Friday, 10 September 2010 01:17 pm
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Langtang Ri Trekking & Expedition P. Ltd.     All Nepal Trekking P.Ltd.     Pace Travel & Tours P. Ltd.     Shreshu Travels & Tours(P) Ltd.     Mountain Club Tours and Travel (P) Ltd.    
CatagoryINTERVIEW
डा. रामशरण महत
डा. रामशरण महत (अर्थ मन्त्री)


डा. रामशरण महत नेपाली कांग्रेस संस्थापन पक्षमा केन्द्रीय सदस्य हुनुहुन्छ । नुवाकोटमा जन्मनु भएका महत बिद्यार्थी जीवन देखि नै नेविसंघमा सक्रिय रुपमा लागि पर्ुन भएको हो । हाल अन्तरिम सरकारको अर्थ मन्त्री रहनु भएका मह
340;ले नेपाली कांग्रेसका तर्फबाटै तीन पटक सम्म अर्थमन्त्रालयको जिम्मेवारी सम्हाली सक्नु भएको छ । मन्त्री महतले गत हप्ता आर्थिक वर्ष२०६३/६४ को बजेट अन्तरिम व्यबस्थापिका समक्ष प्रस्तुत गरिसक्नु भएको छ । उहाँसंग गरेको छोटो कुराकानी :


१ कत्तिको व्यस्त हुनुहुन्छ ?

मेरो व्यस्तताको कुरै नगर्नुहोस, अहिले धेरै व्यस्त छु, मेरो परिवारले पनि मलाई भेट्ने फुर्सद पाएका छैनन् । बजेट त आयो अब विनियोजन शिर्षक तर्फ केन्द्रित छु ।

२ विभिन्न दलका नेताहरुबाट यसपालीको बजेट बढि महत्वकांक्षी र ठुलो भएको भनाई छ नी ?

बदलिँदो समय र परिस्थिति अनुसार यसपालीको बजेट चालु आर्थिक बर्षभन्दा २८ प्रतिशतले मात्र ठुलो छ । यो स्वभाविक पनि हो । तर यसलाई महत्वकांक्षी भन्न मिल्दैन । सरकारमा सहभागी सबै दलसंगको छलफल सहमतीमा आएको बजेट हो । तर्राईमा समेत शान्तिको वातावरण कायम भएमा ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सजिलै प्राप्त गर्न सकिन्छ। विकास बजेटको ९० प्रतिशत चालु आयोजनामा खर्च हुन्छ कसरी महत्वकांक्षी भयो ?

३ माओवादी सांसद्हरुले दरबारलाई चोर बाटोमा बजेट दिएको आरोप लगाएका छन् तपाई के भन्नु हुन्छ ?

इतिहासमा पहिलोचोटी राजा र दरबारको नामनिसाना बजेटबाट हटाइएको छ । अन्तरिम संविधानको एउटा कुनामा राजालाई जुन हैसियतले राखिएको छ, त्यही हैसियतमा अरु नै शिर्षकमा पैसा छुट्टयाइएको छ । दरबारको नाम उल्लेख नगरियोस् भन्ने केही साथीहरुको आग्रह अनुरुप यसो गरिएको हो । राजालाई मरेको बाघको संज्ञा दिदै मरेको बाघलाई धेरै कोर्रर्ाा लगाउन म चाहान्न । कैदीलाई पनि सिदा दिइन्छ । जगेडामा राखेको वा निलम्बनमा परेको कर्मचारीलाई पनि तलब दिइन्छ । त्यही रुपमा राजदरबारलाई पनि रकम छुट्टयाइएको हो ।

४ बजेटका प्राथमिकताका विषय बस्तुहरू के-के हुन ?

जेटको फोकस अहिले देखिएका आर्थिक समस्यालाई कतिसम्म समाधान गर्न सकिन्छ, त्यो पहिला प्राथमिकतामा पर्दछ । आन्दोलनरत पक्षको शान्तिपूर्ण अवतरण होस, लोकतन्त्र सुदृढ र बलियो होस् भन्ने तर्फ हामी प्रयत्नशील छौं । शान्ति र दिगो विकास प्रजातन्त्र र आर्थिक विकासको नारा नै बजेटको मूल मुद्दा हो ।

५ अहिले सम्मका बजेट पूर्णरुपमा कार्यान्वयनमा आएका छैनन्, यसपालीको बजेट पनि परम्परागत ढाँचाको छ कसरी नयाँ मोडालिटीमा कार्यान्वयन हुनसक्छ ?

हो, विगतका वर्षा बजेटहरूको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन।तर, देशमा लोकतन्त्र आएपछि आर्थिक वर्ष २०६३/६४ को बजेट कार्यान्वयनमा आयो । अहिले ५० प्रतिशत विकास खर्च बृद्धि भएको छ शिक्षामा बढि लगानी गरिएको र चालू विकास योजना पुरा गर्नूपर्ने भएकाले बजेट परम्परागत जस्तो देखिएको हो । महिला सशक्तिकरण तथा समाबेशी भावनालाई उच्च प्राथमिकता दिइएको छ कार्यक्रमलाई पारदर्शी बनाउन विनियोजित रकम सोझै प्रधानमन्त्री कोषमा राखिएको छ । जसको अनुगमन विश्व बैंक र नेपाल सरकारले गर्छ ।

६ दातृ राष्ट्रले संविधान सभाको चुनाव पछिमात्र सहयोग गर्छु भनेका छन् कसरी खर्च थान्ने त ?
हेर्नुस्, हामीले के कुरा बुभ\न जरुरी छ भने, हामी संधै विदेशीको भरमा मात्र बाँचेका छैनौं।आफ्नै देशमा उपलब्घ स्रोत र साधनको सही सदुपयोग हुन सक्यो भने हामीलाई कसैको भर पर्नु पर्दैन दातृ निकायको सहयोग पछिको कुरा हो । त्यो हाम्रो बजेटको केही अंश हो ।


७ वाईसिएलका गतिविधिले बजेट कार्यान्वयन प्रभावित हुन्छ कि ?
त्यो त अवश्य नै हुन्छ । वाईसीएलका कार्यकर्ताहरूले चन्दा, अपहरण, धम्की जस्ता अवान्छित कृयाकलापलाई निरन्तरता दिइराखे उद्योग व्यवसायहरू नराम्ररी प्रभावित बन्न पुग्दछन् । उठ्नु पर्ने राजश्व पनि उठ्न सक्दैन । त्यसैले माओवादी साथीहरूलाई आप\mना कार्यकर्ताहरूलाई नियन्त्रणमा राख्न आग्रह गर्दछु । सरकारमा सामेल भइसकेको अवस्थामा यसो गर्नु उहाँहरूको कर्तव्य पनि हो ।

८ बजेट वृद्धिको आधार के हो त ?
बजेट वृद्धिको आधार, खाद्य बस्तुमा केही प्रतिशत मूल्य बढेको छ।दातृ संस्थाको आर्थिक सहयोग उपलब्ध स्रोत साधनलाई लिएका छौं । सकेसम्म विदेशी ऋण कम गर्ने पक्षमा छौं ।

९ राजाको बारेमा तपाइको धारणा के छ ?
राजाको बारेमा मेरो भन्दा नि मेरो पार्टीको धारणाको महत्व हुन्छ । तै पनि राजा अहिले निस्कृय छन् । आफ्नो निवासमा उनी कैदी सरहको जीवन व्यतित गरिरहेका छन् । आफ्नो गलत कार्यको पश्चाताप गरेर जिउनु र अन्यत्र बर्साई र्सर्नु बाहेको राजाको कुनै विकल्प छैन । त्यसैले राजाको बारेमा टिका टिप्पणी गरेर समय फाल्नु कुनै आवश्यक छैन ।

१० तपाईहरूको पार्टी त राजाको बारेमा स्पष्ट धारणा तय गरेको छैन नि ?
सबै भन्दा महत्वपूर्ण कुरा त हाम्रो नेपाली कांग्रेसले आफ्नै विधानबाट संबैधानिक राजतन्त्र भन्ने शब्द हर्टाईसकेको छ । अर्को कुरा राजाको बारेमा नेपाली कांग्रेसले केही समय भित्रै स्पष्ट धारणा ल्याउने तयारी गरिरहेको छ । स्पष्ट कुरा के हो भने, अब कांग्रेसले कुनै पनि किसिमको राजतन्त्र बोक्न सक्दैन । जनताको चाहना नै कांग्रेसको मूल मन्त्र हो ।

११ कांग्रेसको तर्फबाट सरकारमा सामेल मन्त्रीहले उल्लेखनीय काम गर्न नसकेको आरोप कांग्रेस केन्द्रीय सदस्यहरूले नै ल्याएका छन् होइन र ?
हो, अहिले सरकारमा सामेत मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको भनेर आप\mनै पार्टी सदस्यहरूले केन्द्रीय नेतृत्वको आलोचना गरेका छन् । तर, उहाँहरूले के बुभ\न जरुरी छ भने सरकारको कांग्रेसको एकलौटी होइन।त्यसमा आठ दल सामेल छन्। एउटाले तयार गरेको नीति अर्कोलाई मन पर्दैन सहमति जुटाउँदैमा समय गैसकेको हुन्छ, कार्यान्वयन गर्ने त समयनै हुँदैन।एकअर्काको आरोप प्रत्यारोपमा मात्र अहिलेको अमूल्य समय खेर गैरहेको छ । यस कुरालाई साथीहरूले बुभ\न जरुरी छ ।

१२ अन्तरिम सरकार भए पनि अरु दलबाट कांग्रेसले सरकारलाई कांग्रेसीकरण गरेको आरोप छ नि ?
यो मिठ्या आरोप हो । कांग्रेस माथि सम्पूर्ण दोष थुपारेर आफूहरू पानी माथिको ओभानो बन्नु खोज्ने नियोजित षड्यन्त्र हो यो । यही कांग्रेसको एकलौती अधिकार हुँदो हो त विभिन्न निकायमा रिक्त रहेका पद सबै पदपुर्ति भइसक्थ्यो । विभिन्न मन्त्रालयहरूमा सचिवको पदरिक्त छ, कुटनीतिक नियोगको पदपुर्ति हुन सकेको छैन । जसको अभावमा कतिपय कामकाजहरू अवरुद्ध हुन पुगेका छन् । आफूहरू विभिन्न र्सत तेर्शाएर समस्या खडा गर्ने अनि सबै दोष कांग्रेस माथि थोपरेर आफू पन्छिन खोज्ने, यो त राम्रो बानी होइन ।

१३ कांग्रेस एकीकरणको प्रकृया कहा“ सम्म पुग्यो ?
काँग्रेस एकीकरणको प्रकृया तीव्र रुपमा अगाडि बढेको छ । दुबै कांग्रेस नेताहरू एकीकरण प्रति गम्भीर भएर लागि पर्नु भएको छ । अब छिट्टै कांग्रेस एकीकरण हुन्छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा एकीकरणको प्रकृया संघारमा पुगिसकेको छ ।

१४ प्रजातान्त्रिक कांग्रेसले संस्थापन पक्षलाई एकीकरणको लागि ठोस पहल नगरेको आरोप लगाएका छन नि ?
यो आरोप निराधार छ । कांग्रेसका सभापति स्वयं नै एकीकरणमा लागि पर्नु भएको छ । कोइराला कांग्रेसको सभापति मात्र नभएर अन्तरिम सरकारको प्रधानमन्त्री पनि भएकाले एकीकरणको लागि मात्र समय दिन भ्याउनु हुन्न । यो उहाँको बाध्यता पनि हो । तर उहाँले अरु केन्द्रीय नेताहरूलाई एकीकरणको प्रकृया मिलाउन निर्देशन दिनु भएको छ र अरु साथीहरूले सभापतिको निर्देशनलाई गम्भीरता पूर्वक पालना गरिरहनु भएको छ । यसमा शंका गर्ने ठाउँ नै छैन ।

१५अन्तमा ?
ठूलो मेहनत गरेर हामीले बजेटको ल्याएका छौं । यसलाई कार्यन्वयन गराउन सहयोग गर्नु सबैको कर्तव्य हो ।

by: Bimala Shrestha

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch