Friday, 10 September 2010 01:31 pm
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Krishna Gandaki Travels & Tours Pvt.Ltd.     Panda Treks and Expedition P.Ltd.     Full Moon Cargo     Sangaalo Enterprises     Mountain Delights Trks & Expedition P.Ltd.    
CatagoryINTERVIEW
Interview with Krishna Prasad Sitaula
१ गृहमन्त्रि ज्यू मंसिर ६ मा संविधानसभा चुनाब हुन्छ ?
शतप्रतिशत रुपमा मंसिर ६ मा संविधासभाको चुनाव हुन्छ।चुनावलाई कसैले रोक्न सक्दैन संविधानसभाको चुनाव नेपाली जनताको राष्ट्रिय एजेन्डा हो। संविधानसभाको चुनाब हुन नचाहनेहरु अनेक षडयन्त्र गरे
325;ा छन्, त्यसलाई हामी कर्डाईका साथ नियन्त्रण गरेर अगाडी बढ्नु पर्दछ । संविधानसभा निर्वाचनका लागि सबैले मिलेर राजनैतिक अभियान चलाउनु पर्दछ ।

२ निर्वाचनका लागि सरकारले कस्तो तयारी गरिराखेको छ ?
नेपाल प्रहरी र सशस्त्र प्रहरीबललाई समग्र रुपमा जिम्मेवारीहरु दिनेछौ, उनीहरुलाई साधन सम्पन्न गरेर परिचालन गर्नैछौ ।


३ शान्ति सुरक्षा को स्थिति दिनप्रतिदिन कमजोर हुदै जानुका कारण के हुनसक्छन् ?
मलाई लाग्छ लोकतन्त्र बहाली हुनुभन्दा अगाडी देशमा जुन भयाबह अबस्था थियो, अहिले छैन । सरकार आईसकेपछि विभिन्न बर्ग क्षेत्रका मानिसहरुले आ आफ्ना मागहरु राखेर अगाडी बढि राखेका छन्।यि मागहरुलाई विश्लेषण गर्दा कसैको राजनितिक माग छन् कसैको आपराधिक वा अन्य क्रियाकलापहरु, यि आदि समस्याहरुलाई अहिलेको सरकारले वार्ताको माध्यमबाट शान्तिपूर्ण तबरले समाधान गर्न प्रयासरत छ ।

४ तर्राईको समस्याले कतै चुनाब भाँडिदैन ?
एउटा कुरा हामीले पटक्कै गर्नुहुदैन । यस्तो भएन त्यस्तो भएन संविधानसभाको चुनाब हुदैन भनेर भन्नु नै हुदैन त्यसले नकारात्मक सन्देश पैदा गर्दछ । यसले राजावादी दरबारवादीलाई मात्र फाइदा पुग्छ।चुनावलाई कुनै समस्याले पनि प्रभाव पादैन।सरकार मधेसको समस्या लाई छिट्टै हल गर्न लागी परेका छौ ।राष्ट्र नै संविधानसभाको चुनावमा होमिएको छ। आठ दलको साझा प्रतिबद्धता छ, नेपाली जनताको चाहना छ, सरकार को गम्भीर जिम्मेवारी छ। मेरो आग्रह के छ भने संविधानसभाको निर्वाचन अपरिहार्य आबश्यकता हो, यो आबश्यकतालाई पुरा गराउनको लागि सबै दलहरु मिलेर गएपछि कसरी सम्भब हुदैन ? संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दागदै दलहरुले के सोच राख्नु पर्दछ भने संविधानसभा निर्वाचन पछि गठन हुने संविधानसभामा पनि मिलेर काम गर्नुपर्दछ भनेर ।

५ वार्ताको लागि भनेर शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलको संयोजकत्वमा वार्ता टोली बनाउनु भएको छ त्यो टोलीले अहिलेसम्म के काम गरिराखेको छ ?
साह्रै महत्वपूर्ण प्रश्न गर्नुभयो । सरकारले तयार गरेको वार्ता टोली वार्ताद्धारा समस्या समाधान गर्न अग्रसर छ । अहिले हाल जनअधिकार फोरम तथा विभिन्न वर्ग र समुहसंग वार्ता भईराखेको छ, निष्कर्षा आईसकेको छैन । जबसम्म वार्ताटोलीले निष्कर्षा पुगेर सरकारसंग आफ्नो सुझाब पेश गदैन तबसम्म हामीले वार्ता निरन्तर छ भनेर बुझ्नु पर्दछ ।

६ तपाईंले मधेसीहरुलाई वार्ताको लागि पन्ध्र दिने अल्टिमेटम दिनुभएको हो ?
म संवाद र सहमतिको पक्षधर हु । मैले त्यतिबेला पनि वार्ताकै लागि आग्रह गरेको हु। मेरो आसय संविधानसभाको चुनाव सम्पन्न गराउनलाई मधेसको समस्या छिटो समाधान हुनुपर्छ भन्ने हो, त्यसैले मैले वार्तामा छिटो बसौं र समाधान तुरुन्त खोजौं भनेको हु।

७ उनीहरुले त वार्तामा नआउने प्रतिरोध गछौ भनेर बक्तव्य नै जारी गरिराखेका छन् त ?
म अहिले पनि के अपेक्षा र आग्रह गर्छु भने बार्ता बाहेक कुनै पनि विकल्प ति समुहहरुलाई छैन।यदि कुनै वर्ग, समुह, राजनितिक दल एवं ठाँउ विशेषले देश जनता र जनताको अधिकार लोकतन्त्र प्रति समर्पित भएर कुनै विषय उठान गरेको छ र ति समहुहरु जनताप्रति समर्पित छन् भने वार्ता विना असम्भब छ ।

८ वार्तामा ल्याउनको लागि सरकारले कस्तो पहल गरिराखेको छ ?
यो भन्दा पहिला पनि महन्त ठाकुर जी को संयोजकत्वमा वार्ता कमिटी बनेको थियो त्यस कमिटीले औपचारिक रुपमा पत्र पठाएर वार्ताको लागि विशेष पहल गरेको हो । अहिले रामचन्द्र जीको संयोजकत्वमा वार्ता टोली छ उहाँहरुले निर्वाचनका लागि केही न केही पहल गरिरख्नुभएको छ । गृहमन्त्रीको हैसियतले सरकार वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहान्छ भनेर जुन कुरा भन्दै छु यो नै एउटा विशेष पहल हो भनेर सबैले बुझ्नु पर्दछ।वार्तामा आउनु ति समुहहरुका लागि पनि जनताका लागि पनि लाभदायक छ ।

९ उनीहरुले वार्ताको लागि सरकारले आधिकारिक ढंगले पत्र पठाएको छैन भनेका छन् नि ?
पत्र पठाउन ठुलो विषय होइन, सरकारले पत्र पठाउन सक्छ तर वार्ताको मुल लक्ष्य के हो त्यो बुझ्नु पर्दछ । वार्ताको मुल लक्ष्य भनेको संविधानसभाको निर्वाचन हो । संविधानसभाको निर्वाचनको लागि शान्तिपूर्ण वाताबरण तयार पार्नु नै वार्ताको मुल लक्ष्य हो ।

१० तपाईंको आलोचना किन भइरहेको छ ?
मैले लोकतन्त्रको स्थायित्व, दीगो शान्ति र सम्मुनत नेपालको निर्माणको लागि कोहीसग पनि सम्झौता गरेको छैन। मुलुकमा दिगो शान्ति कायम गर्न र लोकतन्त्रलाई कसैले कहिल्यै पनि खोस्न नसक्ने स्थितिमा पुर्याउनलाई सम्माननीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनलाई हरदम मानिरहेको छु र जीवनभर मानिरहनेछु।कसैले मेरो आलोचना गर्छ भने त्यसलाई म मुद्दा बनाएर हिंड्दै हिंड्दिन। लोकतन्त्रमा कसैले कसैको आलोचना गर्नु स्वाभाविक हो, म त्यसबाट विचलित पनि हुन्न। प्रधानमन्त्री कोइरालाको जुन दृढ संकल्प छ, संविधानसभाको मंसिर ६ मा सम्पन्न गराउने त्यसलाई सफल बनाउन म कुनै कसर बाकी राख्दिन।

११ नेपाली कांग्रेस भित्रका साथीहरुबाट तपाई आलोचित हुनुको मुख्य कारण के हो ?
समग्र पार्टीको मुल्याङन गर्ने हो भने मलाई अत्यन्त ठुलो र्समर्थन छ । कांग्रेस पार्टीबाट म आलोचित भएको छैन, भित्रका केही साथीहरुबाट आलोचित भएको हौँला ।

१२ कांग्रेस एकीकरणचाहिं कहिले होला ?
कांग्रेस एककिरण अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री तथा पार्टी सभापति गिरिजाप्रसाद कोइराला र प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवाकाबीचमा बुधबार साझ महत्वपूर्ण कुराकानी भएको छ। दुवै कांग्रेसका शुभेच्छुक, समर्थक, सहयोगी र नेताकार्यकर्ताहरुको एउटै चाहना छ दुई कांग्रेस एक भएर संविधानसभाको निर्वाचनमा सहभागी भएको हेर्न चाहने। त्यो केही दिनभित्रै पूरा हुदैछ, सबै कुरा मिलिसकेको छ एकताको घोषणा हुनमात्र बाकी छ। नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसको एकता समयको आवश्यकता हो।

by: Bimala Shrestha

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch