Wednesday, 08 September 2010 07:55 am
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Adventure Silk Road Inc.     Sincere Travels Pvt. Ltd.     Khusbu Travels and Tours Pvt. Ltd.     Adventure jaljale trekking &expedition (p).ltd     Pace Travel & Tours P. Ltd.    
CatagoryINTERVIEW
Interview with Pari Thapa

२०३४ साल देखि रानजितिमा लाग्नु भएका परि थापाले अनेरास्ववियु एकिकृतको केन्द्रिय अध्यक्षको रुपमा काम गरिसक्नु भएको छ हाल उहाँ नेकपा एकिकृतको सचिवालय सदस्य, संसदीय दलको नेता, अन्तराष्ट्रिय विभागको सदस्य र राज्य मामिला विभागको प&#

2381;रमुखको रुपमा रहनुभएको छ


निर्वाचन नजिकै आउँदैछ कत्तिको तयारी गरिरहनु भएको छ त ?  

निर्वाचनको तयारी हामीहरुले गरिरहेका छौं । त्यस सन्दर्भमा कार्यकर्ताहरुको प्रशिक्षण, कार्यकर्ताहरुलाई जनस्तरमा पठाउने कामहरु भइराखेका छन् । पहाडी क्षेत्रहरुमा तयारीका कामहरु भइराखेका छन् । कार्यकर्ताहरु परिचालन भइसकेका छन् । तर तराई क्षेत्रको गाउँहरुमा सशस्त्र समूहहरुले निर्वाचनमा जानका लागि बाधा पुर्‍याइरहेको र धम्कि दिइराखेका छन् । हामीले तराई क्षेत्रमा कसरी जाने भन्ने बारेमा छलफल गर्नु पूर्व नेपालको तराई क्षेत्रबाट साथीहरुलाई बोलाएका छौं ।


तपाईंको पार्टी निर्वाचनमा एक्लै जान्छ कि कसैसँग तालमेल गरेर ?

अबको नेपालको नेतृत्व र केन्द्रिय राजनीतिमा मुख्य भूमिका वामपन्थिले निभाउनु पर्छ भन्ने हाम्रो पार्टीको धारणा हो । हामीले त्यस अनुसार प्रयास पनि गर्‍यौ तर त्यो सफल हुन सकेन । अहिले केहि ठाउँमा सहकार्य भएतापनि अन्य ठाउँहरुमा हाम्रो पार्टी एक्लौ  निर्वाचनमा जाने भएको छ । 


वाम एकता हुन नसक्नुको कारण के होला ?

एकताको लागि धेरै कुरा मिल्नु पर्छ । मार्गनिर्देशक सिद्धान्त, राजनीतिक सिद्धान्त, संगठित प्रणाली मिल्यो भने मात्र एकता हुन सक्छ ।


वाम पार्टी बिच तालमेल पनि हुन नसक्ने अवस्था कसरी आयो ?  

तालमेलको लागि समस्या हुन नपर्ने हो तर त्यसमा समस्या आइरहेको छ । अहिले तालमेलमा जानुपर्ने पार्टी मध्य हाम्रो पार्टी नेपाल कम्यूनिष्ट पार्टी एकिकृत, नेकपा माओवादी, नेकपा एमाले र जनमोर्चा हो । हाम्रो तत्कालिन मुद्धाहरु पनि मिल्छ जस्तै संघिय शासन प्रणालीको कुरा र समानुपातिक प्रतिनिधिको कुरा।तर पनि तालमेल हुन सकेन ।


त्यसको मुख्य तीन कारणहरु छन् - पहिलो संक्रिणता छ । दोस्रो, पार्टीको अहमको कारणले पनि त्यस्तो हुन नसकेको हो र अर्को मुख्य कुरा त संविधानसभा निर्वाचनलाई बहुमत ल्याएर सरकार बनाउने चुनावको रुपमा पार्टीले लिइरहेका छन् । त्यसैले यी समस्याहरु देखा परेका हुन् ।


हामीले तालमेलको बारेमा उम्मेदवारको नाम फिर्ता लिन भन्दा अगाडि नै कुरा उठाएका थियौं तर ३-४ स्थानमा भन्दा हुन सकेन । अहिले पनि तालमेलको लागि समय छ।यदि हामी यसमा गंभिर हुने हो भने मतादानको मिति भन्दा अगाडि उम्मेदवारी बिचैमा छोडेर कुनै उम्मेदवारले तालमेल गर्न सक्छ । ग्रामिण क्षेत्रमा एक हप्ता र सहरी क्षेत्रमा तीन दिन अगाडि सम्म त्यस्तो तालमेल गर्न सकिन्छ ।


त्यसरी निर्वाचनको केहि दिन मात्र अगाडि आएर तालमेल गर्दा जनताहरु अन्यौलमा पर्दैनन् र?

हो, त्यस्तो पहिल्यै भए धेरै राम्रो हुन्छ । तर यसको एउटा निकास छ।पहिला एक व्यक्ति एक मत थियो । अहिले एक व्यक्ति दुई मत छ ।  एउटा उम्मेदवारलाई र अर्को पार्टीलाई मत दिने भएकाले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिन नपाएपनि आफ्नो पार्टीलाई दिन पाउनेछन् । त्यसैले यसमा निराश हुनुपर्ने अवस्था छैन ।


नेपालमा दुई तिहाई मत त वामपन्थिहरुको नै छ।तर उनिहरुको नमिल्ने खालका कुराहरुले नै मतदाताहरु चिन्तित छन् । त्यसैले हामीहरुले जहिले तालमेल गर्दा पनि हाम्रा मतदाताहरु उत्साहित नै रहन्छन् ।


संविधानसभा निर्वाचन पछि नेपालको संविधान कस्तो बन्ला ?

अब बन्ने संविधानमा गणतन्त्र हुनै पर्‍यो, बहुदलिय व्यवस्था हुनै पर्‍यो र संघिय शासन प्रणाली हुनै पर्‍यो।त्यसपछि आ-आफ्नो एजेण्डा पार्टीले अगाडि ल्याउँछन् ।

त्यसैगरि अहिलेको आन्दोलनले पूर्णता दिन खोजेको पुँजिवादी लोकतान्त्रिक गणतन्त्रलाई हो । अब बन्ने संविधानमा त्यो कुरा पुरा गर्नु पर्दछ भन्ने हाम्रो नारा हो । त्यो पुँजिवादी गणतन्त्रवादी व्यवस्थालाई पूर्णता दिंदाखेरि पनि हाम्रो जस्तो देशको विशिष्ठतालाई ध्यानमा राखेर हामीले गम्भिर रुपमा अन्य कुरालाई अगाडि ल्याउनु पर्छ । त्यसमा कार्यकारिको सम्बन्धमा, सुरक्षा निकायको कर्मचारीतन्त्रको कुराहरुलाई अगाडि ल्याउनु पर्छ भन्ने हाम्रो धारणा छ र यसमा हाम्रो पार्टीले अन्य पार्टीहरुको भन्दा अलग धारणा पनि लिएको छ ।


त्यस्तो अलग धारणा के हो त

हाम्रो पार्टीले न्यायपालिकामा पनि न्यायधिषहरु निर्वाचित हुनुपर्ने भन्ने धारणा लिएको छ । संघीय राज्य बनिसकेपछि संघीय न्यायपालिकामा २५ र क्षेत्रिय न्यापालिकामा ७५ प्रतिशत न्यायधिषहरु निर्वाचित हुनुपर्छ भन्ने छ । त्यस्तै निर्वाचित जनप्रतिनिधिले आफूले गरेका प्रतिबद्धता पुरा नगरेमा त्यस्ता उम्मेदवारलाई प्रत्यागमन गर्न पाउने अथवा विजयी गराएका तिनै जनताले फर्काउन पाउने व्यवस्था पनि हाम्रो पार्टीले गरेको छ।यस्तै अन्य राज्यलाई जनहितैषि र जनमुखि बनाउनको लागि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा जस्ता विषयहरुमा राज्यले जिम्मा लिनु पर्छ भन्ने हाम्रो धारण हो ।






यस बाहेक तपाईंहरुको पार्टीको एजेण्डा कस्तो छ ?

हाम्रो पार्टीले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष भन्ने शब्द प्रयोग गरेको छ जो सम्मानित हुनुपर्छ।राष्ट्राध्यक्ष हुने व्यक्ति एक पटक एउटा समुदाय बाट भएपछि दोस्रो पटक अर्को समुदायबाट हुनु पर्ने छ । त्यसैगरि प्रधानमन्त्री कार्यकारी हुन्छ र एउटा समुदायबाट दुई पटक मात्र हुन पाउने व्यवस्था गरेका छौं ।


राज्य विभाजन कसरी गर्न सकिन्छ ?

संघीय शासन राज्य विभाजन गर्दा मुलतः जातिगत जनसंख्या, भूगोल र भाषा तिनवटा आधारमा गर्न सकिन्छ । र त्यसमा अधिकारको बाँडफाँड गर्दा अन्तराष्ट्रिय सम्बन्ध, राष्ट्रिय सुरक्षा, मुद्रा प्रणाली, राष्ट्रिय राजमार्ग र प्राकृतिक साधनहरुको केन्द्र र प्रदेश बिचमा तालमेल मिलाएर उपयोग गर्ने र अन्य सबै अधिकार प्रदेशलाई दिने गर्नुपर्छ ।


आन्दोलनको बेलामा सबै पार्टीहरुले युवाहरुलाई अगाडि बढाए पनि संविधान बनाउने निर्वाचनमा युवाहरुलाई अगाडि बढाएको छैन यस्तो अवस्थामा बन्ने संविधानले कसरी देश युवाको हातमा सुम्पन्छ? कसरी हुन्छ युवाहरुको नेतृत्व ?

युवाहरुको जिम्मामा त देश आउँछ आउँछ त्यसको अन्य कुनै विकल्प नै छैन । अहिलेको हाम्रो देशमा दुई वटा समस्याहरु छन्।पहिलो हाम्रो देशको राष्ट्रिय राजनीति नै परिपक्व भइसकेको छैन । हाम्रो देशको पार्टी इतिहास पनि लामो छैन । राजनीति सुगम ढंगले चल्न पाएको छैन । मुख्य कुरा त हाम्रो देशको राजनीतिमा एउटा पुस्ता पनि फाटेको छैन । पार्टी संस्थापाक नै अहिले हामीसंगै उम्मेदवार बनिरहेका छन् । कृष्ण प्रसाद भट्टराई काँग्रेस र नर बहादुर कर्मचार्य कम्यूनिष्ट बाट समानुपातीक उम्मेदवार भइराखेका छन् ।

दोस्रो हाम्रो साँस्कृतिक परम्पराले पनि यस्तो स्थिति ल्याएको छ।हाम्रो संस्कृति नयाँ कुरामा तुरुन्त जान चाँहदैन । परिवर्तनमा तुरुन्त नजाने  ढिला सुस्ति गरेर घिसे पिटे तरिकाले मात्र पविर्तनमा जाने परम्परा छ हाम्रो ।


अहिले उम्मेदवारी नदिँदैमा, युवाहरुलाई अगाडि नबढाउदैमा युवाको नेतृत्व हुदैन भन्ने त छँदैछैन ।


जब अघिल्लो पुस्ताले काम गर्न सक्दैन तब जिम्मेवारी त स्वतः युवाको हातमा आउँछ । अहिले हाम्रो प्रधानमन्त्रीले अक्सिजन खाएर बसेका छन् । कार्यालय उपस्थित हुन पनि सक्दैनन् । अब उनले नेतृत्वको जिम्मा पछिल्लो पुस्तालाई नदिई सुखै छैन । 


यस्तो परम्पराको परिवर्तन गर्ला त संविधानसभाले ?

नगरी सुखै छैन । यदि गर्दैन भने देश अर्को द्वन्दमा फस्छ ।


अन्तरिम संविधानमा गणतन्त्र लेखिएको छ त्यसलाई संविधानसभाको पहिलो बैठकले कार्यान्वयन गर्ने भनिएको छ हाल संवैधानिक राजा चाहिन्छ भन्नेहरु पनि निर्वाचनमा भागलिइरहेका छन् यस्तो अवस्थामा गणतन्त्रको कार्यान्वयन गर्न कत्तिको सजिलो होला त?

हाम्रो धारणा के हो भने तत्काल गणतन्त्र घोषणा गरेर समानुपातिक निर्वाचन प्रणाली लागू गरेको भए तराईमा यस्तो द्वन्द नै हुने थिएन । समानुपातिकले तराईको मागलाई सम्बोधन गर्दथ्यो । गणतन्त्रको कुरो राजा समूहको कुरा थियो । त्यो हारेको शक्तिसँग जुध्न कुनै ठूलो कुरो थिएन ।


अब कुरा आयो संवैधानिक राजतन्त्रको एजेण्डा लिएर निर्वाचनमा जानेहरुको । निरंकुश राजतन्त्र र  संवैधानिक राजतन्त्र त हामीले प्रयोग गरेर हेरिसक्यौं।त्यो त फ्लप भइसक्यो।राजतन्त्र त आफैमा फ्लप संस्था भइसक्यो।राजाले शासन आफ्नो हातमा लिएर चलाउन नसकेरै घुँडा टेक्नु परेको हो नि त ।


फेरि जनताको अगाडि राजतन्त्रको कुनै पनि मोडेलको एजेण्डा बोकेर कोहि जान्छ भने त्यस्तालाई जनताले समर्थन गर्ने स्थिति म देख्दिन ।


जनतालाई प्रत्यक्ष सहभागी गराएर जनमतसंग्रह बाट राजतन्त्रको छिनोफानो गरेको भए राम्रो हुन्थ्यो नि होइन ?

त्यो बाटोबाट हामी गएनौं नि त । संविधानसभाबाटै जाने भन्ने भयो।हाम्रो पार्टीको धारणा पनि पहिला त्यस्तै थियो । राजतन्त्रलाई जनमतसंग्रह गरेर जनआन्दोलनको लगत्तै टुङ्गयाउनु पर्ने थियो ।


तर संविधानसभा पनि जनताले चुनेर आएका प्रतिनिधिहरु नै हुन् । त्यसैले संविधानसभाले नै राजतन्त्रको निर्णय गर्दा पनि केहि फरक पर्दैन ।


राजतन्त्रको पक्षधरहरुले गणतन्त्रमा जान अवरोध पुर्‍याउने सम्भावना कत्तिको देख्नुहुन्छ ?

हारेका शक्तिले आफू पुनर्जिवित हुन प्रयास त गर्छ नै । तर त्यसलाई आन्दोलनले ठेगान लगाउँदै जानु पर्छ । अब फेरि राजतन्त्रको नाममा कुनै कदम चाल्न खोजेमा जनता उठ्नेछन् र त्यस्ता शक्तिलाई तुरुन्त परास्त गर्नेछन् ।


- सुदिप लामिछाने



Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch