Wednesday, 08 September 2010 07:52 am
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Friendship Nepal Treks & Expedition P.Ltd.     Nasad Travels & Tours     Jusfa Travel & Tours P.Ltd.     Higher Limits Trek & Expedition     Zets Holidays P.Ltd.    
CatagoryINTERVIEW
Interview with Govinda Raj Joshi

SN - तपाईलाई त राजावादी भएछ भनेर आरोप लगाइन्छ नि ? वास्तवमा म लगायत हाम्रा धेरै साथिहरुको चिन्ता के छ भने वास्तवमा हामिले कहि गल्ति गर्‍यौ  कि भन्ने। वामपन्थि पार्टी र नेपाली काँग्रेस प्रतिस्पधी पार्टी हुन्। त्यसैले हामीहरु प्रतिस्पर्धामा एकता 
26;ोज्नु पर्छ। अहिले पार्टी माओवादी संग तातिएर मध्यमार्गि धार छोडेको हो कि भन्ने लागेको छ ।कस्तो भैराख्या छ भन्ने माओवादीले नचाहेपछि केहि नहुने।माओवादी र एमालेबाट काँग्रेस शुभचिन्तकहरु प्रताडित हुन्।यो अवस्थामा पहाड तिर माओवादीले काँग्रेसलाई लखेट्ने मधेशतिर हामिले माओवादीलाई बोकेर जाँदा हामीलाई तराईका जनताले लखेट्छन्।काँग्रेसको अस्तित्व संकटमा पर्‍यो  भन्दा काँग्रेस भित्रै केहि माओवादी संग नजिकका मान्छेहरुले हामीलाई त्यस्तो किसीमको आरोप लगाएका हुन्।काँग्रेसको गत महासमितीले जे निर्णय गर्‍यो।  त्यो निर्णय प्रति हामी प्रतिवद्ध छौं।जब स्वयं मैले नै राजाको पक्षमा कहि कतै बोलेको छैन भने अनुमान त गर्नु  भएन नि ! यो काँग्रेस भित्रै र वामपन्थिहरुले त्यहि पनि यिनीहरुलाई कमजोर पार्न सकिन्छ की भनेर लगाएको सुनियोजित आरोप हो।

SN - भनेपछि राजा राख्नु पर्छ भन्ने पक्षमा तपाईहरु हुनुहुन्छ ? पार्टी एउटा निर्णय गर्ने । म पार्टीको केन्द्रिय सदस्यले राजाको पक्षलिन मिल्छ ? कि त मैले पार्टी छोडनु पर्‍यो।म मात्र होइन हामी सबै साथिहरुको एउटै कुरा के हो भने पार्टीले जे निर्णय गरेको छ त्यसलाई अक्षरस पालना गर्नैपर्छ भन्ने हो।
सात दलले के भनेका थिए भने संविधानसभाको पहिले बैठकले राजाको बारेमा निर्णय गर्छ।हाम्रो अडान त्यसैमा हो।अहिले २३ बुँदे सम्झौता भयो। जनतालाई झुक्याउन संधीय लोकतान्त्रिक गणतंन्त्र लेखियो।तर संविधानमा के लेखियो भने संविधानसभालाई राजाले मोडेमा ५०५ सांसदले हटाउन सकिने भनेर लेखियो।नमाने के गर्ने ? यस्तो जाल झेलको कुरा हुँदैन।स्पष्ट कुरा गर्नु पर्‍यो नि। यस्तै जालझेलको कुरा गरेर सात दलले राजाको पक्षमा काम गरेका छन्। हामी त पार्टीको निर्णय प्रती प्रतिवद्ध छौं।

SN - तर सुटुक्क राजालाई भेट्न त जानु भएछ नि ? त्यो भन्दा पागलपन के होला । दिउँसोको समयमा ट्याक्सी चढेर गोविन्दराज जोसी पश्चिम गेटबाट दरबार छिर्‍यो संभव हुन्छ त्यो कसैले नदेख्ने गरेर - माओवादीको मुखपत्र भन्छन् त्यो पत्रिकालाई।त्यहि भएकोले माओवादीको अट्टाहाँस छटपटि भेटाउन त्यो लेख्या हो। मैले राजालाई भेटेको पनि छैन। भेट्न प्रयोजन पनि छैन। भेट्ने चाहना राखेको पनि छैन। माओवादीको क्रियाकलापको हामीले खुला रुपमा चुनौति दिएको हुदाँ त्यसलाई रोक्न सकिन्छ।यस्तो की भनेर एउटा षड्यन्त्र गरिएको हो।यस्तो षड्यन्त्रले हामीलाई फरक पार्ने वाला छैन।हाम्रो गतिविधि रोकिदैन ।

SN - पार्टीको नेताहरु, अझ शुसिल कोइराला समेतले राजाको पक्षमा बोल्नेहरुलाई कारबाही गरिन्छ भन्नुभएको छ नि ? सुशिल कोइरालाको त्यस्तो भनाई छैन।अरु केहि मान्छेहरु जो हिजो प्रतिगमन सच्चियो, गोर्खाली राजाले न्याय दिए भन्दै शाही मन्त्री हुन जानेहरुले हामीलाई राजावादी भन्न सुहाँउछ? त्यस्ताको कुरामा पछि लाग्नु हुँदैन।पार्टीको निर्णय भन्दा एक पनि बाहिर हामी जाँदैनौ।

SN - के.स को बैठक बन्छ, निर्णय गर्ने जिम्मा पार्टी सभापतिलाई दिन्छ।अनि सभापतिले गरेको निर्णयलाई तपाईहरुले कसरी चुनौति दिन मिल्छ ? होइन,हामीले पार्टी सभापतिलाई चुनौति दिएका छैनौ।कुन निर्णय गर्‍या छ र? SN - यो गणतन्त्र घोषणाको निर्णय त तपाईहरुले पार्टी सभापतिलाई जिम्मा दिएपछि जीपीले गर्नुभएको हो नि त ? महन्थ ठाकुर जीहरु पार्टी छाडेर गएपछि, पार्टीलाई तराईका सांसदहरुले के गर्नुपर्छ भनेर सल्लाह दिएको थियो। अन्त गर्नुस् , तराईमा संयुक्त सभा नगर्नुस् भनेर। प्रतिस्पर्धी पार्टी  एउटै मञ्चमा उभिनु हुँदैन। त्यसो भयो भने हामीले आफ्नो Identity गुमाउछौं। वी.पी को कुरा त जी.पी ले पनि मान्नु पर्‍यो नि। तराईबाट बढारिएको माओवादीलाई हामीले लगेर स्थापित गर्न खोज्नु पहाड तिर हामीलाई माओवादीले लखेट्ने यस्तो बेलामा त हामी गम्भिर हुनुपर्‍यो नि।

SN - भनेपछि माओवादी र काँग्रेस मिलेको तपाईलाई मन परेन ? मन परेन भन्दा पनि जे कुरा सहमति मा थियो केहि पनि पूरा गरेनन् के! माओवादीले विस्थापितहरुलाई घर फर्किन दिएका छैनन्।लुटिएको सम्पत्ति फिर्ता गरेका छैनन्। भनेपछि १२ बुँदे देखि २३ बुँदे सम्मका सहमति त लागू हुन पर्‍यो नि। र, म त जनताको मान्छे मलाई मन पर्ने नपर्ने कुरा छैन। तर जनता अहिले माओवादीसंग संन्तुष्ट छैनन्। YCL ले जति ज्याजदी गरे पनि सरकारले कारबाही गर्दैन। यो अवस्थामा काँग्रेसले आफ्नो अस्तित्व गुमाएर माआवादीको पुच्छर भएर हिड्नु हुँदैन।

SN - यो सरकारलाई इतिहासकै शक्तिशाली सरकार मानिन्छ। तर यो सरकार पनि समस्या समाधान गर्न नसक्ने हो भने कसले गर्छ त ? सिद्धान्ततः भन्नमा यो सरकार संसारकै सबैभन्दा शक्तिशाली सरकार हो तर वास्तवमा संसारमा यति कमजोर सरकार हुँदै हँदैन।अहिलेको जस्तो कमजोर संसदले केहि गर्नै सक्दैन।यो कम्यूनिष्ट Pattern मा चलेको छ। जस्तो स्ववियू चुनाव विश्वविद्यालयमा नेपाल सरकारको निर्देशन लाग्दैन।यो antonomons baby हो। तर सात पार्टीले चुनाव रोकिदियो।किनकि माओवादीले चुनाव चाहदैनन्।

SN - तर प्रधानमन्त्रीले त स्ववियूको पक्षमा अडान लिन सक्नुपर्‍थ्यो नि त ? त्यहि भएरै यो सरकार संसारकै सबैभन्दा कमजोर सरकार हो।त्यसैले त चुनाव पनि हुँदैन कहिल्यै पनि।चुनाव पनि गर्न सक्दैन।सरकारले त गराउन खोजेको हो नि चुनाव, माओवादीले चाहेन भएन।यहाँ कम्यूनिष्ट Paltern अनुसार देश चलेको छ।यहाँ सभामुखको चयन कसरी हुन्छ? सात सात पार्टीको निर्णयबाट निर्विरोध हुँदैन।त्यहाँ अरु लड्नै पाइदैन।प्रधानमन्त्री सात पार्टीले सहमतिमा बन्छ? संसदिय दलको नेता बन्नु पर्दैन अहिले त जापनिज गाडीमा इन्डियन इन्जिन हाल्या जस्तै भा'छ?  

SN - त्यो त आन्तरिम अवस्थालाई गरिएको व्यवस्था होला नि ? ठिक छ, आन्तरिम अवस्थालाई गरेको होला तर कहिले सम्म? आन्तरिम अवस्थालाई पार लगाउनुको सट्टा त्यसैलाई लम्व्याउनु त भएन नि ! अब त दुई वर्षहुन लाइसक्यो।

SN - अन्तरीम अवस्थालाई लम्ब्याउनु हुँदैन पनि भन्नुहुन्छ, फेरी काँग्रेस माओवादी मिल्नु हुँदैन पनि भन्नु हुन्छ।तर नमिल्दा खेरी त यस्तो संक्रमणकाल झनै लम्बिने संभावना हुँदैन र ? मेरो भनाई सात पार्टी एकतालाई तोड्ने भन्ने होइन।चुनाव त नगराउने भन्या होइन? तर किन भएन जे जे संझौता भयो नि २३ बुँदे सम्म हाम्रो आपत्ति छैन।स्ववियू चुनाव गराउनु हुन्न भनेर सात पार्टी सम्झौता छ? त्यो मान्नु भएन भन्या हो के।स्थानिय निकाय गठन गर्नुहुन्न भन्ने सहमतिमा छ? त्यो पनि हुन सकेन।त्यस्तै माओवादीको ज्याजदीलाई पुलिसले कारवाही नगर्ने भन्ने कुनै संझौतामा छु? त्यो भनेको सात पार्टीको सहमति नबनाउने भनेको होइन।जे सहमति भयो त्यसलाई अक्षरज त सरकारले त स्ट्याण्ड लिन सक्नु पर्‍यो नि।
ल ठिक छ, प्रधानमन्त्री त सात पार्टीको।अनि अरु मन्त्री सात दलको होइन।शिक्षामन्त्री, स्थानिय मन्त्री, सञ्चार मन्त्री सात दलको होइन? त्यहाँ चाँही एउटा पार्टीको जस्तो हेडक्वाटर बनाउन पाइन्छ।

SN - काँग्रेसको मन्त्रालयमा पनि त त्यस्तो होला नि ? अहँ पाइदैन।तर काँग्रेसको मन्त्रीको छ? काँग्रेसको मन्त्रालय कहाँ छ? मैले त एउटा पनि देख्या छैन।

SN - गृह, अर्थ मन्त्रालय त काँग्रेसकै हुन् नि, होइन र ? कुनै मन्त्रालय काँग्रेसको छैन।

SN - कसको हो त ती मन्त्रालयहरु ? अब मन्त्री को छ, मलाई थाहा छैन।तर मन्त्रालय माओवादीले चलाएका छन्।

SN - माओवादीको मत्रो आलोचना गर्नु भयो, माओवादीले गर्न खोजेको चाहीँ के होला ? सत्ता कब्जा गर्ने अस्थिरता उत्पन्न गर्ने संविधानमा एकातिर गणतन्त्र लेखे, अर्कोतिर राजतन्त्रलाई सुनिश्चित गरे।किनभने संविधान सभा चुनावलाई नविथोले राजा नहटाउने भनेपछि त राजतन्त्र सुनिश्चित पारे नि।यस्तो प्रकारको अनिश्चितता र अन्योल सृजना गर्ने निर्वाचन आयोगले आचार संहिता बनायो। उनिहरुले भित्ता भित्तामा वाल पेन्टिङ्ग गरे।किन गर्‍यो त्यो ? नबुझेर होइन। कम्यूनिष्टको सिद्धान्त के रहेछ भने सजिलो हुन्छ भन्ने।त्यहि सिद्धान्तको आधारमा अस्थिरता सृजना गरेर सत्ता कब्जा गर्ने रणनीति हो।त्यो स्वीकार्य छैन।

SN - सफल होलान् त ? संसारमा वामपन्थीहरु धेरै सपनामा हिँड्छन्।काल्पनिक, क्षणिक कुरा गर्छन्। त्यसैले यो पनि उनिहरु सपनाको संसार हो।




SN - माओवादीले राजतन्त्र सुनिश्चित गर्‍यो भन्नुहुन्छ तर मुलुक त पूरै गणतन्त्रमय भैसक्यो मानिन्छ नि ? कुरा के हो भने जनता गणतन्त्रको पक्षमा छन्।यसमा कुनै शंका छैन।तर प्रचण्डले रमेश पाण्डे र निरञ्जन थापालाई किन भेटे होलान् ? माओवादीका अन्य नेताले त्यसलाई किन सकारात्मक व्याख्या गरे होलान्।केहि कारण होला नि।त्यसकारणले यिनीहरुको प्रजातन्त्र प्रतिको प्रतिवद्धता छ भन्ने मलाई लाग्दैछ।कम्यूनिष्ट र काँग्रेसको बीचमा सहकार्य भनेको त धेरै असम्भव् रै छ के हाम्रो प्रयास काँग्रेसलाई बलियो बनाउने हो। मेलै कम्यूनिष्ट मन पर्दैन भन्न त पाउनु पर्‍यो नि।कम्यूनिष्टले गोविन्दराज मन पर्दैन न भन्न पाइयो नि। काँग्रेसले कुनै पनि कम्यूनिष्ट संग सहकार्य गर्नुहुँदैन ।
    हाम्रो मातृ संगठनहरुको Identity प्रायः समाप्त भएको छ।कहिले भनेर दौडिएका छन्।त्यसैले हाम्रो Identity loose गरेर हामीले राजनिति गर्न सक्दैनौ।प्रतिस्पर्धा गरेर जानुपर्छ।हाम्रै पार्टी भित्रको केहि मान्छेहरु छन्, जसले माओवादीलाई बोकेर हिडेंका छन्।उनिहरुलाई रेस्क्यू गर्न खोजेको हो।

SN - पार्टी भित्रको को मान्छे खोज्नु भा'को ? छन् नि, जो वार्ता बसेका छन् ।

SN - रामचन्द्र पौडेल हो ? व्यक्तिको पछि म जान्न। तर वार्तामा बस्ने हाम्रा साथीहरु माओवादिको  अगाडी ठाडो गरेर हेर्न सक्दैन प्रमाणित देखिएको छ नि।

SN - तपाईहरुको कुरा पार्टीमा सुनुवाई होला ? पार्टीभित्र हामीलाई व्यापक समर्थन छ।हाम्रो सुनुवाई हुन्छ।माओवादीबाट प्रताडित मधेशका जनता र काठमाडौंका राष्ट्रवादी सामन्त वर्गको हामीलाई व्यापक समर्थन छ।

SN - भनेपछि भित्र गणतन्त्रवादी र तपाईहरु बीच व्यापक तनाव छ है ? हाम्रो पार्टीमा दुई भाग छ।त्यसभित्र pro-left र Non- left को बीचमा वैचारीक भिन्नता छ। तर महासमितीको निर्णय सबैले मान्नुपर्छ।

SN - तर तपाईहरु संगठित भएको देख्दा त काँग्रेसमा फेरी विद्रोह हुने हो कि भन्ने शंका उठेको छ नि ? हुँदैन, त्यसमा निश्चित भए हुन्छ।विभाजित अवस्थामा पार्टीभित्रै बसेर पार्टीलाई  जस्ताको तस्तै बनाउने एक जना म पनि हो।माघ १९ पछि आन्दोलनको घोषणा र सञ्चालन मैले गरेको हो। म काँग्रेसमा लागेको ४५ वर्षभैसक्यो। हाम्रो आफ्नो स्वार्थको लागि पार्टीमा विभाजन ल्यायौ भने जनताले हामीलाई पटक्कै मान्दैनन्।

SN - तराईमा आत्मनिर्णयको अधिकार भाग भइराखेको छ , पूरा गरिदिए हुँदैन? आत्मनिर्णयको अधिकार उपनिवेशमा रहेका जनताले माग्ने हो। तराई त उपनिवेश होइन नि त।भागमा छलफल गरे हुन्छ।यो उपयोगी 'टर्न' होइन।

SN - चैत्रमा संविधान सभा चुनाव होला? सात दलले भनेपछि होला नि।

SN - तपाई र रामचन्द्र पौडेल बीच किन बोलचाल समेत नभएको ? दुई करोड नेपाली मध्य धेरै संग मेरो बोलचाल छैन।उहाँ र मेरो असाध्यै राम्रो सम्बन्ध छ।


Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch