Friday, 03 September 2010 12:29 am
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Folk Tours & Treks P. Ltd.     Amazing Nepal Adventure P.Ltd.     High Land Trekking & Expedition P.Ltd.     Romeo Tours & Travels Pvt. Ltd.     Advance Travels & Tours (P) Ltd.    
CatagoryINTERVIEW
Interview with Radha Krishna Mainali

संविधान सभाले देशलाई निकास दिन्छ भन्नेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?

दुईवटा कुरामा सात दल गम्भिर हुँदै भएनन्।पहिलो, अघिल्लो पटक शेरबहादुर,सुर्यबहादुर र राजा समेतले संसदिय निर्वाचन गर्न सकेनन्।यता आएर संबिधान सभाको चुनाव पनि दुई 
46;टकसम्म हुन सकेन।वास्तवमा यस्तो किन भइराखेको छ? यसबारेमा कसैले सोंच्दैनन्।
दोस्रो, संविधान सभाले सबै कुरा जादुगरी रुपमा समाधान गर्छ भन्ने जुन तर्क छ, त्यो वेवकुफ तर्क हो।संविधान सभा आफैं समस्याको समाधान होइन।यो त यस्तो वैधानिक मञ्च हो, जसले स्वीकार गरिएको कुरालाई वैधानिकता मात्र दिन्छ।
अहिले देशमा कस्तो संविधान सभा बनाउने भन्ने कुरामा चार वटा चिन्तन छन्: पहिलो, काँग्रेस पुँजिवादी संविधान बनाउन चाहन्छ।दोश्रो वामपन्थीहरु साम्यवादी संविधान बनाउन चाहन्छ।तेश्रो, मधेशवादी दलहरु क्षेत्रगत संविधान बनाउन चाहन्छन्।र, चौथो, जनजातिहरु जातिगत संविधान बनाउन चाहन्छन्।यो चारवटा विचारले संविधान सभालाई युद्ध भूमि बनाउँछ।त्यसैले संविधान सभाले निकास दिन्छ भन्ने ग्यारेण्टी दिँदैन।अर्को कुरा संविधान सभाको चुनाव नै हुन्छ कि हुँदैन भन्ने कुरा मै विवाद छ।अहिलेका सात दलको गठवन्धन नै अप्राकृतिक छ।सात दल एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन्।
भर्खरै मधेशवादी दलसँगको वार्ता त सफल भयो तर अझै पनि हतियारवादी समुहहरु बाहिरै छन्।यस्तो अवस्थामा निष्पक्ष्य निर्वाचन हुन सक्दैन।मेरो बहुमत आँउछ भन्ने भ्रममा अहिले एमालेलाई मात्र चुनाव चाहिएको हो।काँग्रेस र माओवादी त चुनाव भाड्न चाहन्छन्।

सात दलको सहकार्य अप्राकृतिक छ भनेर त तपाईंहरु हिजो सत्तामा रहँदा पनि भन्नुहुन्थ्यो तर त्यहि सहकार्यले नै देशमा यति ठूलो परिवर्तन ल्याइदियो नि !


ठीक छ, परिवर्तन त ल्यायो तर परिवर्तन नै सबै कुरा त होइन नि।परिवर्तनको परिणाम हेर्नुपर्‍यो नि।यसले नयाँ चिज दिएन।सिर्जनात्मक कुरा दिएन।परिवर्तनले केवल अर्को हिंसा मात्र ल्यायो।


तर त्यति माओवादीको त्यति ठूलो ससस्त्र युद्ध त रोकियो नि ?


होइन, उहाँहरु एउटा बाघको मुखबाट अर्को बाघको मुखमा पुग्नुभयो।एउटा हिंसा त रोकियो तर माओवादी हिंसा नै अन्तिम त थिएन।बरु माओवादी कै कारण अरु हिंसा शुरु भयो।
हिजो शान्तिवादी मानिएको काँग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाले समेतले फलान चौकी हान्दे, फलानो उम्मेद्वार काटिदेउ भन्दै माओवादीलाई चिठी लेखेर हिंसा मच्चाउन लगाए।यो कुरा प्रचण्ड स्वयं नै भनेका हुन्।आफूहरुले जे गरेर आयो नि,उनीहरुको 'फलोअर'ले पनि त्यहि गर्न लागे।हिजो आफूले जस्तो समस्या खडा गरेर आफू स्थापित भए,आज उनीहरुले त्यस्तै समस्याको सामना गर्नुपरेको छ।


भनेपछि राजाले जे भन्यो, सात दल त्यसैमा खुरुखुरु हिड्नुपर्थ्यो?


अहिले जसले जे गरे पनि आन्दोलनको म्याण्डेट भन्छन्।आन्दोलनको म्याण्डेट के हो? आन्दोलनको म्याण्डेड भनेको राजाले दिएको रोडम्याप हो।संसद पूर्णस्थापना गरेर जुन 'ट्रयाक'मा जाउ भनेको छ, त्यसैमा जानु पर्छ।
कि त उनीहरुले संसद ब्यूताउने कुरै गर्नु हुँदैन थियो, 'रिभोल्यूसनरी' बाटोमा जानुपर्थ्यो।त्यहाँ कुनै नियम कानुन हुँदैनथ्यो। तर संसद ब्यूताएपछि त त्यसको सिस्टममा हिँड्नु पर्छ कि पर्दैन? संसद पनि ब्यूताउने, भत्तापनि खाने अनि त्यसकै विरुद्धमा पनि जाने? पाइन्छ ? त्यही कारण हो, सात दल अहिले घरका न घाटका भएका छन्।न संसदिय अभ्यास न 'रिभोल्युसनरी'।


तपाईंलाईं के लाग्छ देशमा अहिले कस्तो शाषन व्यवस्था छ?


अहिले त यहाँ सात दलको किचलो मात्र छ। देश समाधानको बाटोमा होइन कि किचलो र लडाईंको बाटोमा गएको छ।सात दलको बिर्ता बनाएर राज्य चलाउन खोजे पछि यस्तै हुन्छ।सात दल बाहेक अरु चाहिं नागरिक नै होइनन्?  हुँदा हुँदा संविधान सभाले गर्ने निर्णय लुतुलुतु सात दलले गरिरहेका छन्।संविधान सभा आफै सर्वभौमसत्ता हुन्छ।पहिल्यै निर्णय  गर्ने? 



अन्तरिम संविधानमा संघिय लोकतान्त्रिक गणतन्त्र लेखेको चाहिं तपाईलाई कस्तो लागेको छ



यो गम्भिर कुरा हो।त्यति धेरै भन्नै पर्दैन।लोकतान्त्रिक संविधान बनाउने भनिदिए सबै कुरा त्यहिं त अट्छ नि।कस्तो हो लोकतान्त्रिक? संघिय लोकतान्त्रिक भन्ने वित्तिक&;#2376; सबै कुरा &;#2340; प्रष्ट हुँदैन नि।संसदिय पाराको हो कि? एकदलिय, बहुदलिय हो कि? यो त किटान छैन।



त्यो त संविधान सभाले निर्णय गर्छ भनेर भनेकै छन् नि




मैले त सात दलको कुरा गरिराखेको छु।सात दलको बीचमा त्यो अवधारणा नै प्रष्ट छैन।एमालेको एउटा धारणा छ, माओवादीको एउटा धारणा छ।दल दलको आ-आफ्नो धारणा छ तर साझा धारणा छैन।साझा धारणा नभएपछि त भोली संविधान सभामा उही मारामारको स्थिती आउने भयो।
मलाई त्यति खेर के लागेको थियो भने राजाले संसदको पूर्णस्थापना गरे पछि संसदिय 'ट्रयाक'मा जाउ भनेको हो।संसदिय धार छोडेर जाउ भनेको त होइन।तर गए।आफैले आफैलाई विघटन गरे अनि आफैलाई पूर्णगठन गरे।आखिर तिनीहरुको हैसियत थियो भने त ०४७ कै संविधानलाई संसोधन गरेको भए हुन्थ्यो।संसोधन गरेर त्यसैलाई अगाडि लिएर गएको भए यो अराजकता आउदैनथ्यो।अहिले त संवैधानिक अराजकता छ।राजाले ब्युताइदिएको त्यो संसदमा टेकेर त्यो संविधान खारेज गर्ने अधिकार कसले दियो? भगवानले दियो उनीहरुलाई? यो त मनपरी तन्त्र भयो।उनीहरुले मान्छे मारेर संसदमा आउन पाइन्छ भने अरुले किन नपाउने?  



इतिहासकै सबै भन्दा शक्तिशाली भनिने यो सरकारले समेत यो अराजकता नियन्त्रण गर्न नसक्ने हो भने अर्को कुन शक्ति होला त यो अराजकता नियन्त्रण गर्ने?



देशमा अहिले इतिहासकै शक्तिशाली सरकार छ तर यहि देशमा अहिले तेल छैन, मटितेल छैन, खाद्यान्नको संकट छ। देशमा सुरक्षा छैन।शक्तिशाली सरकारको शक्ति कहाँ छ, त्यो मलाई थाह छैन।न उसले शान्ति सुरक्षा कायम गर्न सक्यो, न अमैनचैन दिन सक्यो, न पेशाको ग्यारेण्टि गर्न सक्यो।यस्तो स्थिती छ तर सरकार चाहिं सबैभन्दा शक्तिशाली छ।त्यो शक्ति कहाँ कुन पहरामा बसेको छ, त्यो चाँही देखिँदैन।
बजार तिर गयो भने हर पेट्रोल पम्प अगाडि कम से कम पच्चिस सय, तीन हजार मोटर साइकलको लाइन हुन्छ। नेपालको इतिहासमा यति लामो मोटरसाइकल जुलुस कहिल्यै देखिएको थिएन।सात दलको पराक्रमले देखिएको छ।के हो यो? सात दलले गर्न खोजेको के हो? कि त सात दल विकल्प नचाहिने शक्तिको रुपमा रहनु पर्छ।यदि आफूले धान्न नसक्ने हो भने कसलाई लगेर देश बुझाउने हो, त्यो शक्ति देखाउनु पर्छ।


अराजकताको कुरा गर्नुभयो तर अहिले मान्छे मार्ने क्रम त धेरै घटेको छ नि ?



जो चोर थियो त्यसलाई ताला चावी दिएपछि चोरी त बन्द हुनुपर्छ नि।माओवादी हिंसा मच्चाउँथ्यो,उसैलाई नै सत्ता दिएपछि फेरी पनि हिंसा हुन मिल्छ? उसकै नामबाट हिंसा हुन्छ, उसकै प्रकृयाबाट हिंसा हुन्छ।त्यो सामान्य भएन।हिजो सात दल नै भाँडभैलो मच्चाउथे।उनीहरुलाई छोडिदिए पछि लाइन त 'क्लियर' हुनुपर्छ नि।हिंसाको 'भोल्युम' त घटेको छ तर आतंकको 'भोल्युम' त घटेको छैन।


यस्तो अराजकता देख्दा तपाईलाई त राजा शक्तिमा आउनु पर्छ भन्ने लागेको होला नि, होइन?  
त्यो त मैले भनेर हुने होइन।राजालाई जसरी आफूले शाषन गर्दा दलले आन्दोलन गर्दा अब मबाट समाधान हुन सकेन, म सात दललाई नै दिन्छु भन्ने जुन बुद्धि राजालाई आयो।ल तिमीहरु नै गरिखाउ भन्ने बुद्धि आयो भने अब सात दललाई पनि त त्यस्तो बुद्धि आउनुपर्ने हो नि।हामीले नसकेपछि कसलाई बुझाउनु पर्ने हो भन्ने।कि त सक्नु पर्‍यो कि त बुझाउनुपर्‍यो ।कसलाई बुझाउछन्,त्यो चाहिं उनीहरुको चेतनाको कुरा भयो।
जनताले विद्रोह गरेर लिने कुरा त अलि टाढाको कुरा भयो।जनता त्यति जागरुक भइदिएको भए सात दलको यो पाँडेपजनी चल्ने थिएन।फलानो आए हुन्थ्यो भनेर कसैले कामना त गर्लान् तर उसले पनि समाधान गर्ने हैसियत त चाहियो नि।



तर तपाईलाई त सात दल भन्दा राजा यो समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास होला नि ?



मैले विश्वास गरेर भएन। सात दलले सोंच्नु पर्‍यो नि त्यो त ...


भनेपछि सात दलले सत्ता राजालाई बुझाइदिनु पर्‍यो ?  


उनीहरुको विश्वासमा, होइन हामी भन्दा त राजा नै 'बेटर' भन्ने लाग्यो भने त त्यहाँ बुझाउलान्।तर यदि राजा भन्दा सात दल 'बेटर' हो भने सात दल भन्दा 'बेटर' को हो त? कि त आफ 'करेक्टेड' हुनु पर्‍यो कि त आफू भन्दा 'बेटर' लाई दिनु पर्‍यो।होइन बलजफ्ती कसैले लग्यो भने त त्यो उनीहरुको कुबुद्धिको कुरा भयो।
हिजो राजाको विरुद्धमा आन्दोलन गरे तर राजाले अन्तमा के महसुस गरे भने तीन वर्ष मैले शान्ति कायम गर्छु भन्ने  कुरामा दलहरु मिलेनन्।उनीहरुले आन्दोलन &;#2327;रे।देशमा धेरै रक्तपात हुनेभयो भनेर राजा खुनखराबीमा जान चाहेनन्। राजाको इमानदारिता हो त्यो।भन्नेले जे भने पनि आजसम्म राजा नारायणहिटिमै बसेका छन् भने बैसाख ११ गते त शक्तिविहिन थिएनन्।


अहिले देशमा गणतन्त्रको नारा चर्किएको छ, तपाईंलाई के लाग्छ नेपालमा गणतन्त्र कत्तिको संभव छ?



गणतन्त्रको नारा चर्किएर आएपछि नेपालको इतिहास मै देशमा सबैभन्दा ठूलो अराजकता आएको छ।यो अराजकताले अरु के के ल्याउने हो? गणतन्त्र ल्याउँछ कि अरु केहि ल्याउँछ। हेर्दै के देखियो भन्दा राजा नहुँदा, यो अराजकताको विउ चाहिं गणतन्त्र हो भन्ने अर्थ आइसकेपछि, त्यो कति लोकप्रिय होला? तर म के भन्दिन भन्दा गणतन्त्र भनेको देश दुनियाँ कहीँ पनि हुँदैन।म यो तर्क गर्दिन।गणतन्त्र एउटा 'सिस्टम' हो, बुद्धि पुर्‍याएर लिएर गयो भने हाम्रोमा झन् राम्रो आउन सक्छ।तर यस्तै बुद्धिले हो भने त यहाँ त गणतन्त्र भन्नेहरु नै संकटमा पर्दैछन्।
अहिले गिरिजाको आन्दोलन पछिको जुन 'क्रेज' हो, त्यो कहाँ पुगेको छ? मसिहा बनेर आएको प्रचण्डको जुन व्याक्तित्व हो एक डेढ वर्षमै उहाँको छवि धुमिल भएर गएको छ।राजालाई पनि बदनाम गरे,आफू पनि बदनाम भए।



राजा आफै चाँही बदनाम भएका होइनन् ?



आफैले भन्दा अरुले बढि बदनाम गरे।आफू पनि केहि भए।राजाका पनि केहि गल्ति भए।तर त्यसलाई अतिरंजित गरियो। जसले गर्दा के भयो भने मान्छेको मन बुझाउने कहीँ ठाउँ छैन के! गिरिजा, माधवको बारेमा सबैले बुझेकै थिए।प्रचण्डको त्यो जादुगरीपनले मान्छेलाई केहि न्यानो दियो।उनको जुन स्वभाव हो, निक्लेको दिन देखि मान्छेलाई गाली गर्ने देखि लिएर 'नेगेटिभ' कुरा मात्र आउन थाल्यो।हुँदा हुँदै अस्ति त्यो कटुवाललाई गाली गरेको देख्दा त त्यो तहको मान्छेमा सन्किपन भन्दा त बढि केहि आएन। 


प्रचण्डको कुरा त गर्नुभयो तर तपाईले आफ्नै राजनीतिक भविश्यलाई भने कसरी हेर्नु भएको छ ?



म के बुझ्छु भने दलिय व्यवस्थामा विना दलको कुनै कुनै गतिविधि हुँदैन।तर मेरो कुनै दल छैन।त्यसैले अहिले मेरो कुनै भुमिका हुँदैन।दल पनि प्रभावशाली चाहियो।पाँच जना मान्छे भएर त हुँदैन।फेरी पाँच जनाको दल खोलेर म नेता हुँ भन्ने आडम्बरमा पोखिन पनि मलाई मन लाग्दैन।जबसम्म देशको राजनीतिमा परिवर्तन हुँदैन तबसम्म मैले राजनीतिमा हात हाल्नु कुनै फाइदाजनक हुँदैन।


कस्तो परिवर्तन भन्न खोज्नुभएको ?   



परिवर्तन दुई प्रकारले आउँछ।कि त निर्वाचन हुन्छ।त्यसले एउटा परिवर्तन ल्याउछ।अर्को चुनाव नै भएन भने पनि त केहि परिवर्तन आउछ होला नि? देश यत्तिकै नांगो धारमा त बसिराख्दैन।के परिणाम ल्याउँछ, त्यो भन्न सक्ने ज्योतिष म होइन।परिवर्तन पछाडि मैले मेरो अनुभव कहाँ पोख्ने हो, सोंच्ने बेला आउछ।
हिजो राजाले मलाई सहयोग गर भनेपछि मैले सहयोग गरेकै हो।मेरो दिमागमा सक्रिय राजतन्त्रको अस्तित्व हिजो पनि थिएन, आज पनि छैन र भोली पनि हुनेछैन।तर यो देशलाई बचाउन सेरोमेनियल किंगको आवश्यकता आज पनि छ भन्ने कुरा अहिले पनि मलाई लाग्छ।


तपाईलाई त राजा सक्रिय हुनुपर्छ भन्ने लागेको होला नि ! किन भने हिजो त तपाई राजा सक्रिय हुँदा नै मन्त्री खान जानु भएको हो।



होइन।मान्छेले यसलाई गलत रुपमा व्याख्या गरे।तपाईले पनि गलत रुपमा व्याख्या गर्नुभयो।किनभने त्यो संविधानमा राजाको सक्रिय भूमिकाको त कहिं व्याख्या गरिएको थिएन।तीन वर्ष शान्ति स्थापना गर्छु भनेर राजाले सत्ता लिनु संकटको बाध्यात्मक नजिर थियो भन्ने मैले बुझेको हो।तीन वर्ष दलहरुलाई शाषन फिर्ता दिन्छु भन्ने राजाको भनाई पत्याएर म सरकारमा गएको हुँ तर राजाको ढंग बुद्धि पुगेन।यो वास्तविकता हो।
      


के कुरामा राजाको ढंग नपुगेको हो ?  



शाषन सञ्चालन गर्ने कुरामा राजाको ढंग नपुगेकै हो।आफूले जिम्मा लिएपछि त योजना चाहियो नि।जिम्मा लिने तर चलाउन नजानेपछि त्यसले त झन ठूलो संकट पैदा गर्छ।सबै विपक्षीलाई एक ठाउँमा भेला पारेर, सारा राष्ट्र, आन्तरष्ट्रलाई कुनामा फ्याकेर, एक्लो भएपछि त टिक्ने कुरा त भएन।अन्तिममा राजाले बुझाउनु बाहेक अर्को उपाय त थिएन।मेरो प्रयत्नले त्यहाँ जति भ्याउथ्यो त्यति त मैले गरेकै हो।
 


शाही मन्त्री भनिदा, यत्रो परिवर्तनमा आफ्नो भूमिका नहुँदा, विगतमा गल्ति गरिएछ जस्तो चाँही लाग्छ कि लाग्दैन ?



गल्ति गरेको जस्तो त मलाई कहिले लागेको छैन म हिनताबोध लिएर बसेको छैन।मान्छेका हरेक प्रयास त सफल हुँदैनन्।त्यतिखेर राजाको त्यो क्याविनेटले हिंसालाई समाधान गर्न सकेको भए पृथ्वीनारायण शाह पछिको चर्चित राजा ज्ञानेन्द्र हुन्थे।सकेनन्, के लाग्यो? फेल भए, सात दललाई बुझाइदिए।आज धेरै राम्रो काम भएको छ भन्ने पनि मलाई लागेको छैन।त्यसैले मलाई पछुतो छैन।म के ढुक्क छु भने हिजो तानाशाही निर्णय हुन्थ्यो भने पनि त्यो नारायणहिटिमा हुन्थ्यो। आज केहि प्रजातान्त्रिक निर्णय भयो भने त्यो दिल्लीमा हुन्छ।यहाँ एउटा मन्त्री नियुक्ति र खारेज विदेशबाट हुन्छ।यो अहिले प्रजातन्त्र भएको छ।मलाई गौरव छ, विदेशीको चंगुलमा जानु भन्दा देश भित्रबाट समाधान खोज्ने काममै थिएँ।


राजा सित भेटघाट त भइराखेको होला नि ?


त्यस्तो बाक्लो त छैन तर कहिलेकाँहि मौकामा मात्र हो।तर त्यहाँबाट समाधान आउँदैन।निकास दिने या त सात दल हो या त दिल्ली।सात दल अहिले यहाँ निषेधको राजनीति गरिरहेका छन्।निषेधको राजनीति छोड्ने वित्तिकै यहाँ समस्याको समाधान हुन्छ।



संविधान सभाले गणतन्त्र घोषणा गर्‍यो भने राजा गद्दी छोडेर जालान् त ?



यदि स्वस्छ, निष्पक्ष्य निर्वाचन भयो भने र त्यहाँबाट आएका जनप्रतिनिधिले गणतन्त्र घोषणाको निर्णय गर्‍यो भने, सायद राजा त्यसको खिलाफमा जाँदैनन्।किनकी त्यो जनताको अभिमत हो।तर संविधान सभाले त्यस्तो निर्णय गर्छ भन्नेमा शंका छ।निष्पक्ष निर्वाचन हुने कुरामा शंका छ।


यदि अहिले एमालेले तपाईलाई पार्टीमा बोलायो भने तपाई जानुहुन्छ ?



जुनबेला म त्यहीँ थिएँ, बेइमानी गरेर मलाई निकाले।अराजनीतिक रुपमा निकाले।अब तिनै मान्छेले मलाई बोलाउलान् भनेर कल्पना गर्नु त महामुर्ख हुनु हो।सुन्निएकालाई मोटायो भन्नु बराबर हो।

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch