Wednesday, 08 September 2010 08:27 am
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Nepal International Travel & Tours Pvt. Ltd     Princeton Media     Moon Sun travel & Tours (P) Ltd.     Trekking Club Expedition     Holiday Mountain Treks & Expedition P. Ltd.    
CatagoryINTERVIEW
Interview with Deepak Bista

नेपाली खेलकुद इतिहासमा अहिलेसम्मकै उत्कृष्ट खेलाडी बन्न पुगे । नेपाली तेक्वान्दोका खम्बा मानिने युवा खेलाडी दीपक विष्ट हालै भियतनाममा सम्पन्न ओलम्पिक छनौट अर्न्तगत ८० के.जी भन्दा मुनिको तौल समुहमा कास्य पदक प्राप्त गरि यही आउँदो २००८ को बेइजि
ङ ओलम्पिकमा नेपालको तर्फबाट ओलम्पिकको ढोका खोल्न सफल भएका छन्।उहाँको यस सफलताले खबरले नेपाली खेलकुद क्षेत्रमा थप उत्साह सिर्जना गरेको छ।सम्पूर्ण नेपालीबाट दीपकको यस सफलताको लागि हार्दिक बधाई एवं अब हुने ओलम्पिकमा सफलताको लागि अग्रिम शुभकामना।यही खुशियालीको क्रममा उहाँसंग SpotNepal.com ले गरेको छोटो कुराकानी ।


१ ओलम्पिक खेलमा छनौट हुनु भएको छ कस्तो महशुस भईरहेको छ ?

म एकदमै खुशी छु।बयान नै गर्न सक्दिन।जुन लक्ष्य बोकेको थिएँ पुरा भएको छ।देशले आशा गरे बमोजिम सफलता दिन सके यहाँ भन्दा खुशी त मेरो लागि के नै हुनसक्छ र ?


२ यहाँसम्म आईपुग्नुको पछाडी सफलताको श्रेय कसलाई दिन चाहानुहुन्छ ?

र्सवप्रथम त मलाई यहाँसम्म आईपुग्न सहयोग,माया र हौसला प्रदान गरिदिनुहुने मेरो समस्त नेपाली शुभचिन्तकहरु,मेरा आदणिय गुर्रुवर्गहरु विशेष तेक्वान्दोका चिफ कोच श्री दीपराज गुरुङ,मेरो घुँडाको उपचारको लागि सहयोग गर्नुहुने श्रदेय डाक्टर साहेबहरु र नेपालका सबै मिडियाहरु पर्दछन्।त्यसैले श्रेय भनेर एउटालाई मात्र छैन प्रत्यक्ष अप्रत्यक्ष सबै हुनुहुन्छ सबै प्रति म कृतज्ञता छु ।


३ खेल जीवनमा लाग्ने प्रेरणा कसरी पाउनुभयो ?

मेरो परिवार खेलकुद क्षेत्र भन्दा बाहिर हुनुहुन्थ्यो।मेरो पर्ढाई राम्रो भएकोले उहाँहरुले मलाई इन्जिनियर बनाउन चाहानुहुन्थ्यो।तर म

सानै देखि खेल क्षेत्रप्रति विशेष रुचि राख्ने व्यक्ति थिए।समयको अन्तरालसंगै एकचोटी धनगढीमा अंकलको स्कुलमा पढाउन थाले।त्यही समयमा मेरो गुरु एवं मेरो अंकलको अति मिल्ने साथी श्री गोविन्द विष्ट र मेरो साथी केशब भट्ट(त्यतीबेला तेक्वान्दोका नेशनल खेलाडी) ले मेरो खेललाई देखेर प्रशंसा एवं हौसला दिनुहुन्थ्यो विशेष उहाँहरु नै हुनुहुन्छ मेरो प्रेरणाको स्रोत ।


४ खेलकुद क्षेत्रको विवादास्पद अबस्थामा पनि तपाई ओलम्पिकमा छनोट हुनुभएको छ।यस्तो अबस्थामा नेपाल तेक्वान्दो संघ तथा राखेपबाट कस्तो सहयोग पाउनुभएको छ ?

पक्कै कसैको सहयोगविना मेरो एकल प्रयासले यहाँसम्म आएको होइन।राखेप,नेपाल तेक्वान्दो संघ र ओलम्पिक परिषद्ले ओलम्पिककै लक्ष्य बनाएर हामीहरुलाई कोरिया पठाएको हो।मेरो लागि सहयोग छैन भन्दिन तर हाम्रो देशमा मेडलिष्ट खेलाडीहरुलाई मात्र काखी च्याप्ने काम भएको छ।यदि खेलकुद क्षेत्रको विकास गर्ने हो भने राज्यले सबै खेलाडीहरुलाई वास्ता गर्नुपर्छ ।


५ भियतनाममा पदक जित्नुभन्दा अगाडी र पछाडी तपाईलाई कस्तो अनुभब भएको थियो ?

हामी खेल शुरुवात हुनभन्दा तिन दिन अगाडी अर्थात् मंसिर १० गते नै त्यहाँ पुगेका थियौँ।म तिनदिनसम्म सुत्न सकेको थिइन किनकी सन् १९९८ मा बैँककमा आयोजना भएको तेह्रौँ एशियाडमा पदकको एकमात्र दाबेदारको रुपमा चिनिएको थिएँ तर पदक विहिन हुन पुगेँ तर मेरा सहपाठीहरुले भने पदक जित्नु भएको थियो । त्यतिबेला नै मैले अन्तराष्ट्रिय प्रतियोगितामा देशको नाम उच्च राख्ने प्रण गरेको थिँए।यस्तै यसपाली पनि नेपालीहरुबाट दीपकले पदक ल्याँउछ भन्ने आशा थियो । जब मेरा अगाडीका साथीहरुले खेलमा हार्नु थाल्नु भयो त्यसपछि ममा झन् खेलको प्रेसर बढेर आयो।हुन त यसपटक ममा अलिकति आशा थियो ओलम्पिक छनोट खेल्ने क्रममा पहिलो खेलमा नै वाई पाएका थिए।यो पाउनु भनेको एउटा फाइट जित्नु सरह हो।जब खेल्ने दिन अर्थात् मंसिर १३ गते आयो मेरो समुहमा चार पल्टसम्म विश्व च्याम्पियन एथेन्स ओलम्पिकको स्वर्ण पदक विजेता र पछिल्ला एशियन गेमको स्वर्ण पदक विजेता इरानको हादी संग भिड्नु पर्ने थियो । उहाँसंग ४-२ को स्कोरमा सेमिफाइनलमा पराजित भए । फेरि तेश्रो स्थानको लागि सिरियाली खेलाडीसंग प्रतिस्पर्धा थियो।उहाँलाई ४-३ ले हराउदै आगामी ओलम्पिकको लागि छनौट भएँ।जब जिते ममा खुशीको सिमा भएन ।



६ अहिले ओलम्पिकको लागि कतिको अभ्यास गरिराख्नु भएको छ ?


भियतनाममा खेल्ने क्रममा देब्रे घुँडामा असर परेकोले केही दिन आराम गरिरहेको छु।मलाई आशा छ म पुरा राम्रो हुनेछु।राम्रो हुनु पनि पर्छ।मेरो काँधमा ठूलो जिम्मेवारी आएको छ।त्यसलाई पुरा गर्नुपर्छ ।




७ प्रतिस्पर्धाको क्रममा विभिन्न देशमा गईसक्नु भएको छ, त्यहाँका देशका खेलाडीहरुको जीवनस्तर र यहाँका खेलाडीको जीवनस्तरमा कतिको भिन्नता पाउनु भएको छ ?


हुन त मैले हाम्रो देशको परिस्थिती पनि बुझेको छु । देश गरिब छ । त्यही माथि जुनसुकै क्षेत्रमा पनि राजनितिक चलखेल छ, म एउटा देशको नागरिक भएको नाताले भनिरहेको छु खेलकुद क्षेत्र पनि त्यसबाट टाढा छैन।जीबनस्तर कै कुरा गर्ने हो भने धेरै भिन्नता छ दाज्न पनि मिल्दैन म सरहको खेलाडीलाई खान, बस्न देखि लिएर खेलसंग सम्बन्धीत सम्पूर्ण क्रियाकलाप राज्यले नै व्यबस्था गर्दछ।तर दु खको कुरा हाम्रो देशमा मेडलिष्ट खेलाडीलाई मात्र सम्मान र सहायता गर्ने चलन छ । अरुलाई बेवास्ता गरिन्छ यो चाही देशको साह्रै नराम्रो पक्ष हो।आखिर खेलाडी नै हो उसले पनि मेहनत गरेको छ, पसिना चुहाएको छ।उहाँहरुलाई किन बेवास्ता गरिन्छ ? त्यसैले म भन्छु, राज्यले खेलकुद क्षेत्रलाई प्राथमिकताको विषयबस्तुभित्र राख्नु पर्दछ।आम राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीहरुलाई भविश्यको आधार खडा गरिदिनु पर्छ ।


८ किशोर बहादुर सिंह सदस्य सचिब हुुदा तपाईलाई राखेपको सदस्य प्रशिक्षकबाट हटाइएको थियो । अहिले पुन अधिकृत स्तरको स्थायी जागिर दिइएको छ, के भन्न चाहानुहुन्छ ?


हरेकको मनस्थिति बुझ्न सकिदैन, उहाँपनि स्पोर्टस पृष्ठभुमीको व्यक्ति हुनुहुन्थ्यो।मैले उहाँलाई धेरै अनुरोध गरेँ।म आफ्नै पैसाले घुँडाको उपचारको लागि अमेरिका गएको थिए।त्यतीबेला एकछिन चाही धेरै दुख र निरासा लागेको थियो पछि आफूले आफूलाई नै नियन्त्रण गरे।जागिरलाई ठुलो महत्व दिईन।म मिडियालाई धेरै धन्यवाद दिन्छु किनकी उहाँहरुले मेरो बारेमा अगाडी पेजमा न्युज छापि दिन भएको थियो।अहिले आएर अधिकृत स्तरको स्थायी नोकरी मलाई प्रदान गरिएको छ।खुशीकै कुरा हो।अहिलेको सदस्य सचिब साच्चै नै खेलकुद क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति हुनुहुन्छ।केही नभए पनि खेलकुद क्षेत्रमा भिजन ल्याउनु भएको छ ।




९ ओलम्पिकको लागि कस्तो सपना बोक्नु भएको छ ?

खेल हो हार र जित त अबश्य हुन्छ नै।मैले मेडलकै लागि चाही भविष्यवाणी गर्न सक्दिन।तर नेपालीले मेरो तर्फाट जे आशा गर्नुभएको छ त्यो आशालाई साकार पार्न सक्दो प्रयास गर्नेछु ।




१० अन्तमा, अन्तराष्ट्रिय खेलाडी भएको नाताले भावी नयाँपिडीहरुलाई लाई के सन्देश दिन चाहानुहुन्छ ?

र्सवप्रथम,मलाई यहाँसम्म आईपुग्न सहयोग,माया,उत्साह र आशिवाद दिनुभएका आमनेपाली शुभचिन्तकहरुलाई धेरै धन्यवाद एवं आभार व्यक्त गर्न चाहान्छु।आउदो ओलम्पिकमा केही पदक बोकेर आउने बनाईदिनुहोस् यसको लागि अझ यहाँहरुको निरन्तर माया र उत्साहको खाँचो छ।नयाँ पिडीलाई के भन्न चाहान्छु भने मेहनत गर्नुस्।मेहनत र परिश्रमको फल ढिलै भए पनि अबश्य पाइन्छ यसको लागि धैय, अनुशासन र खेलप्रति लगाबको आबश्यकता छ।देशमा जन्म लिईसके पछि केही न केही गर्नुपर्छ र गर्न सक्छु भन्ने भावना बोकेर हिड्नुस् अबश्य नै त्यो पुरा हुनेछ ।





Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch