र आगामि दिनमा अझै उहाको उत्तरदायीत्व बढेको छ, जिम्मेवारिले मान्छेलाई पाको र शसक्त बनाउछ र यो नया जिम्मेवारि उहाले एउटा अवशरको रुपमा लिनुभएको होला, चुनौतिको रुपमा लिनुभएको होला र यसलाई सफलबनाउन खरो उत्रने रुपमा अगाडि बढ्ने भयकाले र हामि पनि जनता, कार्यक्रता र पर्टि बाट आएकै कारणले गर्दा हाम्रो सहयोग पनि हुन्छ र साथ पनि हुन्छ र कांगे्रसका मन्त्रीहरुको तर्फाट जनाताको सकारात्मक जिवनशैली परिवर्तनको लागी एउटै धारण राख्न उहालाइ आग्रह गर्र्छौ
तपाइ बिनाबिभागिए मन्त्री हुनुहुन्छ, तपाइले आफुले कुन मन्त्रालय पाएदेखि जनतालाइ राहत दिनसकुला जस्तो लाग्छ ?
यो बिभिन्न राजनैतिक दलहरुविच साझा छलफल गरेर साझा निर्माण बाट प्राप्त मन्त्रालयको जिम्मेवारि लिने हो तर म कार्यकर्ता बिच बाटा आएको कारणले कार्यकर्ता मुखि, कार्यकर्ता बिच जानसक्ने,जिल्लामा ,गाउमा जान सक्ने त्यहाँ चाही आम नागारिकलाई एउटा शान्तिका लागी पनि तागत दिने खालको जिम्मेवारी पाए उपयुक्त हुने थियो ।
तपाइको कार्यकाल सफलहोस, जनतालाई सन्तुष्टीहोस र अनत्यमा केहि भन्न चाहानुहुन्छ की ?
लोकतन्त्र र पत्रकार एउटै सिक्काका दुइ पाटा हुन यसलाई हामिहरु ले बझ्नु पर्दछ । र सरकारका काम कार्वहिलाई नियालेर तपाइहरुबाट उचित सुझाव को अपेक्षा गरेका छौ ।
प्रस्तुति:सगर परियार
तस्वीर: दिवस् प्रधान