युथ फोर्स गठन हुने ताका त यो संगठन वाइसीएल विरुद्ध लक्षित छैन भनिएको थियो तर पछिल्ला भिडन्तहरु हर्ेदा त वाइसीएल कै प्रतिरोधको लागि यो संगठन गठन भएजस्तो देखिन्छ नि ? अहिले पनि वाइसीएल विरुद्ध हाम्रा गतिविधिहरु लक्षित छैनन् । हाम्रा गतिविधि विरुद्ध व
66;इसीएल पहिले देखि नै थियो । अहिले पनि नेकपा माओवादीलाई सहयोग नगरेको नाममा, उसलाई भोट नहालेको नाममा एमाले,काँग्रेस लगायतका पार्टी कार्यकर्ताहरु माथि आक्रमण गर्ने, खुट्टा भाँच्ने, घाइते बनाउने, अपहरण गर्ने, चन्दा उठाउने, मोटरसाइकल कब्जा गर्ने, घरजग्गा कब्जा गर्ने लगायतका काम उहाँहरुले गरिरहनुभएको छ । देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पश्चात त्यसको मर्म अनुरुप स्वतन्त्र रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्ने अधिकारबाट हामीलाई वञ्चित गर्नुहुँदैन भन्ने हाम्रो मान्यता थियो र त्यसमा वाइसीएलको नाममा भएका अवरोधहरुलाई हामीले पार लगाएको मात्र हो । त्यसको प्रतिवाद मात्र गरेको हो ।
प्रतिवादको नाममा तपाईहरु निहुँ नै खोज्न जानुहुन्छ भन्ने आरोप पनि तपाईहरु माथि लाग्ने गरेको छ नि ? होइन, हामी निहुँ खोज्न गएका छैनौं । हाम्रा हरेक गतिविधि तपाई हेर्नुहोस् अन्ना क्यासिनो र एभरेस्ट क्यासिनोमा वाइसीएलसँग हाम्रो झडप भएको छ । अन्नामा मनोहर प्रधानाङ्ग भन्ने हाम्रो मजदुर युनियनका साथी माथि उहाँहरुले आक्रमण गर्नुभएको छ । एभरेस्ट क्यासिनोमा गोविन्द तिमिल्सिना भन्ने साथी माथि राती साढे १० बजे उहाँहरुले आक्रमण गरेर अपहरण गर्नुभएको छ । त्यसपछि मात्र हाम्रो झडप भएको हो । दोलखाको गौरी शंकर क्याम्पसको क्याम्पस प्रमुख माथि कालोमोसो दल्ने र अनेरास्ववियूका हाम्रा साथीहरु माथि हातपात गर्ने काम गरेपछि झडप भएको छ । त्यसैगरी, धनकुटामा उहाँहरुले जर्बजस्ती कर उठाउनुभयो । पछि र्सवदलिय वैठकबाट नउठाउने सहमति भइसकेपछि पनि उहाँहरुले कर उठाउन छोड्नुभएन । जिल्लाको शान्ति समितिमा सहमति पछि पनि किन कर उठाउनुभयो भनेर हाम्रो साथीले आवाज उठाउँदा उहाँ माथि वाइसीएलले दुर्ब्यवहार गर्नुभएको छ । हाम्रा साथीहरुको मोटरसाइकल जलाइदिनुभएको छ, रडले हान्नुभएको छ । त्यसको प्रतिवाद मात्र भएको हो । त्यसैले हामीले वाइसीएलसँग कहिँ पनि निहुँ खोजेका छैनौं । उनीहरुले निहुँ खोज्दै हामीमाथि आक्रमण गरेपछि त्यसको प्रतिवाद मात्र भएको हो ।
आक्रमण र प्रत्याक्रमण जे भने पनि तपाईहरु बीचको यो भिडन्तले त कानुनी राज्यको अवधारणाको खिल्लि उडाउँदैन र ? हामी कानुनी राज्यलाई संस्थागत गर्न चाहान्छौं । वाइसीएलले समानान्तर राज्यको अभ्यास गरिरहेको छ । अहिले पनि सयौं ठाउँमा ढाट राखेर पैसा उठाइरहेका छन् । उसले अहिले पनि वनको काठमा कर लगाइरहेका छन् । अझै पनि अवैध खालका धेरै कामहरुमा उसको संलग्नता रहेको छ । वाइसीएलले चरेसको लागि गरेको सिफारिसको कागज अझै पनि मसँग सुरक्षित छ । हिजो १३ हजार मान्छे मर्दा खेरी पनि नेपाली जनताले किन सहे भन्दा अब माओवादी शान्तिपूर्ण राजनीतिको मूलधारमा आउँछ, मान्छेका सुखका दिनहरु आउँछन् भनेर न सहेका हुन् ! देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि हामी फेरि मर्नु पर्ने ? घाइते हुनुपर्ने ? अपहरित हुनु पर्ने ? यो कुरा जनताले चाहिरहेको छैन । गाउँमा चोर आएको बेलामा हामी लाठो बोकेर गस्ती गर्र्छौं, तर सबै गाउँले लठैत होइन । तर चोरको विगविगी रहुन्जेल हामी लाठो बोक्छौं । तपाई हामी घरजाँदा डाँका लाग्छ भने त्यतिबेला झोलामा खुकुरी बोकेर हिड्छौं । त्यसको मतलब हामी सबैलाई काट्दैनौं । जब त्यहाँ डाँका लाग्ने संभावना हुँदैन, त्यसपछि शान्तिपूर्ण रुपमा हिड्छौं । त्यसैले नेकपा एमालेको कार्यनीति नै के हो शान्तिपूर्ण प्रतिस्पर्धा मार्फ श्रेष्ठता हाँसिल गर्ने । माओत्सेतुङले पनि के भन्नुभयो भन्दा सबै फूलहरु फुल्न देउ, मनपरेको फूल चाहिँ टिपेर उपहार देउ । यसको आशय के हो भन्दा सबैको बीचका प्रतिस्पर्धा हुने वातावरण बनाउनुपर्योो । माओवादीले त्यो नगरेको कारण यो स्थिति आएको हो । तर युथ फोर्स, प्ररायुसंघ वा एमालेको नाममा हामी कानुन हातमा लिदैनौं । तपाईले हेर्नुहोस् माओवादी नभएको कारण मान्छे सेवा सुविधाबाट वञ्चित छ । माओवादी भएपछि जे गरेपनि पाइन्छ । ड्राइभरले जहाँ बस रोके पनि हुन्छ, कण्डक्टरले डाक्टरलाई कुटे पनि हुन्छ । एउटा अफिसमा सेक्युरिटी गार्डले हाकिमको मर्यादा नराखेपनि हुन्छ । कठालो समाते पनि हुन्छ । यो खालको सामाजिक अराजकता जुन वाइसीएलले ल्याइराखेको छ, सामाजिक फाँसिवादी चरित्रले उसले हिडिराखेको छ , यसको विरुद्धमा जनताले प्रतिवाद गर्न चाहिराखेका छन् । सरकारी निकायका सेवा सुविधामा जनताको पहुँच घटिरहेको छ । मालपोतमा जानुहोस् , यातायत, श्रममा जानुहोस् , त्यहाँ चाहिँ घुस नखाई सामान्य मान्छेको काम नै हुँदैन । राज्य निरिह छ । शान्ति सुरक्षा दिने राज्यका निकायहरु निरिह छन् । यो अवस्थामा राज्यका ती निकायको मनोबल बढाउने र अन्याय अत्याचरको विरुद्धमा जनताको प्रतिरोध क्षमता बढाउनको निमित्त हाम्रो भूमिका हो । त्यसकारण हामी छुट्टै क्याम्पमा बस्दैनौं । हामी अदालत सञ्चालन गर्दैनौं, सजाय तोक्दैनौं । हामी छुट्टै राज्यको कुनै पनि अभ्यास गर्दैनौं । मात्र के गर्र्छौं भन्दा यहाँको प्रहरी प्रशासन मार्फ अपराध नियन्त्रण गर्ने कुरामा सहयोग गर्र्छौं ।
तपाईले मालपोत, यातायातको कुरा गर्नुभयो, करको घुसखोरीको कुरा गर्नुभयो । तर यी सबै कुराहरुमा नियन्त्रण गर्ने काम त राज्यको हो नि । राज्यले गर्ने काममा तपाईहरुले किन हस्तक्षेप गर्न खोज्दै हुनुहुन्छ ?
दायित्व राज्यको हो । घरमा सधैं हामी आमाले पकाइदिनुभएको खाना खान्छौं तर आमा लामो समय बिरामी पर्नुभयो भने आफै भात पकाएर खान्छौं । राज्यका सुरक्षा निकायहरु अहिले 'प्यारालाइसिस'को अवस्थामा छन् । पुलिसहरु यहाँका संगठित अपराधीहरुसँग मिलेर पैसा खान्छन् । अहिले पनि काठमाडौंका प्रभागहरुमा सरुवा हुन बिसौं लाखका खेलहरु हुन्छन् । यदी प्रहरीको संलग्नता छैन भने वानेश्वर, गौशाला, जनसेवा लगायतका ठाउँहरुमा आउन किन प्रहरीले घुस ख्वाउँछन् ? बीस लाख, तीस लाख रुपैयाँ ? यसको मतलब के हो भने हिजोका सामन्तवादी राज्यको एउटा अवशेषको रुपमा यहाँका प्रहरी र प्रशासनहरुको त्यो खालका गिरोहहरुसँग अहिले पनि संलग्नता छ । अहिले पनि उनीहरुसँग मिलेर पैसा खाइरहेका छन् । त्यो अवस्थामा हामी जनताले त्यसलाई नंग्याउने, राम्रा प्रहरीको मनोबल बढाउने र नराम्रा प्रहरी प्रशासनको नांगेझार पार्ने अभियान हो । अहिले कानुनहरु अपर्याप्त छन्, प्रहरी प्रशासनलाई पर्ूनसंरचना गर्नुपर्ने आवश्यकता छ भने त्यो पनि गर्ने अभियान अर्न्तर्गत हामी अगाडि बढिरहेका छौं ।भनेपछि अहिले त गृह मन्त्रालय तपाईकै पार्टिको भागमा परेको छ, तपाईकै पार्टिको वरिष्ठ नेता गृहमन्त्री हुनुभएको छ । यो सब काम त उहाँले गर्नुहोला नि ।
त्यसोभएपछि तपाईहरुको औचित्य के रहृयो र ? मैले अघि पनि भनें तपाईलाई गाउँमा चोर आएको भएर पो हामीले गस्ती गरेका छौं । यदी त्यहाँका प्रहरीले त्यहाँको सुरक्षको जिम्मा लिन्छ भने हामीले किन गस्ती गर्नुपर्योस र ? त्यसैले युथ फोर्स दिर्घकालिन रुपमा लड्ने गरी हामीले गठन गरेको होइन । अब यहाँ नेपाली जनताको सुरक्षाको सवाल, नेकपा एमालेको सबाल, कम्युनिष्ट विचारधारको रक्षा गर्ने हाम्रो दायित्व बनेको छ । त्यसैले हामीले युथ फोर्सको गठन गर्यौंे । यो रक्षाको जिम्मा राज्यले लियो भने त हामीले युथ फोर्स गठन गर्नै परेन नि ! कुकले खाना खुवाउन थाल्यो भने हामीले भात पकाउनै परेन नि ! त्यसैले यो युथ फोर्स भनेको दिर्घकालिन रुपमा जाँदैन । जब राज्यले आफ्नो दायित्वबोध गरेर अपराध नियन्त्रण गर्ने कुरामा काम गर्न थाल्छ, युथ फोर्सको त्यति धेरै भूमिका हुँदैन । मतलब जबसम्म युथ फोर्स सक्रिय छ तबसम्म गृह मन्त्रालय निस्त्रिम्य छ, असफल छ भनेर माने भयो, होइन त ?जनता भनेका विना वर्दीका प्रहरी हुन् । युथ फोर्सको सक्रियता भनेका गृह मन्त्रालयको निस्त्रिम्यता भन्ने होइन । युथ फोर्सको सक्रियता भनेको गृह मन्त्रालयको थप सक्रियता, प्रभावकारीता पनि हो । जस्ता, समाजमा लुकेर बसेका अपराधीहरुलाई पक्राउको लागि सूचना दिने काम पनि त एउटा सहयोग हुन सक्छ नि । अहिले त हामीले किन आफै गएर प्रहरीसँगै एक्सन गरिरहेका छौं भन्दा प्रहरीले गरिरहेको छैन । अवैध रुपमा जुवा खेलाइराखेको छ क्यासिनोमा । त्यहाँ प्रहरीलाई जाउँ भन्दा प्रहरी जाँदैन । त्यसपछि हामीले समातेर प्रहरीलाई बुझायौं । भ्रष्टाचारीलाई समात्ने कुरा हुन्छ, प्रहरीलाई जाउँ भन्दा प्रहरी जाँदैन । तर जब प्रहरी आफै सक्रिय हुन थाल्छ तब हामी जानु पर्दैन । त्यतिबेला हाम्रो भूमिका के हुन्छ भन्दा फलाना फलाना ठाउँमा अपराधीहरु छन्,तपाईहरु गएर समाउनुहोस् । त्यो भूमिका हुन सक्छ । अब हाम्रो सक्रियता र गृह मन्त्रालयको निष्त्रिम्यता, यस्तो भन्ने हुँदैन । हाम्रो सक्रियताले पनि सरकारका संयन्त्रहरुलाई प्रभावकारी बनाउँछ जस्तो लाग्छ मलाई ।
अहिले माथि एमाले र माओवादीका नेताहरु एक आपसमा कुम जोडेर सरकारमा सामेल हुनुभएको छ, तल गाउँ गाउँमा चाहिँ तपाई कार्यकर्ताहरु एक आपसमा लडेर टाउको फोर्नुभएको छ । यसको के अर्थ भयो र ? हामी मार्क्सवादी दृष्टिकोंणमा विश्वास गर्र्छौं । मार्क्सवादको द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोंणको एउटा खण्डमा संर्घष् र एकताको नियम भन्ने हुन्छ । कुनै पनि पक्षसँग एकता भइरहँदा संर्घष् पनि हुन्छ अनि संर्घष् हुँदा एकता पनि हुन्छ । अहिले एमाले र माओवादीको सम्बन्ध के हो भन्दा खेरी एमालेले तीनवटा रणनीति लिएको छ माओवादीको सवालमा । एउटा एकता, एउटा संर्घष् र एउटा रुपान्तरण । त्यो तीनवटा कुरा हाम्रो सँगसँगै जान्छन् । उनीहरुको सकारात्मक कुरामा हामीले एकता पनि गर्दै जान्छौं, उनीहरुको फाँसिवादी, उदण्ड, अराजक र अर्धसैनिक चरित्रको हामी प्रतिवाद पनि गर्दै जान्छौं । जस्ताको तस्तै ढिडोको निस्तै । अर्को जनयुद्धको लामो प्रकृयाबाट आएको हुँदा उहाँको विचारहरुमा त्यो युद्धको धङधङी, हतियारको धङधङी जुन छ त्यसलाई रुपान्तरण गर्ने प्रकृयामा पनि जान्छौं । अहिले एमाले र माओवादीको सम्बन्ध भनेको हसियाको चुच्चो जस्तो हो । माथि मिल्छ, तलका अन्तरविरोधहरु धेरै मिलेका छैनन् । माओवादी पनि आफूलाई कम्युनिष्ट पार्टिको भनिरहेको र हामी पनि कम्युनिष्ट पार्टि एकोले उहाँहरु कम्युनिष्ट आचरण अनुसार आउनुहोस् , हामी उहाँहरुको शत्रु शक्ति होइन, मित्र शक्ति नै हौं । मात्र उहाँहरुको उग्र वामपन्थी चिन्तन र फाँसिवादी चरित्रलाई परिवर्तन गर्न भनेर यो अभियान चालेका हौं ।
माथि सरकार गठनमा मिले जस्तै तल पनि युथ फोर्स र वाइसीएल मिले त कानुनी राज्य स्थापना गर्ने कुरा होस् वा जनताको सुरक्षा गर्ने काम अझ चुस्त हुन्थ्यो होला नि । तर तपाईहरु त लड्दै हिड्नुभएको छ ? अब यो त माओवादीसँग अलिक बढि सम्बन्धित प्रश्न हो । किनकि हामी माओवादीसँग लडेका छैनौं । युथ फोर्स गठन भएको भर्खर तीन महिना लाग्दैछ । हामी ८८ दिनमै यति धेरै 'पपुलर' किन भइराखेका छौं ? यत्रो जनताको र्समर्थन किन हामी तिर आइरहेको छ ? यति धेरै युवाहरु युथ फोर्सको नाममा किन माओवादीसँग लडिरहेका छन् ? भन्दा खेरी माओवादीले १३ वर्षदेखि जनतालाई थिचिरहृयो, अन्याय गरिरहृयो, जनताको घर जग्गा कब्जा गर्योन । अहिले पनि काठमाडौंमा माओवादीले करोडौंका घर कब्जा गरेर बसेको छ । अहिले पनि धेरै कारखानाहरु कब्जा गरेर बसिराखेको छ । अहिलेपनि उसले जनताको बारीको मकै काटेर राख्छ, धान काटेर राख्छ । अहिले पनि पल्सर मोटरसाइकलमा उसको आँखा परिहाल्छ । कसैको पल्सर मोटरसाइकल देख्यो भने उसले चोरेर चढ्छ । अहिले पनि नेपालगञ्ज, वीरगञ्ज लगायतका नाकाहरुबाट चोरीका गाडी भित्र्याउँछ । चोरीको गाडीको नक्कली बिल बुक बनाउँदै चढिरहेको छ । अहिले पनि ठेक्कापट्टा उसका मानिसहरुले कब्जा गरिरहेका छन् । उसले अर्को छुट्टै राज्यको अभ्यास गरिराखेको छ । अहिले पनि एमाले काँग्रेसले स्वतन्त्रतापूर्वक आफ्नो गतिविधि गर्न पाइराखेका छैनन् । रुकुम, रोल्पा र गोरखामा त अरु पार्टिको नामै लिन पाईंदैन । अरु पार्टिको बोर्ड, झण्डा जलाइराखेको छ । माओवादी बाहेक अरुले म फलाना पार्टि हो भनेर चिया पसलमा समेत भन्न नसक्ने स्थिति छ । अब यो अवस्थामा द्धन्द्ध चाहिँ हामीबाट भएको होइन । मिल्ने नमिल्ने भन्ने कुरा माओवादीको हातमा छ । माओवादीले हामी माथि आक्रमण गर्दैनौं भने हामीले कहिँ पनि आक्रमण गर्दैनौं । माओवादीले हामी माथि आक्रमण गर्छ भने स्वभाविक रुपमा हामीले पनि आक्रमण गर्र्छौं । किनभने हिजो उहाँहरुलाई हाम्रो घर थाहा थियो, उहाँहरु भूमिगत हुनुहुन्थ्यो । आज उहाँहरुको घर पनि हामीलाई थाहा छ । अझ सजिलो छ ? हिजो उहाँहरु छाप्रामा बस्नुहुन्थ्यो, अहिले त काठमाडौंका ठूल्ठूला घर किन्नुभएको छ । हिजो उहाँहरुले हाम्रा केही नेताहरुले पजेरो किने भनेर विरोध गर्नुहुन्थ्यो, अहिले वाइसीएलका सामान्य कार्यकर्ताहरुले पनि पजेरो र बलेरो चढेर हिड्न थाल्नुभएको छ । त्यसकारण हिजो उहाँहरुलाई हाम्रो पहिचान जति सजिलो थियो, अहिले जनताले माओवादीलाई चिन्न त्यति नै सजिलो छ । अहिले उहाँहरुको संगठनमा ठूलो भुइचालो गएको छ ।
अब यहाँ तपाईले माओवादीले जनता माथि अन्याय अत्याचार गर्योच भनेर आरोप लगाइराख्नुभएको छ तर उता चुनावमा तिनै जनताले माओवादीलाई झण्डै झण्डै बहुमतको नजिक पुर्याोइदिएका थिए । अन्याय गरेछ भनेर कसरी मान्नु ? चुनाव सकिएको धेरे भइसक्यो, त्यसमा त्यति धेरै प्रश्न उठाउनु उचित नहोला । तर एमालेको एजेण्ट बस्यो भनेर धेरै मान्छेले कुटाइ खाएका छन् । माओवादीलाई जनतालाई यति धेरै माया गर्योा कि एउटै व्यक्तिले उसलाई १५-२० पटक भोट हालिदियो । सय पटकसम्म भोट हालिदियो । कति धेरै माया गरेछन्, नगरेको होइन । गोरखामा माओवादी बाहेक अरुले भोट हाल्नै पाएनन् । बाबुरामको क्षेत्रमा एमालेको केन्द्रीय सदस्य वाचस्पति देवकोटाले भोट हाल्न पाउनुभएन । यो उहाँहरुले समाजमा नबिकेका शक्तिलाई लिएर उहाँहरुले चुनाव जित्नुभएको हो । यद्यपि उहाँहरुले चुनाव जितिसक्नु भयो, त्यसलाई नमान्ने भन्ने हुँदैन । तर हामी हिङ हो, एमाले भनेको टालो हो भन्दै हिड्नुभयो । अहिले प्रधानमन्त्री हुने बित्तिकै सवा लाखको पलङमा सुल्न थाल्नुभएको छ । हिजो राजेन्द्र पाण्डे स्थानिक विकास मन्त्री हुँदा वाइसीएलको नाममा मन्त्रालय अगाडि लगेर फोहर फालियो । पछि माओवादीका देव गुरुङ स्थानिय विकास मन्त्री हुँदा पनि फोहर गन्हाउन त छोडेन तर त्यो फोहर वाइसीएललाई गन्हाएन, मगमग बसायो । काठमाडौंको ठूला ठूला घर देखाएर हामीले जितेपछि त्यो घरको एउटा कोठा तपाईलाई, एकातिर खोले चिसो पानी , अर्कोतिर खोले तातोपानी भनेर आशा देखाएको छ । आश र त्रासको भरमा माओवादीले जुन मत ल्याएको छ त्यसको संरक्षण त्यति सहज छैन । हिजो भारत विरुद्ध सुरुङ युद्ध गर्ने भनेर सुरुङ खन्न लगाउनुभयो, आज चाहिँ चीन भ्रमण प्राविधिक हो, पहिलो राजनीतिक भ्रमण त भारतमै हुन्छ , तपाईहरु आत्तिनु पर्दैन भन्नुभयो । त्यसैले यो नाटक धेरै दिन टिक्दैन । नाटक र वास्तविकतामा धेरै फरक हुन्छ ।
अन्त्यमा, तपाईको पार्टी नेकपा एमालेको चालु केन्द्रीय कमिटी वैठकमा युथ फोर्स पनि वाइसीएल जस्तै भयो भनेर व्यापक आलोचना भएको खबर आएको छ । तपाई के भन्नुहुन्छ ? त्यस्तो होइन । युथ फोर्स विशेष गरेर पार्टीको इच्छा भन्दा पनि युवाहरुको उर्जाको कारण जन्मिएको संगठन हो । तर एउटा नयाँ संगठन बनिसकेपछि त्यसका राम्रा नराम्रा पक्षहरुबारे टिकाटिप्पणी हुनुलाई हामी नकारात्मक रुपमा लिदैंनौं । हिजो वाइसीएलको ज्यादती बाट आक्रान्त भएका मानिसहरुले यो संगठन वाइसीएल जस्तो नहोस् है भनेर सचेत गराउनु राम्रो कुरा हो । यस्तो सचेत पार्टी नेताहरु, जनता र तपाई मिडियाका साथीहरुले पनि गराउनुभएको छ । हामी वाइसीएल हुँदैनौं । वाइसीएलले जे जे गर्छ ,हामी त्यो गर्दैनौं । हामी केवल आवाज विहिन जनताको आवाजको रुपमा स्थापित हुन चाहान्छौं । त्यसैले पार्टिभित्र उठेका कुरालाई हामी नकारात्मक रुपमा लिदैनौं ।