Friday, 10 September 2010 12:44 pm
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Alliance Treks & Expedition P. Ltd.     Freedom Travels & Tours (P) Ltd.     Tashi Delek Nepal treks & Expedition P. Ltd.     Pace Travel & Tours P. Ltd.     Chaksibari Marg,Thamel,Kathmandu    
CatagoryINTERVIEW
Interview with Nar Hari Acharya

गणतन्त्रलाई सुनिश्चित गर्ने हो भने नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्छ : नेपाली कांग्रेसका नेता नरहरि आचार्य


१. नेपाली कांग्रेसमा तपाई शुरुदेखि नै गणतन्त्रको वकालत गर्ने व्यक्ति हुनुहुन्छ, नेपाली कांग्रेसले अहिले केन्द्रिय कार्यसमित&

#2367;बाट संघिय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गर्दा कस्तो अनुभव भईरहेको छ ?

लामो समय देखि कांग्रेस भित्र चलिरहेको अभियानले उपलब्धी हासिल गरेको सन्तोषपूर्ण ढंगमा लिएको छु।यसले मुलुकमा उठिरहेका विचार र आकांक्षाहरुलाई सम्बोधन गर्न, व्यबस्थापन गर्न कांग्रेसलाई मात्रै सजिलो हुने होइनकी समस्त मुलुकको लागि राजनितिक दिशा प्राप्त गर्नेछ भन्ने लागेको छ ।

२. पुरानो संवैधानिक राजतन्त्रको अडान राख्ने कांग्रेस पार्टी मा तपाईले गणतन्त्रको कुरा उठाउदा पार्टी भित्रबाट कतिको विरोधको सामना गर्नुपर्यो ?

कुनै पनि नयाँ विचारहरु प्रारम्भ गर्दा खेरि त्यसले विभिन्न द्धन्द अनि चुनौतीहरुको सामना गर्नुपर्छ, त्यो ममा पनि हुनु स्वभाविक नै थियो । तैपनि जब नेपाली कांग्रेसको ११ औ महाधिबेशनले संवैधानिक राजसंस्थाको आफ्नो पुरानो नितिलाई परित्याग गर्यो त्यसले गणतन्त्रको अभियानलाई कांग्रेस भित्र जबरजर्स्र्ती रुपले अगाडी बढाउन मद्धत गर्यो ।

३. हाल आएर नेपाली कांग्रेसले किन ऐतिहासिक निर्णय गर्यो ?

यसमा दुईवटा कारण छन्, एउटा त जनआन्दोलन ०६३ को भावनालाई आत्मसाथ गर्ने परिस्थिति मुलुक भित्र बन्दै थियो । नेपाली कांग्रेस भित्र पनि त्यो विशेष रुपले देखियो।दोश्रो कुरा कांग्रेसभित्र गणतन्त्र सम्बन्धी विचार पहिले देखि प्रवल रुपमा नभएको होइन त्यो मुखरित हुन नपाएको र पार्टीबाट अभिव्यक्त हुन नपाएको मात्रै हो तर एघाँरौ महाधिबेशनले राजसंस्थालाई परित्याग गरिसकेपछि गणतन्त्रको अभियान तिब्रताका साथ अगाडी बढ्यो।जनआन्दोलन ०६३ ले पार्टीभित्र एउटा अभियानकै रुप लियो । यसको अलवा समय र परिस्थितिहरुले पनि पार्टीलाई यो निर्णयमा पुग्न सहयोग गरयो ।


४. तपाईहरुको गणतन्त्र र अन्य वामपन्थिहरुले उठाउने गणतन्त्रको मोडालिटीमा के भिन्नता छ ?

अन्य बामपन्थिहरुले अहिले सम्म गणतन्त्रको आफ्नो आफ्नो स्वरुप सार्वजनिक गर्नुभएको छैन तर नेपालमा सबभन्दा सुखद समाचार के छ भने सबैले लोकतान्त्रिक मुल्य सहितकै गणतन्त्र कुरा गरेको हुनाले नेपाली कांग्रेसले भनेको संघिय लोकतान्त्रिक गणतन्त्र र बामपन्थि दलहरुले भनेको गणतन्त्रमा खासै भिन्नता छैन । आधारभुत कुराहरुमा केही मात्रामा फरक भएपनि जनतामा साझा प्रतिबद्धताका साथ जाने बेला हो यो।गणतन्त्रको मुद्धालाई सबै दलहरुको वीचमा साझा प्रतिवद्ध बनाउनु पर्दछ।कम्युनिष्ट पार्टी विशेष गरेर नेकपा माओवादी र नेकपा एमालेले जनवादी गणतन्त्र परित्याग गरिसकेको हुनाले गणतन्त्रको स्वरुपको बारेमा पार्टीबीच खासै मतान्तरण हुन्छ जस्तो मलाई

लाग्दैन ।


५. राजासंगको सहकार्यलाई राष्ट्रिय मेलमिलापको सिद्धान्तकोरुपमा परिभाषित गर्ने वी पी कोइरालालाई ने.काले गणतन्त्रको निर्णय गर्दा त्यस्को प्रभाव कस्तो देखिएला ?

त्यो एउटा विपी कोईरालाको एकाङगी पहिचान मात्र हो।उहाँले त्यती मात्र भन्नुभएको छैन।गणतन्त्र भएन भने त्यो समाज आधुनिक हुन सक्दैन भनेर पनि भन्नु भएको छ।त्यसैले राष्ट्रिय एकता र मेलमिलाप शास्वत कुरा हो तर त्यो राजासंग मिल्ने मात्रै प्रसंग हो भने चाहि समयको परिधीभित्र बाधिएको व्याख्या मात्र हो।अहिलेको राष्ट्रिय एकता र मेलमिलाप भनेको राजासंग मिल्ने होइन नेपालमा भएका कम्युनिष्ट पार्टीको लोकतन्त्रीकरण गदै उनीहरुलाई समेत संगै लिएर मुलुकलाई संघिय गणतन्त्रात्मक राज्य संरचनामा लाने र बहुदलिय लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्नु हो ।


६. कांग्रेस भित्रै पनि केही नेताहरुमा राजा नभए राष्ट्रियता नै नहुने भनिरहेका छन् नी ?

यो फुटकर विचार हो जुन विभिन्न ढंगले आउछन् जान्छन् तर पार्टीको दृष्टिकोण होइन ।


७. कांग्रेसले अन्य दलहरुको दबाबमा संघिय लोकतान्त्रिक गणतन्त्र निर्णय गरेको त होइन ?

मैले अघि नै भनिसके कांग्रेसले निर्णय गर्नुको मुल कारण भनेको जनआन्दोलनको भावनालाई आत्मसाथ गरेर अगाडी बढ्नु कांग्रेस भित्रको मानसिकता हो।अर्को कांग्रेसभित्र तिब्र रुपले गणतन्त्रको बारेमा उठेको आन्तरिक दबाब हो । त्यसैले बाहिरको दबाब भन्दा पनि हामी भित्रैको दबाबले निर्णयमा पुगेका हौ ।


८. माओवादीले संविधानसभा अगाडी गणतन्त्रको घोषणा र पूर्ण समानुपातिक चुनाब प्रणाली स्वीकार नगरिए अन्तरिम सरकार छोडेर आन्दोलन गर्ने बताएका छन्। कतै माओवादीहरु संविधानसभाको चुनावबाट भाग्न खोजेको त होइन ?

संविधानसभाको चुनाबबाट नेकपा माओवादी भाग्छन् भन्ने मलाई लाग्दैन।उनीहरुले आफ्ना शैलीबाट आफ्ना कुराहरु राख्न खोजिरहेको छन्। राजनितिक संवाद जरुरी छ, यथाशिघ्र आठ पार्टीको राजनितिक संवादनै अहिलेको आबश्यकता हो ।


९. तपाईले नेकपा माओवादी संविधानसभाको चुनावमा पूर्णरुपमा प्रतिबद्ध भएको पाउनुभएको छ ?

माओवादीसंग पनि संविधानसभा बाहेक अन्य उपयुक्त विकल्प छैन ।


१०. माओवादीले अघि सारेको २२ बुँदे माग कतिको जायज छ ?

२२ बुँदे मागलाई उहाँहरुले आफ्नो अडान मान्नुभएको छ तर संविधानसभाका लागि र्सत होइनन् त्यसैले यसैले संविधानसभा विथोल्लिन्छ जस्तो लाग्दैन ।


११. गणतन्त्रको नेतृत्व लिन होडबाजी गरिरहेको बामपन्थीलाई पछाडी पारेर नेपाली कांग्रेसले गणतन्त्रको नेतृत्व लिन सक्छ कि सक्दैन ?

नेपालमा गणतन्त्रलाई सुनिश्चित गर्ने हो भने नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्छ । यो केवल हाम्रो मात्र दावी होइन, नेपाली कम्युनिष्ट पार्टीको पनि आन्तरिक विश्लेषण हो ।


१२.अबको राजनितिक ध्रुविकरणले कस्तो स्वरुप लिन्छ होला ?

अहिले राजनितिक ध्रुविकरणको कुनै संभावना नै छैन।आठ पार्टीको गठबन्धन छ।विचारहरुमा केही भिन्नता होला त्यसले ठुलो राजनितिक ध्रुविकरणको परिस्थिति सिर्जना गर्छ जस्तो मलाई लाग्दैन ।


१३. संविधानसभाको चुनाब नजिकिदै छ, तर शान्ति सुरक्षाको स्थिती चाही दिन प्रतिदिन खस्कदै छ यस्तो अबस्थामा संविधानसभाको चुनाब कसरी हुनसक्छ ?

संविधानसभाको चुनाव गर्दा सबै कुराले साथ दिएको बेलामा गर्ने भन्ने हुदैन। अप्ठ्यारो कठिनाईको विचमा नै गर्ने हो, त्यो सामना गर्नु सरकारको दायित्व हो सरकारले गर्नैपर्छ।अर्को कुरा अहिले जति पनि असन्तुष्टि पक्षहरु छन्।तिनीहरुसंग अलग अलग कुरा गर्नुभन्दा सामुहिक संवाद गर्नु जरुरी छ ।


१४. संविधानसभा पछिको नेपालको भविष्य कस्तो देख्नुभएको छ ?

नेपालको भविष्य निश्चित रुपमा चुनौतीपूर्णको साथसाथै उज्जवल पनि छ ।



by: Bimala Shrestha

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch