Friday, 10 September 2010 01:40 pm
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
You & Me Friends Club Trekking & Expedition     Princeton Media     Orchid Tours & Travels Pvt.Ltd.     Bright Zone Tours & Travels P.Ltd.     Alliance Treks & Expedition P. Ltd.    
CatagoryINTERVIEW
Interview with Khusi Lal Mandal
चुनावको तयारी कस्तो चल्दै छ?

हामी त फुच्चे पार्टी के को तयारी हुनु? तीन ठूला दलले चुनाव हुन्छ भनेर जनतालाई आश्वस्त पार्नपर्‍यो।उनीहरुकै कारणले तीन पटक चुनाव सरेको हो।हालसम्मका सहमति कार्यान्वयन हुनु पर्‍यो।


भनेपछि चैत्रमा पनि चुना
व हुने संभावना छैन
?

त्यो त सात दललाई नै सोध्नुपर्छ।
तपाईलाई चाँही के लाग्छ, चुनाव हुन्छ या हुदैन?

जो काम भइराखेको छ, त्यसले जनतालाई आश्वस्त पार्न सकेको छैन।

तर तपाई त सात दल मध्यकै एउटा नेता, तपाईले नै चुनाव माथि शंका गर्दा जनतामा नकारात्मक संदेश जाँदैन र?

यो आशंका होइन, वास्तविकता हो। मैले भनें नि ! जेठ, असार र मंसीरमा किन चुनाव भएन? त्यसकारण जनताको भावना मैले बोलेको हुँ। हामीले यो कुरा सात दलमा पनि राखेका छौं।

तर सात दलका नेता त जनताले चुनाव चाहिरहेको बताउँछन् नि !

सधैं भनिराखेका छन् तर भइराखेको छैन ।

चुनावमा जान के अवरोध बाँकी छ र?

माओवादी भन्छन- मलाई यो माग पूरा हुनु पर्‍यो, एमाले भन्छ - माग ठीकै हो।अनि काँग्रेस भन्छ- यो हुँदैन, त्यो हुँदैन।२३ बुँदे सम्झौता भयो तर अहिले पनि त्यसको कार्यान्वयन भएको छैन। मधेसमा आन्दोलनरत् समुहसँग वार्ता हुन सकेको छैन।पहाडमा समानान्तर सरकार चलिराखेको छ।सम्पति फिर्ता भएको छैन। जनता आतंकित छन्।
मधेश, मधेश, मधेश मात्र भन्छन् तर अस्ति के भयो रुकुममा? शेरबहादुरको कार्याक्रममा? ठाउँ ठाउँमा अवरोध भैराख्या छ। के यो चुनाव हुने संकेत हो? दुई वटा सरकार हुँदाहुँदै दुनियाँमा कहीं चुनाव भएको छ? यहाँ त स्पष्ट दुईवटा सरकार छ।

भनेपछि चुनाव गर्न त मधेश भन्दा पहाड पो समस्या रैछ, होइन त ?

त्यो भन्दा बढी। तीन तीन प्रहरी चौकी एकै पटक लुटियो। किन सुरक्षा दिन सकेन सरकारले? कसरी हुन्छ चुनाव? तपाईं भन्नुस न।

तर सुरक्षाको जिम्मेवारी त तपाईको पनि होइन र?
हाम्रो त फुच्चे पार्टी हामी के ग्यारेण्टी लिन सक्छौं? फेरी हामीलाई नै फुटाउने षड्यत्र भइराखेको छ। तपाईलाई थाहै होला, अनुशासनहीन काम गरेकोले पार्टी श्याम सुन्दर गुप्तालाई निलम्वन गर्‍यो। तर त्यो मान्छेलाई अहिले पनि सरकारमा सहभागी गराइराखेको छ। ठाउँठाउको आमसभामा ल्याईराखेको छ। सात दलको संयन्त्रमा सामेल गराईराख्या छ।
सात दल भनेको हाम्रो सम्पत्ति हो। हामी आन्दोलनको सहभागी हौँ। तर हाम्रो साथमा जुन व्यवहार भैराखेको छ, जनतासँग कस्तो व्यवहार होला तपाईं आफैं कल्पना गर्नुहोस् न।

गुप्ताजीले त्यस्तो के काम गर्नुभयो र अनुशासनहीन  हुनुभयो?

किनभने उहाँ मन्त्री भएपछि पार्टीलाई आफ्नो नियन्त्रणमा लिन खोज्नुभयो। राजेन्द्र महतोहरु हिंडेपछि पार्टी केन्द्रिय कार्यसमितिको पुनर्गठ्न गर्नुपर्‍यो। तर उसले -गुप्ताले त एउटा लिस्ट नै थमाइदियो र भन्यो - मलाई वरिष्ठ उपाध्यक्ष बनाऊ। अनि मेरो अनुकुलको कार्यसमिति बनाऊ। तर अध्यक्षले मान्नु भएन। वरिष्ठ उपाध्यक्ष पनि दिने, उसकै मान्छेलाई कार्य समितिमा पनि ल्याइदिने। यो हुन सक्दैन।

तर उसले त अध्यक्षको अधिकार नै छैन भन्यो। महासचिवको हैसियतले बल्खु गयो, प्रचण्डकहाँ गयो, सात दलका मिटिङ्गमा पनि गयो। उसले अध्यक्षलाई चुनौती दिने? अरु उसले गरेका नियुक्तिबाट पनि पार्टीको बदनामी हुन थाल्यो। अनि अध्यक्षले उसलाई चेतावनी दिनुभयो। नमानेपछि पार्टी निलम्बित भयो।



तर कुरा त व्यक्ति भन्दा पनि प्रवृतिको भयो नि, एउटा व्याक्ति सरकारमा जाने वित्तिकै अर्कोले हस्तक्षेप गर्न खोजिहाल्ने?

हेर्नुस्, हाम्रो अध्यक्ष राजनीतिमा खारिएको आईमाई हुनुहुन्न। पार्टी लुट्ने बेलामा उहाँलाई प्रतिकको रुपमा अध्यक्ष मानेको हो। तर अवस्था के भयो भने मन्त्री भएपछि पार्टीकै नियन्त्रणमा लिन खोज्नाले त्यसको शिकार पार्टी भएको छ।

मान्छेहरु त अब मन्त्री हुने पालो खुशीलाल मण्डलको हो भनेर कुरा गर्छन नि अचेल?

अब हेनुस्, म राजनीतिमा लागेको ७० वर्ष भइसक्यो। मैले गर्ने राजनीति आस्थाको हो। पद र पैसाको होइन। सरकारमा जानु हाम्रो लागि प्रतिकुल भइसकेको छ। तर हाम्रो पार्टीको बैठकले जे निर्णय गर्छ, म त्यसलाई मान्छु। मन्त्री हुन चाहेको भए पहिल्यै हुन सक्थें।

सात दलले श्याम सुन्दरलाई किन च्याँपिराखेको होला त ?

सायद मधेशवादी पार्टीलाई फुटाउन पो हो की?
मधेश आन्दोलन कस्तो लाग्या छ ?

सात दलले हाम्रो एजेण्डा नमान्दा यस्तो भएको हो। उनीहरुलाई माओवादीलाई झैं वार्तामा ल्याएर समस्या समाधान गर्नुपर्छ।

मधेश यस्तै रहँदा संविधान सभा चुनावको संभावना कत्तिको छ?

चुनाव त सुरक्षाकर्मी लगाएर पनि गर्न सकिन्छ। तर त्यसपछि हुने भयावह परिणामको जिम्मेवारी कसले लिन्छ?  

प्रधानमन्त्रीले त चुनावमा आए माग पूरा गरिदिन्छु भन्नुभएको छ नि?

उहाँले भावनामा आएर उधारो आश्वासन दिनुभयो। चुनावपछि चाँही माग पुरा गर्न सक्ने तर अगाडि नै किन गर्न नसक्ने?  
 

तपाईहरु त तर्राईमा नै आधार भएको मान्छे , तपाईंले पहल गरेपनि हुने नि, वार्ताको लागि ।

हामीले बाराम्बार प्रयास गर्‍यौ। जब त्यहाँ केही भिडन्त भयो जनतान्त्रिक र माओवादीबीच अनि भन्न थालियो यी दरबारिया हुन् , विदेशी एजेण्ट हुन्, भगौडा हुन् आदी। सरकार माथि दबाब यति भयो कि, हुँदा हुँदा उनीहरुसँग सरकारले वार्ता पनि गर्न सकेन। त्यतिबेला त जनतान्त्रिक मात्र त थियो, ज्वाला पनि आएको थिएन, फोरम पनि थिएन, लोकतान्त्रिक पार्टी पनि थिएन। तर सरकारले त्यतिबेला वार्ता गरेन, समस्या त्यहिंबाट आएको हो।

गोइत र ज्वालासिंहसँग तपाईंको भेट भइराखेको होला नि?

के आधारमा किन गर्ने भेट?  हामी त आधिकारिक व्यक्ति होइनौं नि। यो काम त सरकारको हो। सरकार सक्दैन भने हामीलाई आधिकारिकता दिनु पर्‍यो वार्ताको लागि, सम्पर्क लागि। व्यक्तिगत कुरा गरेर के फाईदा। म भनौंला हतियार छोडेर वार्तामा आउनुस्, तर सरकारले मानेन भने के गर्ने?

अब त यति ढिला भैसकेको छ कि सायद यो प्रकृयामा जाँदा संविधानसभा नै स्थगित गर्नुपर्ने हुनसक्छ। एकदिनमा त परिणाम आउँदैन नि वार्ता भएपनि। मधेश जलाउने काँग्रेस, एमाले र माओवादी हुन्।

सबैले गृहमन्त्रीको आलोचना गर्छन् तर प्रधानमन्त्रीले गृहमन्त्रीलाई किन हटाउन नसक्नु भएको होला?  

त्यहाँ प्रधानमन्त्री पनि लाचार हुनुहुन्छ। अर्को कुनै शक्तिको पनि दबाब छ।
 अर्को कुन शक्ति हो?  

कस्तो शक्ति भनेर तपाईंहरु खोज्नुस्। खोजी पत्रकारीता गर्नुहोस्। आज काँग्रेसको स्थीति बिग्रनुमा गृहमन्त्रीको पनि जिम्मेवारी छ।

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch