SN: संविधान सभा निर्वाचनको परिणामलाई धेरैले अनपेक्षित भनेका छन्, अनपेक्षित नै हो र ?
मेरा आफ्नो शब्दमा यो माओवादीको कृतिम जीत हो। जनताले खुशीसाथ दिएको भोटले माओवादीले चुनाव जितेको होइन। त्यसको एउटा उदाहरण म आफै हुँ। शान्तिपूर्ण मतदान
325;ो स्थीति नै रहेन। अन्यत्रको कुरा पनि मैले धेरै सुनें। मेरै ठाउँमा पनि हामीलाई गाउँ जानै छेकियो। हरेक ठाउँमा निहुँ खोज्ने, झगडा गर्ने काम भयो। निर्वाचन आयोगले जारी गरेको आचार संहितामा एकै ठाउँमा दुई पार्टी सभा गर्न नपाउने उल्लेख छ। हामीले, काँग्रेस, राप्रपाले लेखेर दियौं तर माओवादीले लेखेर दिएन। उनीहरुको कहीं कार्यक्रम थिएन। हामी जहाँ जान्छौं, त्यहीं वाइसीएल निहुँ खोज्न पुग्ने। वैरेनी गाविसमा हामी घर दैलोको लागि जाँदा वाइसीएलले कुटेर कृष्ण हरि श्रेष्ठ, रामशरण अधिकारी, अर्जुन रिजाल लगायतका १६ जना साथीहरु घाइते हुनभयो। अहिले पनि उहाँहरुको उपचार भइरहेको छ। भूमिस्थानमा हाम्रो गाउँ कमिटी सचिव कृष्ण बहादुर थापालाई कुटे। मेरो ड्राइभर भाइलाई कुटपिट गरेर खप्पर फुटाइदिए। नौ वटा टाँका लगाउनु पर्यो।
SN: तपाईहरुले किन प्रतिकार गर्नु भएन त ?
प्रतिकार भनेको के? हामीले त जनतालाई संझाएर मत लिन भनेर हिडेको। हामी लर्डाई खेल्न हिडेको
होइन। हामीसँग दश वर्षदेखि बन्दुक खेलाएको तालिम पनि थिएन। कुटपिट गर्नलाई कुनै गुण्डा लिएर पनि हिडेनौं। हतियार हामीसँग थिएन। माओवादी कार्यकर्तासँग पेस्तोल थियो, खुकुरी थियो। महिनौं देखि तालिम दिएका थिए उनीहरुले। जनतालाई हाम्रो चुनाव चिन्ह यो हो भनेर चिनाएनन्। बरु हरेक बुथ केन्द्रीत तालिम थियो। मेरो क्षेत्रमा मात्र उनीहरुले तेत्तिस सय ड्रेस बाँडे। महिना दिन त उनीहरुको भोज नै चल्यो। एक छाक सादा भात र बेलुकालाई मासु भात। बुथ केन्द्र अगाडि यो हाम्रो आधार शिविर भनेर पाल हालेर बसेका थिए। निर्वाचनको ४- ५ दिन अगाडि देखि हसिया हथौडामा भोट नदिनेले बुथमा नजाने भनेर धम्क्याउन थाले। गयौ भने हातखुट्टा भाँचिन्छ, बोरामा प्याक गरिन्छ भने। बिहे भएको केटा छ भने उनको श्रीमतीलाई सेतो सारी एक सेट किनिराख्नु, लोग्ने घर र्फकदैन पनि भने। त्यसैले यो कृतिम जीत हो। तपाई याद गरिराख्नु, अहिले नै, यही अवस्थामा फेरि चुनाव गराएर हर्नुहोस्। माओवादीको यत्तिकै भोट आउँछ कि आउँदैन। चैत्र १२ गते धादिङवेसीमा माओवादीको सभामा डा. बाबुराम भट्टर्राई आउनुभाएको थियो। उहाँले भन्नुभएको थियो - दश वर्षहामीले बन्दुक खेलाएको अनुभव छ, त्यो चैत्र २८ गते देखाउने हो। २४ घण्टा भित्र एमालेलाई धुलो बनाइदिने हो। यस्तो भनाईले संविधान सभाको चुनाव होइन, युद्धभूमि बनाएको थियो। बरु म पञ्चायत कालमा जनपक्षिय उम्मेद्वार भएर गाउँमा हिड्दा एक्लै हिडे तर अहिले सय जना घटी हिड्न सकिन। म जहिले पनि असुरक्षित रहें। मार्ने, काट्ने, सुप खाने सम्मका शब्दहरु प्रयोग भए।
मैले १४ हजार पाँच सय भोट पाएँ। त्यो मरिए मरिएला भनेर जीवन हत्केलामा राखेर पाएको भोट हो। यस्तो कृतिम चुनाव जितेर मैले जीतें, म ठूलो पार्टी भएँ भनेर कसैले घमण्ड गर्छ भने त्यो घमण्ड दुध उम्लिए जस्तै हो। उम्लिएको दुधको उचाई कति बेर सम्म रहन्छ, माओवादीको जीत त्यस्तै हो।
SN: माओवादीको तर्फाट तपाईका प्रतिद्धन्दीले त तपाईलाई मार्नेसम्मको धम्की दिए भनेर समाचारमा आएको थियो। के हो वास्तविकता ?
व्याक्तिगत रुपमा उहाँसँग मेरो कुनै कुराकानी भएन। त्यस्तो वातावरण पनि भएन। तर मसँगै हिड्ने कार्यकर्तालाई धम्की, पैसाको लोभलालच दिएको पनि देखियो। मेरो एक जना कार्यकर्तासँग शालिकराम जम्मरकट्टेलले भनेको सुनको छु ? 'म सँग सबैभन्दा धेरै पैसा पनि छ, गुण्डा पनि छ। कसरी जित्नुहुन्छ तपाईहरुले चुनाव' भनेको। उहाँले मोबाइलको 'ह्न्याड फ्री गरेर मलाई सुनाउनु भएको थियो।
SN: तपाईले धाँधली भयो भने पनि राष्ट्रिय अन्तराष्ट्रिय पर्यवेक्षकले त चुनाव शान्तिपूर्ण भयो भनेर रिपोर्ट दिएका छन् नि ?
पर्यवेक्षकलाई शान्ति कस्तो हुँदो रहेछ भने लाइन लागेर भोट हाले पुग्ने रहेछ। उनीहरुले देख्ने अरु केही होइन रहेछ। १० गतेको कान्तिपुर टेलिभिजनको सरोकारमा तपाईले हेर्नुहोस् , एकजना दर्शकले धादिङमा एक जना पर्यवेक्षकले १९ पटक माओवादीलाई भोट हाले भनेका छन्। यस्तै हुन्छन् पर्यवेक्षक? मैले कार्टरको छोरालाई पनि भेटेको छु , उनले पनि एउटै मान्छेले नौ पटक भोट हालेको हेरेर आए। नौ पटक भोट हाल्नेले पनि शान्तिपूर्वक नै हालिरहेको थियो। मतदान अधिकृतलाई पनि बार्ह सत्ताइस कुरा गर्ने होइन, नत्र बोरामा प्याक गरिन्छ भनेर धम्क्याइएको थियो।
SN: भनेपछि तपाईहरुले त मैदान नै खाली गरिदिनु भएको रहेछ, होइन? यदि तपाईहरुले हामी पनि छौं , आत्तिनु पर्दैन भनेको भए त उनीहरु त्यसरी डराउँदैनथे होला नि ?
होइन, त्यो ठाउँमा त यतिसम्म कि, अत्याचार भएपछि मतदाताले बाक्सा टिपेर समेत फ्याँके। यस्तो पनि चुनाव हुन्छ भनेर बाक्सा नै फाले। यो वुद्धि विकास प्रा.वि, चरौंदीको कुरा हो। यी सबै कुराको बारेमा मैले सात दलको शिर्षक नेताहरुको वैठक मै भनेको थिएँ । धादिङमा अवस्था नाजुक छ, एकपटक सोच्नुहोस् भनेको थिएँ। प्रधानमन्त्री, गृहमन्त्री, निर्वाचन आयोगमा मैले पटक पटक लेखेर दिएको छु। तर हाम्रो त्यो रोदन कतै सुनिएन। गोर्खाको कुरा गर्नुहुन्छ भने बाबुराम भट्टर्राईलाई खसेको भोट मध्ये ५-७ सय मान्छे पहिल्यै मरिसकेका छन्। १२-१५ सय भन्दा बढि मान्छे विदेशमा छन्। मलाई लाग्छ त्यो भन्दा पनि ठूलो संख्या होला। सारा अनुपस्थित मान्छेको भोट हालेर मैले जिते भनेर, मैले सबैभन्दा धेरै मत ल्याएँ, सबभन्दा 'पपुलर' मान्छे मै हुँ भनेर घमण्ड गरेर केही अर्थ छ ? संविधान बनाउने चुनावमा त यो हालत भयो भने सरकार बनाउने चुनाव भएको भए त के हालत हुन्थ्यो? यो काइदाको चुनावले त एउटा नराम्रो 'कल्चर'को सुरुवात मात्र गर्यो। एउटा मान्छे मारेको अभियोगमा मान्छे जेलमा छन्, धेरै मान्छे मारेको भएर अबिर लाएर संविधान बनाउन जाने भएका छन्। बबन सिंहले पनि त मान्छे मारेकै भएर चुनाव जितेको छ। त्यसैले यो वर्षमान्छे मार्नेहरुको जीत भएको वर्ष हो।
SN: तपाईहरुले अहिले जे भने पनि देखिने गरी त तपाईहरु चुनाव हार्नुभयो नि? के कारणले
हार्नुभयो - माओवादीको कारणले मात्र हार्नुभयो त ?
त्यो त अत्याधिक हो। चुनावमा जहिले पनि २० प्रतिशत मत भनेको विचारले आकषिर्त गर्ने भोट हुन्छ। विचार सुनेर खस्ने भोट हो त्यो। त्यो २० प्रतिशतलाई जहिले पनि कुरा सुनौं, मन पर्यो भने भोट हालौं भन्ने हुन्छ। कुरै सुन्ने वातावरण भएन भने त्यो २० प्रतिशत कता गयो होला ? त्यो त मार्छ भोट नहाले, लागौं उतै , ज्यान जोगाउ। यो वर्षज्यान जोगाउने वर्ष हो भनेर भोट हाले।
SN: ठिकै छ, बाहिर त त्यस्तो भयो होला तर तपाईहरुले पन्ध्रै सिट जित्ने दाबी गरेको र शिक्षितहरुको बस्ती मानिएको काठमाडौं मै पनि त माओवादीको पक्षमा जनलहर देखियो नि ?
काठमाडौंमा डर, धाक, धम्की होइन। तर काठमाडौं यस्तो ठाउँ हो जहाँ फर्जी भोट खसाउन झन् सजिलो
छ । कसैले कसैलाई चिन्दैन। कसैले मैले चिन्दिन भन्यो भने पनि तैले किन चिन्नु पर्यो ? म पल्लो घरमा डेरा गरेर बस्ने मान्छे हो भनिदिए भयो। माओवादीले बेलैमा र्सर्कुलर जारी गरेको थियो - मरेका मान्छेलाई व्युताउने, विदेश गएकालाई नेपाल ल्याउने। त्यो भनेको के? मरेको मान्छेको नाममा भोट खसाउने भनेको हो नि ! त्यसैले यहाँ फर्जी मत धेरै खसेको छ। अर्को कुरा मैले सुनेको छु, हामीले जित्यौ भने काठमाडौमा डेढ सय रुपैयामा भाडामा बस्न पाउँछौ भनेर भनेका छन् रे। लोकल नेताहरुले। अब डेढ सयमा भाडामा बस्न पाइन्छ भने त्यो पार्टीलाई भोट नदिएर अरु कसलाई दिनु ? रोजगारीका कुरा गरेको छ, कृषि ऋण मिनाहाको गर्ने भनेको छ , डिजेल मट्टतेलको भाउ घटाउने भनेको छ। ती सब कुरा गर्न सकिन्छ कि सकिदैन? त्यो आशाले पनि उहाँहरुले केही भोट पाउनु भयो।त्यसै गरी उहाँहरुको ठूलो सफलता म के मा देख्छु भने भोटर लिस्टमा नाम नभएका १२-१३ वर्ष नौजवानहरुलाई उहाँहरुले राम्रो प्रभावित गर्नुभयो, आकर्षित गर्नुभयो। तीनै बच्चाहरुले उहाँहरुलाई चुनाव जिताएका छन्।
SN: देश अगाडि चाहिँ कसरी बढ्छ त अब ?
माओवादी पार्टीका साथीहरु अहिले फुरफुर पर्दै, पुरै बहुमत जितेको हो, जम्मै कुरा सिध्यायौं,अब अरु कोही पनि छैन भने जसरी धाक लाएर हिडेका छन्। उहाँहरु बहुमत होइन। एमाले, काँग्रेस, फोरम मध्य कुनै एउटा पार्टीलाई नलिइकन उहाँहरु बहुमत पनि पुग्न सक्नुहुन्न। संविधान बनाउन पनि कि र्सवसम्मत कि दुई तिहाई बहुमत चाहिन्छ। त्यसैले सबै पार्टी चाहिन्छ। ठूलो पार्टीको नाताले नेतृत्व उहाँहरुलाई दिउँ भन्न सकिन्छ तर अरु सबै एकापट्टी लाग्ने हो भने त उहाँहरुलाई दिनै पर्छ भन्ने त केही छैन नि ! हामी पनि त ०५२ सालमा सबै भन्दा ठूलो पार्टीको हो नि, नौ महिना भन्दा बढि टिक्नै दिएनन्। ०५२ साल फेरि र्फकन सक्छ भन्ने कुरा उहाँहरुले भुल्न हुँदैन। अहिले पनि उहाँहरुको व्यवहारमा सुधार आएको छैन। जितेपछि उहाँहरुको अपरेशन शुरु भएको छ। अरु पार्टीलाई भोट हाल्ने मान्छेलाई तँ अझै यही गाउँमा बसिरहेको छस्? भन्न पुग्नु भएको छ उहाँहरु। भनेपछि के त, गाउँ मै नबस्नु ? उहाँहरुले जित्यो भनेर यो देश नै छोड्नु? त्यसैले उहाँहरुले आफ्नो बानी व्यवहार सुधार्नु आवश्यक छ। बदलिएको परिस्थिति अनुसार सबैसँग हात मिलाएर जाउँ भन्नु आवश्यक छ। उहाँहरुको बोली र व्यवहारमा एकरुपता छैन। हिजो अस्तीसम्म उहाँहरु अमेरिकी साम्राज्यवाद भन्नुहुन्थ्यो। अहिले कुरा फेर्न थाल्नुभएको छ। त्यो कुरा मात्र फेरेको हो कि भारतसँग दुई चोटी घुँडा टेकिसकेको हो? पहिला साढे आठ वर्ष उहाँहरुलाई भारतले पालेको छ । त्यसै पालेका छैनन् । केही शर्तवन्दी होलान्। हामी सत्तामा पुर्याइदिन्छौं अनि नमिलेको भाषा मिलाउँला भनेको छ कि? त्यो पनि शंका छ। सन् १९५० को सन्धी एउटा पक्षले अस्वीकार गर्ने बित्तिकै त्यो खारेज भइहाल्छ, अब प्रचण्ड जीले हामी मान्दैनौ भनेर एउटा चिठी लेखिदिए भइगयो नि। उहाँहरु भन्नुहुन्छ - चमत्कारिक आर्थिक विकास गर्र्छौ भनेर। त्रिशुलीमा बाल्टी डुबाएर तेल बन्दैन होला, पखेराको ढुङ्गा छोएर सुन बन्दैन होला। कि क्रान्तिकारी सरकार आयो भनेर आकासबाट प्वाल परेर सुनको डल्ला
र्झछ? चुनौतीहरु धेरै छन्।
SN: संविधान निर्माण प्रकृयामा त तपाईहरुले माओवादीलाई सहयोग गर्नु पर्ने तर सरकारबाट तपाईहरुको बहिर्गमन त माओवादीलाई असहयोग गर्ने जस्तो देखियो नि?
हामी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने, राज्यको पुनसंरचना गर्ने, दलित, महिला ,जनजाती, मधेशी लगायतको प्रतिनिधित्व गराएर जाने प्रतिवद्धता सहित नै हिजो आन्दोलनमा गएका हौं। निरंकुश राजालाई घुँडा टेकाएका हौं। माओवादीसँग हात मिलाएका हौं। आज त्यो उद्देश्यबाट पछाडि हट्ने कुरै हुँदैन। संविधान निर्माण प्रकृयामा हामी पूर्णरुपले सहभागि हुन्छौं। जहाँसम्म सरकारमा बस्ने नबस्ने कुरा हो , त्यसमा त अनेक हथकण्डा अपनाएर चुनावमा हामीलाई हराइएपछि हाम्रो नेताहरुले नैतिकताको आधारमा आफ्नो पार्टीले 'पोष्ट' देखि सरकारमा समेत नबसौं भन्ने प्रस्ताव गर्नुभएको छ। तर यस सम्बन्धी अन्तिम निर्णय हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठकले गर्छ।
SN: कतिपय मानिस त एमालेको वर्ग माओवादीले खोसिसक्यो पनि भनिरहेका छन् ? वास्तवमा तपाईहरुको वर्ग कुन हो?
त्यो पनि गलत हो। एकछिन उग्र कुरा गरेर मान्छेलाई हात लिनु बेग्लै कुरा हो। नेकपा एमाले र्सवहारा श्रमजीवी वर्गको पार्टी हो। हामी भुमिहीन किसान देखि मध्यम किसान सम्मका समस्या समाधान गर्दै धनी किसान सम्मलाई नजिक तान्दै राष्ट्रमा शान्ति पूर्णरुपमा आमूल परिवर्तनको पक्षमा हिडेको पार्टी हो। आमूल परिवर्तनको कुरा कसैले चर्को दिन्छ तर त्यो नारा कति पूरा हुन्छ, त्यो पक्ष पनि हेर्न जरुरी हुन्छ। आश र त्रासले गर्दा माओवादीले अहिले हाम्रो केही मतलाई खोसेको जस्तो लाग्छ।
SN: अब अगाडि एमालेको भविश्य के देख्नुहुन्छ ?
हामी नयाँ ढंगले अगाडि बढ्छौं। हामी विचलित भएका छैनौं। विगतमा केही कमजोरी भएको छ भने पनि त्यसलाई सच्याउँदै जनमत आफ्नो पक्षमा सिर्जना गर्न अगाडि बढ्छौं। त्यो कुरा तपाईले दुई चार महिना भित्र देख्न पाउनुहुने छ।
SN: तपाईको पार्टीको महासचिवले पदबाट राजिनामा दिइसक्नु भएको छ । अब एमालेको नेतृत्व लिनुपर्ने उपर्युक्त व्यक्ति को होला ?
मैले अहिले नै फलानो नै हुन्छ भनेर किन भनौं? संभावना भनेको माधव नेपाल आफै पनि हुन सक्नुहुन्छ। किनकी उहाँ एक्लैले चुनाव हारेको होइन। हाë