Friday, 10 September 2010 01:33 pm
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Utmost Adventure Trekking Pvt . Ltd     Baba Travels & Tours P.Ltd.     Manang Tours and Travels (P) Ltd.     Green Globe Travels & Tour Pvt. Lt.d     Chaksibari Marg,Thamel,Kathmandu    
CatagoryINTERVIEW
Interview with Padam Giri

पदम गिरी, सभापति, पिएन क्याम्पस


पर्वत जिल्लाको दुर्लुङ गाविस वडा नं. २ मा २०३३ सालमा जन्मनुभएका पदम गिरी सानो उमेरदेखि नै राजनीतिमा लाग्नुभएको हो। २०४६ सालमा अनेरास्ववियुको सदस्यता लिई पर्वतका विभिन्न कमिटीमा क्रियाशील रही २०५० देखि २ð

6;५४ सम्म गाउँ  कमिटीको सचिव, २०५५ मा प्ररायुसंघ पवर्तको सचिव जिम्मेवारी पूरा गरी पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनमा सदस्य, दुई पटकसम्म उपसभापति भई काम सम्पादन गर्नुभयो। हाल उहाँ स्ववियु पृथ्वीनारायण क्याम्पसका सभापति हुनुहुन्छ । मृदुभाषी एवं इमान्दार पदम गिरी विद्यार्थी समुदायका बीच अत्यन्तै लोकप्रिय हुनुहुन्छ। उहाँले पढाइमा समाजशास्त्रीबाट स्नातकोत्तर तह समेत हासिल गरी हाल एलएलबीमा अध्ययनरत हुनुहुन्छ। उहाँसँगको संक्षिप्त कुराकानी :


SN: तपाईं कसरी विद्यार्थी राजनीतिमा आउनुभयो? - २०४६ सालमा जनआन्दोलन चलिरहेको थियो । त्यसको प्रभाव एकातर्फथियो भने अर्को तर्फ त्यतिबेला अनेरास्ववियु पाँचौंका नेताहरू विद्यालयमा संगठन निर्माणका लागि जाँदा अन्तरक्रिया भयो । सामाजिक न्याय र परिवर्तनका निम्ति अनेरास्ववियुको भूमिकाबाट प्रभावित भएँ र अनेरास्ववियुमा लागेँ।


SN:: तपाईंले हालसम्म संगठनमा कुनकुन जिम्मेवारी पूरा गर्नुभयो ?

 

- म २०४६ देखि ५० सम्म म आफैंले अध्ययन गरेको विद्यालय काफलचौर मावि पर्वतको प्राक अध्यक्ष, इलाका अध्यक्ष र जिक पर्वतको सदस्य भएँ  । २०५० देखि ०५४ सम्म कम्युनिस्टहरूको निम्ति प्रतिकूल ठाउँ  मानिएको दुर्लुङ गाविसको गाउँ  कमिटी सचिव भएर व्यापक संगठन विस्तार गर्‍यौं । २०५४/५५ मा प्ररायुसंघ पर्वतमा सचिव भएँ  । पार्टी वभाजन भएकाले पृथ्वीनारायण क्याम्पसमा संगठन कमजोर थियो । अतः तत्कालीन विद्यार्थी नेता भक्त गुरुङ, प्रकाश न्यौपाने, राजीव पहारी, सोभियत ढकाल र एमाले जिल्ला सचिव सोमनाथ प्यासीको अनुरोधमा पर्वतबाट पोखरा ल्याइयो र ०५५ सालमा अनेरास्ववियु प्राक पृथ्वीनारायण क्याम्पसको सचिव भएँ  साथै स्ववियु सदस्य पनि भएँ  । २०५६ सालमा अनेरास्ववियु प्राक पृथ्वीनारायण क्याम्पसको अध्यक्ष भएँ  । २०५७ सालमा स्ववियु उपसभापति, २०६० सालमा पुनः उपसभापतिको जिम्मा संगठनले दियो र हाल स्ववियु सभापतिको जिम्मेवारी सम्हालिरहेको छु ।


SN: विद्यार्थीका बीच कतिको लोकप्रिय हुनुहुन्छ? - मुख्य कुरो त संगठन विद्यार्थीका बीच लोकप्रिय छ कि छैन भन्ने नै हो, व्यीक्त त मात्र निमित्त हुन आउँछ । तथापि म चार पटकसम्म स्ववियु निर्वाचनमा लडें र चारैपटक 'म्यान अफ द इलेक्सन' पनि भइरहेको छु । तर्सथ व्यक्तिगत रुपमा पनि विद्यार्थीबीच प्रिय छु भन्न सक्दछु ।


SN: तर अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा त पराजित हुनुभयो नि? - हो, मैले प्राक अध्यक्षको जिम्मेवारी पूरा गरेपछि संगठनले क्याम्पस बाहिरका संगठनको जिम्मेवारी दिएन, गण्डकी अञ्चलका कार्यकर्ता साथीहरूबीच संगठनको काम गर्न नपाउँ दा र क्याम्पसका काममा मात्र केन्द्रीत बन्नुपर्ने भएकाले पनि झिनो मतले पराजित भएकै हुँ। यसमा मेरो दोष छैन ।


SN:  देशकै र्सवाधिक ठूलो क्याम्पसको सभापति हुनुहुन्छ तर संगठनमा किन जिम्मेवारी नभएको यसले मनोवैज्ञानिक समस्या त पार्दैन? - पार्छ र पारिरहेको छ । सँगसँगै अभ्यस्त पनि भएको छु । त्यो संगठनले बुझ्ने कुरा हो । व्यक्तिसँग नाफा घाटा होइन, संगठनलाई फाइदा पुग्छ कि पुग्दैन, संगठनले सोध्ने कुरा हो ।


SN:  तपाईं सभापति भएपछि स्ववियुलाई कसरी संचालन गर्नुभएको छ? - मेरो टिम स्ववियुमा निर्वाचित भएपछि निर्वाचनमा घोषणापत्रमा उल्लेख गरिएका कुराहरूलाई अक्षरस पूरा गर्न लागिपरेका छौं। जस्तो रु. ५ लाखको लागतमा ढलान बाटोको निर्माण गर्‍यौं, लाइब्ररीमा रु. १० लाखका पुस्तक थप गर्‍यौं । पर्ढाईंलाई गुणस्तरीय र प्रभावकारी बनाउन विभागीय प्रमुख, क्याम्पस प्रशासनसँग नियमित बैठक र अनुगमनको व्यवस्था मिलाएका छौं । उच्च शिक्षाको चुनौती र सामाधान विषयक राष्ट्रियस्तरको गोष्ठी सम्पन्न गरेका छौं । र अन्य विगतका जस्तै नियमित कामका साथै मास्टर डिग्रीमा  तीनवटा नयाँ  विषय थप गरिसकेका छौं भने बीए मा आर.डी/ बिएडमा पपुलेशन विषय थप गराउने काम स्ववियुबाट भएको छ । यसै शैक्षिक सत्रदेखि एमएससी फिजिक्स संचालन गर्न स्ववियुले श्रोतको व्यवस्थापनमा लागिरहेको छ ।


SN: क्याम्पस परिसरमा हरित उद्यान पनि निर्माण गर्दै हुनुहुन्छ रे नि?

 

- हो, ठीक भन्नुभयो । स्ववियु पृथ्वीनारायण क्याम्पसले आर्जन गरेको प्रतिष्ठा कै कारण युएनडीपीले पहिलोपटक नेपालमा क्याम्पस मध्येबाट पृथ्वीनारायण क्याम्पस स्ववियुसँग सहकार्य गरी क्याम्पस परिसरमा हरित उद्यान निर्माण गर्न लागेको छ । करिब ३५ लाखमा स्ववियुले उक्त ग्रीन स्पेश पार्क निर्माण गर्दैछ । जसले पोखरामा नयाँ आकर्षाण थप्ने कुरामा म विश्वस्त छु ।


SN:  माघ १९ मा शाही कु भएपछि तपाईं लगायत साथीहरूलार्य पनि यातना दिइयो भनिन्छ नि हो?

 

- हो । शाही घोषणा भयो । सुचना संयन्त्र काटिएको थियो । हामीहरूले उक्त प्रतिगामी घोषणाको विरोध गर्‍यौं र जुलुस प्रर्दशन पनि गर्‍यौँ । आर्मीको हेलिकप्टरबाट गस्ती र गोली भयो । जसले केही साथीहरू घाइते हुनुभयो । मैले विद्यार्थी साथीहरूको अवस्था बुझ्दै थिएँ  र कसरी उपचार र अन्य व्यवस्था गर्ने भनेर लागिरहेको बेला राती १० बजे शाही सेनाले घेरा हाल्यो, आँखामा पट्टी बाँध्यो, निर्ममतापूर्वक कुट्दै बंकरमा राख्यो । मानसिक रुपमा मृत्युतूल्य थियौं । यहाँ  अहिले व्यक्त गर्न सकिंदैन तर पनि संगठन कमजोर हुन दिएनौं । प्रतिगामी षड्यन्त्रको विरुद्ध अरु एकताबद्ध भएर लड्यो ।


SN:  तपाईंलाई संगठनले कुनै जिम्मेवारी नदिएकोमा पोखराका विद्यार्थीहरू असन्तुष्ट हुनुहुन्छ रे नि? - सवाल मेरो होइन, मूल्य मान्यताको हो । न्यूनतम मूल्य मान्यतालाई आत्मसात गर्न नसक्दा इनोसेन्ट कार्यकर्तामा नैराश्यता पैदा हुनसक्छ । नेतृत्व सजक छ भन्ने लाग्दछ ।


SN:  तपाईं विद्यार्थी नेताको हैसियतले त्रिवि पदाधिकारीविहीन हुनुलाई कसरी हेर्नु भएको छ? - हो, हामी नयाँ  नेपालको निर्माण गर्ने कुरा गरेका छौं । तर मुलुकको समग्र विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रप्रति सरकारको उदासिनता कायमै छ । त्रिविमा पदाधिकारीको अभावमा शैक्षिक एवं प्रशासनिक काममा बाधा उत्पन्न भएको छ । विश्वविद्यालय स्वस्थ र प्रभावकारी ढंगबाट अगाडि बढ्न सकेको छैन । अर्कोतर्फसमयानुकूल पाठ्यक्रमको विकास गरी शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउनतिर कुनै चासो देखिंदैन । यी यावत समस्या समाधानका निम्ति पनि तुरुन्त पदाधिकारी नियुक्ति गरी विश्वविद्यालयलाई गतिशील बनाउनुपर्छ ।


SN: हालसालै मात्र अनेरास्ववियुको सचिवालयको बैठक बसी रिक्त पदहरू पूर्ति गर्ने काम पनि सम्पन्न भइसकेको छ, संगठनले जिम्मेवारविहीन महत्वपूर्ण क्याम्पसका स्ववियु सभापतिहरूलाई जिम्मेवारी पनि दिएको छ । तर तपाईंलाई दिएन नि? यसमा तपाईं के भन्न चाहनुहुन्छ ? - यस प्रश्नको उत्तर मसँग भन्दा पनि संगठनका जिम्मेवार नेताहरूलाई नै सोध्दा राम्रो होला । तर मैले यति भन्न सक्छु कि यो म प्रति भन्दा पनि मुलुककै सबैभन्दा ठूलो क्याम्पस र संगठन निर्माणको निम्ति यस क्याम्पसले खेलेको अहिलेसम्मको भूमिकाप्रति नै संगठनले बेवास्ता गरेको भन्ने बुझिन्छ । यो अपमान मेरो भन्दा पनि PN क्याम्पसका सोह्र हजार विद्यार्थीको हो । र उनीहरूले संगठनको निमित्त बगाएको रगत र पसिनाको हो भन्ने जो कोहीले पनि सजिलै बुझ्न सक्छ ।


SN: तपाईंले संगठित गरेका साथीहरू नै अहिले अनेरास्ववियुको केन्द्रीय कमिटी तथा सचिवालयसम्म पनि भइसकेका छन् भन्ने सुनिन्छ, तर तपाईं अझै पनि यस संगठनको कुनै जिम्मेवारीमा हुनुहुन्न, तपाईंले कस्तो लागिरहेको छ त?

 

- राजनीति भनेको एक वसन्तको निम्ति मात्र गर्ने कुरा होइन । यसको यात्रा अविरल छ र अनन्त! म त भन्छु राजनीति मृत्यु परन्त पनि गरिन्छ । त्यसैले म यतिखेर जननेता मदन भण्डारीलाई सम्झन चाहन्छु कि 'राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । त्यसैले म थोकेको पनि छैन, आत्तिएको पनि छैन र मात्तिएको पनि छैन । जीवनभर राजनीति गर्छु भनेर  लागेपछि यस्ता उतारचढावहरू भइनैरहन्छन् । यसलाई सामान्य रुपमा लिनुपर्छ । आफूले संगठित गरेका साथीहरू, कार्यकर्ताहरू नेता बन्दै जाँदा गर्बले छाती फुलेर आउँछ । मैले गतिलो मान्छेलाई संगठित गरेछु भन्ने आफूलाई अनुभूति हुन्छ ।



by: Bimala Shrestha

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch