SN पुराना सबै अनुहारले चुनाव हारे पनि शम्भु थापाले चाहिँ जित्ला भन्ने अपेक्षा गरिएको थियो । तर हार्यो, किन हार्यो?
प्राविधिक रुपमा भोट गन्दा भोट देखिएन, त्यसकारण हार्यो। त्यसमा शम्भु थापा भन्ने कुरै भएन।
SN तर यो त संविधान सभाको चुनाव थियो
rong>
, शम्भु थापाले जित्नु आवश्यक थियो भनिन्छ नि? त्यो जनतालाई भन्दा पनि त्यहाँका माओवादी कार्यकर्ता, वाइसीएलका कार्यकर्ता, माओवादी जनवर्गिय संगठनका कार्यकर्ताहरु र स्वयं उम्मेद्वारलाई थाह हुने कुरा हो। प्राविधिक रुपमा मैले हार स्वीकार गरिसकेको छु।
SN अरुले त वाइसीएलले यसो गर्यो, उसो गर्यो भनेर आरोप लगाउँछन्। तपाईलाई वाइसीएलले अवरोध गर्यो कि गरेन?
त्यो त तपाईहरु त्यहीं गएर बुझ्नुहोस्। चुनाव समाप्त भइसक्यो, मैले दोष मात्र देखाएर भएन। माओवादीले पहाडमा जुन क्रियाकलाप गर्यो, त्यसबाट मेरो क्षेत्र अछुतो रहेन। २५ गते बेलुका देखि विशेष गरी मेरो क्षेत्रका पहाडी इलाकाहरु प्रभावित रहे। जहाँ मेरो अत्याधिक भोट थियो, २५ गते बेलुका देखि त्यहाँ प्रतिकुल प्रभाव पारियो। त्यो डरले पारियो, त्रासले पारियो। खट्ने मानिसहरुलाई खट्न दिइएन। म जनमतबाट होइन, नेकपा माओवादीबाट पराजित भएको छु। मेरो जनमत नभएर पराजित भएको होइन।
SN चुनावबाट पुराना राजनीति दलहरु अस्वीकृत भएको देखियो, कारण के होला?
पुराना राजनीतिक दलहरु अस्वीकृत नै भएको त होइन। तर अहिलेको यो परिवर्तनको पक्षमा माओवादीलाई बढि रुचाएको देखियो। अन्य राजनीतिक दलहरुले कम भोट ल्याए, त्यसकारण उनीहरु असफल भए भनिहाल्न मिल्दैन।
SN अहिले माओवादीले आगामी सरकारको नेतृत्व गर्ने कुरा लगभग निश्चित भइसकेको छ। तर हिजो संयुक्त रुपमा सहकार्य गर्दै आइरहेका दलहरु बीच त फाटो आउने हो कि भन्ने आशंका बढेको छ नि?
त्यसको जिम्मेवारी त नेकपा माओवादी माथि पनि छ नि त। कुनै दलको बहुमत आए उसैले सरकार चलाउने भनेर संविधानमा लेख्न सकिन्थ्यो नि त पहिला। त्यस्तो व्यवस्था संविधानमा नराख्नुमा त माओवादीको पनि दोष छ नि। त्यति बेला सहमतिमै सरकार चलाउन पर्छ, एकल सरकार चलाउन हुँदैन भन्ने माओवादीको पनि त धारणा आयो होला नि।
SN माओवादीको नेतृत्वमा बन्ने नयाँ संविधान लोकतान्त्रिक बन्छ भन्ने कुरामा तपाई कति विश्वस्त हुनुहुन्छ?
होइन, होइन। संविधान बन्ने अर्कै कुरा हो, सरकार अर्कै कुरा हो। उनीहरुको सरकार बनेकै कारण उनीहरुकै अगुवाईमा संविधान बन्छ भन्ने होइन। सरकार र संविधान अलग कुरा हो। संविधान बन्ने प्रकृया अर्कै हुन्छ। सरकार त भाषण गर्छ, हिड्छ।
SN भनेको आयोग बन्छ?
होइन, आयोग बन्दैन।अध्यक्ष हुन्छ, अलग्गै।मस्यौदा कमिटीको अध्यक्ष हुन्छ।विभिन्न कमिटीका अध्यक्षहरु हुन्छन्।ती अध्यक्ष मन्त्री बन्दैनन्।सरकार चलाउँदैनन्।उनीहरुले आफ्नै तरिकाले संविधानको मस्यौदा लेखिरहेका हुन्छन्।त्यहाँ प्रधानमन्त्री आएर प्रस्ताव राख्दैन।संविधान बनाउने विभिन्न अध्यक्ष हुन्छन्, सहअध्यक्ष हुन्छन्।त्यहाँ प्रधानमन्त्री, मन्त्रीको केही मतलब नै हुँदैन।उनीहरुको दृष्टिकोंण मात्र आउने हो। त्यसैले सरकार चलाउँदैमा उसैले भनेको आधारमा संविधान बन्दैन।
SN संविधान बनाउन दुई तिहाई बहुमत आवश्यक पर्ने, माओवादी बाहिर भयो भने त संविधान बन्दैन नि?
त्यसो त काँग्रेस एमाले बाहिर भए पनि संविधान बन्दैन।
SN तर काँग्रस मात्रै वा एमाले मात्र बाहिर रहृयो भने त संविधान बन्न सक्छ नि?
त्यो हुन्छ। तर काँग्रेस र एमाले माओवादीसँग मिलेनन् भनें हुँदैन। त्यसो गर्दा उनीहरुको भोट दुई सय भन्दा बढि हुन्छ। संविधान बनाउन ४०१ भोट चाहिन्छ। काँग्रेस वा एमाले एक्लै बाहिर बस्दा संविधान बन्न सक्छ, ठीक छ। तर यी तीनवटा पार्टीले संविधान आउँछ, नमिले आउँदैन। फेरि त्यसमा तर्राईको कम छ, चौथो पार्टीको भनेर पनि हुँदै। फोरम नयाँ शक्तिको रुपमा आएको छ। त्यसकारण संख्या मात्र नगन्नुहोस्। त्यसकारण बाहिर र भित्रको कुरै छैन। संविधान आएन भने के हुन्छ? मान्नुस् न, विवाद दुईवटा संविधानमा पनि हुन सक्छ। दुईवटै संविधानमा तपाई र मेरो जनमत संग्रह पनि हुन सक्छ। यो कि त्यो भनेर। त्यस्तो भयो भने ५१ प्रतिशत जसकोमा आयो, उसको संविधान पास हुन्छ।
SN चुनाव मार्फ त तपाई आउन सक्नुभएन तर अब नयाँ संविधान बनाउने कुरामा तपाईको भूमिका कस्तो रहन्छ?
म संविधानको सवालमा धेरै सक्रिय, धेरै औचित्यपूर्ण भूमिका निर्वाह गर्ने छु। त्यो भनेको बाहिर। संघात्मक छुट्टिन पाउने संघात्मक हो कि होइन? त्यसमा मेरो सक्रिय भूमिका रहन्छ। स्वतन्त्र न्यायपालिकाको सम्बन्धमा। लोकतन्त्र भनेका कस्ता अधिकार हुन्। नेपालमा फेरि हतियार बन्द आन्दोलन नहोस्। मेरो मतदाता देखि लिएर देशभर जाँदा मैले लेख्ने, बोल्ने, उजागर गर्ने, जनताले हस्तक्षेप गर्ने भूमिकामा म सक्रिय रहने छु।
SN जातको आधारमा संघ बन्ने माओवादी प्रस्तावलाई जनताको व्यापक र्समर्थन मिलेको छ। यो जातको आधारमा देशमा संघ विभाजन गर्ने कुरा तपाईलाई कस्तो लागेको छ?
जातिय, म मान्दिन। केही अधिकारहरु तपाईले जातिय प्रधानतामा छोड्नुपर्छ। त्यो बाहुल्य हुनुपर्छ, अत्याधिक हुनुपर्छ। धेरै कुरा के गर्ने? मेरै क्षेत्रमा हेर्ने हो भने माओवादीले थारुको एउटा क्षेत्र राखेको छ। त्यहाँ थारुकै बहुमत छैन। यहाँ-काठमाडौं)मा नेवारको राज्य राखेका छन्, नेवारको बहुमत नै छैन। नामाकरणमा मात्र जातिय राज्य हो कि?
SN तर माओवादीले जनमत त त्यही नाराले बटुले नि त?
होइन, त्यो नाराले माओवादीले जनमत पायो होला तर त्यो जनमत ५१ प्रतिशत, ६० प्रतिशत त होइन नि। जातिय राज्य हुनुहुँदैन भन्ने कुरामा काँग्रेस, एमाले त बसे त। त्यí

SN संविधान सभा समावेशी त भयो तर त्यसमा ज्ञाताहरुको प्रतिनिधित्व त कम भयो नि?
नेपाली जनताले त्यही कुरा माने। त्यही कुरालाई मत हाले। त्यसलाई हामीले मान्नुपर्छ। म आफै निर्वाचनमा गएँ। प्राविधिक रुपले म पराजित भएँ। मेरो पछाडि मानिसहरु कति हिंडेका थिए, जनमत कसरी उर्लिएको थियो, छोडिदिनुस्। मत गन्दा भोट नभएपछि त हारिंदो रहेछ नि, मान्छे जतिसुकै उर्लिएपनि के गर्नू? म कानुनको जान्ने मान्छे, मुद्दा दिएर बसुँ? त्यो नैतिक रुपले उपर्युक्त भएन।
SN मान्छेको जनमतको कुरा गर्दा एकातिर हिजोको आन्दोलनको नायक शम्भु थापा हार्यो, अर्को तर्फ हत्याको आरोपी बब्बन सिंहले चुनाव जित्यो। यो जनमतलाई कसरी हेर्ने?
बब्बन सिंहले संविधान बनाउँछ भनेर जनताले माने। मोहन पौडेलले बनाउँनुहुन्छ भनेर माने। नभए म कुनै पार्टीको सदस्य भएर गएको थिइन। म नेकपा एमालेको सदस्य त थिइन, कसैले भन्न पनि सकेको थिएन? तिमी एमालेको सदस्य हौ भनेर।मलाई एउटा विश्वासिलो, जनतामा स्थापित पार्टीले, म नजिक पनि थएँ उहाँहरुको, तपाई हाम्रो चिन्ह लिएर उठ्नुहोस् भन्नुभयो। जनताले भने माओवादी पार्टीले संविधान बनाउँछ भनेर बुझे। मत दिए दिएनन्, तर गन्दाखेरी मेरो पुगेन। यो भनेर उजागर गर्नुभन्दा अब आउने संविधानलाई राम्रो बनाउनुपर्छ।
SN भनेपछि थाह हुँदा हुँदै पनि तपाई उजागर गर्न चाहनुहुन्न?
मैले भनिहाले नि, राती एघार बजे आएर हिड्न नदिने भन्नेसँग मैले के गर्ने? भएका एजेन्ट बोल्न नसक्ने हैसियतमा राखेपछि अब के गरुँ म? सकिसक्यो चुनाव। देशमा संविधान सभाको चुनाव भयो, अब जिम्मा त लिनु पर्यो नि। एउटा अखण्ड नेपालको जिम्मा त लिनु पर्यो नि।
SN तपाईले भन्नुभयो म एमालेको नजिक थिएँ, तर सदस्य होइन भनेर । तर अब शम्भु थापाले एमालेको सदस्यता लिएर संगठित रुपमै एमालेमा लागेर जनता जागरुक गराउने कुरामा लागे कस्तो हुन्छ होला?
राम्रो हुन्छ होला। अहिलेसम्म मैले पार्टीको सदस्यता लिएको छैन। म उठेको संविधान सभामा तर मलाई जति पनि माथि उठायो एमालेले दिएको मतले उठायो। हारे पनि त मैले संविधान सभामा त भाग लिएँ नि। बीचैमा त छोडिन नि। मेरै पालामा नेपाल बारमा संविधान सभा पास गरेँ। राजनीतिक दलले पास गरे। नेपाल बारले गम्भिर शाही शाषनकालमा संविधान सभा पास गर्यो। आफ्नै जीवनकालमा आयो, म उठेँ। लडौं नै भनेर उठेँ नि। नेपाली जनताको अधिकारको सृष्टि मात्र होइन यो देशको समस्या समाप्त गरौं, नेपाललाई समुन्नत, धनी बनाऔं भनेर लागें। बीचैमा छोडिन। एउटा मुद्दामा बहस गरेर पैसा कमाउने काम होइन, यतिबेला संविधान निर्माण प्रकृयामा सक्रियतापूर्वक लाग्नुपर्छ भनेर त म हिँडे नि। म राम्रै वकालत गरिरहेको मान्छे हुँ। मसँग अहिले तत्काल प्रत्यक्ष भूमिका निर्वाह गर्ने ठाउँ छैन। खाली बोलेर फ्याङफ्याङ गरेर पनि भएन। मैले मेरो पेशा व्यवसाय छोड्ने कुरा पनि भएन। नत्र हिजो म छोडेर हिंडेको मान्छे हो, नेपाली जनताको लागि। राम्रै आम्दानी गरेको मान्छे हुँ। तर त्यसले देश बन्दैन, म मात्र बन्छु भनेर छोडेर हिँडेको हुँ। ल कलेज राजिनामा गरें, दुरसञ्चार राजिनामा गरें। ३०-३५ हजार रुपैयाँ त मैले तत्कालै राजिनामा गरें। त्यसकारण मैले न्याय गगर्छु नै भनेर हिडेको हुँ।
SN शम्भु थापाले एमालेको सदस्यता लिएर काम गरे एमालेले पनि त त्राण पाउँथ्यो होला नि?
एमाले त त्यसै पनि बलियो छँदै छ नि। एमाले निर्बल छैन। मैले म लडेको भनेर भनेको होइन। काँग्रेस पनि निर्बल छैन। माओवादी पनि निर्बल छैन।
SN माओवादीको यो विजयलाई तपाई कति स्थीर देख्नुहुन्छ?
दुई वर्षपछि जब स्थानिय चुनाव गर्नु हुन्छ, थाह भइहाल्छ नि। उहाँहरुको स्थीर होस्, उहाँहरु माथि उठ्नुहोस्, जनताको कल्याण गर्नुहोस्। राष्ट्र बनाउन आएको हो, बनाउनुहोस्। मैले किन अस्थीर भन्ने? त्यो त थाह भइहाल्छ नि।
संविधान सभाको वैठक नजिकै आइसक्यो तर गणतन्त्र कार्यान्वयनलाई संस्थागत बनाउने भन्दा दलहरु पदको बाँडफाँड मै अल्झी राखे भनेर जनस्तरबाट कुरा आइराखेको छ ......
असफल संविधान बन्छ। राजनीतिक दलहरु पदको बाँडफाँडमा बढि केन्द्रीत हुन थाले भने र यसरी नै अन्तरिम संविधान संसोधन हँदै जान थाल्यो भने अब बन्ने नयाँ संविधान १० वर्षपनि टिक्दैन। यो लेखेर राख्नुहोला। अहिले हेरेर होइन, भविश्य हेरेर संविधान बनाउनु पर्छ।
SN तर काँग्रेस एमाले लगायतका दलहरुले त माओवादीले अझै पनि हाम्रा कार्यकर्ता कुटिराखेका छन्, कसरी विश्वास गर्ने भन्छन् नि?
मार्या छन्, कुट्या छन् तर तपाई कारवाही गर्नुहुन्न भने संविधानमा लेखेर मात्र, अर्को संविधान बनाउन बसेर मात्र त्यसको के काम भयो? किन कारवाही नगरेको त?
शान्ति प्रकृया बिथोलिएला भनेर नगरेको रे !
त्यस्तो खालको पनि शान्ति खोज्या होला त? मान्छे मर्ने तर कारवाही नहुने। त्यस्तो बाँडफाँडले संविधान टिकाउ हुन्छ र? तपाईले हिजो पनि नरोक्ने, आज पनि नरोक्ने, भोली त्यस्तो खालको भएपछि रोक्नुहुन्छ त? त्यही कुरा मैले बुझ्या छैन।जबर्जस्ती गरको ठाउँमा तपाईले किन कारवाही नगरेको? शान्ति संझौता भइसकेपछि त तपाईले कारवाही गर्नु पर्यो नि।
SN तर अहिले दुई तिहाई बहुमत दिएर सरकारमा पठायो भने माओवादी अंकुशविहिन हुन्छ, नियन्त्रणविहिन हुन्छ भनिएको छ नि?
के राजनीतिक दल जीवित छैनन?
SN सत्ता पाएपछि माओवादीले कहिल्यै छोड्दैन भन्ने चिन्ता देखिन्छ नि अन्य दलमा?
चल्छ त्यसरी? राष्ट्र चलाउन सक्छ? जबर्जस्ती गरेर राष्ट्र चलाउन मिल्छ? दिनुस् न एकचोटी 'ट्रायल' गर्न। फ्याक्नु पर्ने आवश्यकता भयो भने फ्याक्दा रहेछन् कि फ्याक्दा रहेनछन्? अरु सबै राजनीतिक दल सकिएको प्रमाणित हुन्छ र? मलाई लाग्दैन त्यस्तो। तपाईको इच्छा शक्ति, लोकतान्त्रिक आचरणमा भर पर्छ।
SN भनेपछि माओवादीको लोकतान्त्रिक आचरण प्रति तपाई पूर्ण विश्वस्त हुनुहुन्छ?
गरेन भने तपाईले ल्याउनु पर्यो। संविधानमा लेखेर मात्र झर्ने त होइन नि। संविधानमा लेख