Wednesday, 08 September 2010 07:57 am
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Nepal Air Business Travel & Tours (P) Ltd.     Moon Sun travel & Tours (P) Ltd.     Atithi Tours P. Ltd.     R.N. Travels & Tours Pvt. Ltd.     Panda Treks and Expedition P.Ltd.    
CatagoryINTERVIEW
दिलिप प्रजापती
अहिलेको समयमा वाईसीएल (योङ कम्युनिष्ट लिग) चर्चाको शिखरमा छ । राज्य विगत लामो समय देखि भ्रष्टचारी, अपराधी र तस्करीहरुलाई नियन्त्रण गर्न निस्कृय  रहेको अबस्थामा वाईसीएलले रक्तचन्दन पक्राउ देखि लिएर आर्थिक अनियमितताको अभियोग लागेका  फरार चर्चित
सीताराम प्रर्साईलाई समातेर प्रहरीलाई बुझाउनेसम्मका काममा सक्रिय देखिएको छ । वाईसीएलका यिनै गतिविधीका बारेमा लिगका महासचिब दिलिप प्रजापतीसंग गरेको छोटो कुराकानी ।
१. वाईसीएलले गर्दै आएका काम निकै चर्चामा आएको छ तर कतिपय मानिसहरुले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पनि वाईसीएलको छत्रछाँया भित्र राखेको आरोप सुनिएको छ नि ?
         यतिबेला वाईसीएलको काम कारबाही देखेर यो देशलाई पक्कडमा लिन खोज्ने सामन्तवादी, अधिनायकवादी र यथास्थितिवादी तत्वहरु असाध्यै आतंकित बनेका छन्।वाईसीएलले गरेका राम्रा कामहरुलाई बदनाम गर्न यिनीहरु आफ्ना गुण्डाबलहरु तयार पारेर योजनाबद्ध तरिकाले अगाडी बढि रहेका छन् । यो अबस्थामा हाम्रो संगठनले  नेपालका  समग्र बेरोजगार युवाहरुलाई समेटेर अगाडी बढ्ने सवालमा विकृती र विसंगतीमा लागिराखेका युवाहरुलाई सच्याउदै नयाँ नेपाल निर्माणमा लगाउने कोशिस गरिराखेका छौ, हामी यो देशको सरकारलाई के भन्छौ भने यो देशका समग्र युवाहरुलाई  समेटेर नयाँ नेपालको निर्माणमा लगाउने काम कस्को हो ? पहिलो नम्बरमा सरकारको काम हो जुन काम उनीहरुले गरिराखेका छैनन् ।  हामी एउटा जिम्मेवार पार्टीको संगठन भएको नाताले आपराधिक क्रियाकलापमा लागेका युवाहरुलाई सच्याउने कोशिस गरिरहेका छौ जुन हाम्रो कर्तव्य हो जस्तो लाग्छ ।

२.  वाईसीएलले गदै आएको घटनालाई कसरी व्याख्या गर्नुहुन्छ ?
            हामीले कतै पनि जर्बरजस्ती गरेका छैनौं । काम गर्ने सवालमा कतिपय ठाँउहरुमा सानातिना कमीकमजोरीहरु भएका छन् । तिनीहरुलाई सच्याउन तयार छौ । काम गर्ने मानिसले नै गल्ती गर्छ जसले काम नै गदैन उसले कसरी गल्ती गर्छ ? भगवानले गल्ती गदैन भन्छन् भगवाननै छैन त उसले कसरी गल्ती गर्छ । कैलालीमा सिडियोलाई कुटपिट गरेको घटना,  पिके क्याम्पसको घटना, लिवाङको घटनामा वाईसीएलको कुनै पनि कार्यकर्ताहरु संलग्न छैनन् बरु स्थितीलाई नियन्त्रणमा लिन हाम्रा कार्याकर्ताहरुले सहयोग गरेका हुन् ।

३. वाईसीएल नसच्चिएसम्म संविधानसभाको चुनाव हुन नसक्ने विभिन्न दलका नेताहरुले  भनिरहेका छन् । के तपाईहरुको कारणले राजनितिक गतिरोध उत्पन्न भएको हो त ?
         हामीहरु एउटा जिम्मेवार पार्टीको  संगठन भएको नाताले यो देशको अपराध नियन्त्रण, भ्रष्टचार नियन्त्रण, आमनेपाली जनताहरुलाई देशको अबस्थाको बारेमा जानकारी आदि दिन पाउने कि नपाउने ? यी क्रियाकलापहरुले अहिलेको संविधानसभाको निर्वाचन गर्न कहाँ बाधा पु-एको छ ? १९ दिनको जनआन्दोलन पछाडी सरकारमा को छ ? जसले संविधानसभाको निर्वाचनको वाताबरण तयार गर्न गई राखेको छैन उल्टै जनआकांक्षालाई कुल्चदै विदेशीसंग सम्झौता गदै अगाडी बढि राखेको छ । तिनीहरुले निर्वाचनको लागि वाताबरण विगारेको छ कि, हामीहरुले ?

४. केही पार्टीका नेताहरुले माओवादीले लिगलाई आपराधिक गतिविधी गर्न उत्प्रेरित गराएको आरोप लगाएको छ नि ?
             यो देशमा गुण्डाहरु कसले परिचालन गरिराखेको छ ? हाम्रो वाईसीएलले त दिनरात गुण्डा नियन्त्रण गर्ने काममा लागिराखेको छ । तिनै गुण्डाहरु जो  तरुणदलका हुन्छन्, प्रजातान्त्रिकका हुन्छन् । तिनीहरुलाई छोडाउनको लागि उनीहरुको नेतृत्वले हामीहरुलाई फोन गरिरहन्छन् । हामीहरुले सबै जाति, भेषभुषा र समुदायका युवाहरुलाई समेटेर राष्ट्रिय एकता कायम गर्ने काम गरिराखेका छौ । ति पार्टी जुन आफ्नो अस्तित्व खराबमा नपरोस्, हिजोका आफना कु कर्महरु जनतामा आउने भए भनेर वाईसीएलप्रति आतंकित छन् त्यसकारण उनीहरुले हामी प्रति लगाएको बेकुबको आरोप मात्र हो भन्ने जस्तो लाग्छ अरु केही होइन ।

५. तपाईहरुले प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालालाई भ्रष्टचारी, अपराधी र तस्करीको प्रधानमन्त्रि भनि आरोप लगाउनुभएको छ । यस्तो प्रधानमन्त्रिको सरकार राख्नु उचित छ ?

             जनता आफै छुट्याउनुहोस् । सीताराम प्रर्साई जसलाई राष्ट्रबैंकले २०६३ भदौं २६ गते समाउनको लागि प्रहरी प्&;;;;;#2352;शासनलाई पत्रचार गरिसकेको थियो तर त्यो प्रशासनले नसमाईकन हिजोको जस्तै आर्थिक माफियाहरुलाई बडबा दिने रबैया देखायो । नेपाली जनता अहिले सम्म भ्रममा थिए । तस्कर, भ्रष्टचारी र अपराधीहरुको संरक्षणकर्ता को भनेर चिन्न सकेका थिएनन् । अपराधीलाई कारबाही गर्नुपर्छ भनेर नभन्ने अनि अपराध नियन्त्रण गर्न अपराधीलाई समाउने सस्थालाई चाहि अपराधीको संज्ञा दिने प्रधानमन्त्रि कुन कोटीको हुनुहुन्छ ? त्यो जनताले छर्लङ देखिसकेका छन् ।

६. अब गिरिजाप्रसाद कोइरालाको विकल्प के हुनसक्छ ?
                 गिरिजाप्रसाद कोइरालाले यदि जनतालाई कुठराघात गर्छन्, उन्नाइस दिनको जनआन्दोलनको जनताको मर्म र भावनालाई कुल्चन खोज्छन् भने जनताले सीताराम प्रर्साईलाई जस्तै खुल्लामञ्चमा उभ्याउनु पर्ने हुन्छ । हामी भन्छौ जनताले प्रधानमन्त्रिलाई सीताराम प्रर्साईलाई जस्तै खुल्ला मञ्चमा उभ्याँउनुनपरोस् बेलैमा  सच्याउने कोशिस गरोस् नत्र भने भीरमा जाने गाईलाई रामराम बाहेक अरु केही गर्न सकिदैन ।

७. प्रशासनले सीतारामलाई कारबाही गर्छ जस्तो लाग्छ ?
           हामीले समातेर प्रशासनलाई बुझाएका छौ । उनीहरुको हातमा कानुन छ । अपराधीलाई कारबाही गर्ने उनीहरुमा अधिकार छ । अब पनि कारबाही गरेन भने जनताले जे पनि गर्न सक्छ ।

८. तपाईहरुले भ्रष्टचारी, तस्करी, अपराधीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने जुन काम गर्नुभएको छ । कतै माओवादीको नाममा भएका अराजक क्रियाकलापलाई बैधता दिने रणनिति त होइन ?
           माओवादीले कहाँ अराजक स्थिती सिर्जना गरेको छ? राजनितिक माफियाहरुलाई नियन्त्रण लिन कोशिस गरेको छ, दुरगति तिर गएको देशलाई सु- गति तर्फलाने कोशिस गरेको छ, परनिर्भर तर्फलम्केको देशलाई आत्मनिर्भर बनाउन खोजिराखेको छ ।  हिजोका भुमाफियाहरुलाई कारबाही गरेको छ जसले ९५ प्रतिशत मानिसहरुलाई शाषितको रुपमा दमन गरिराखेको थियो । पिडितहरुलाई शासकको रुपमा रुपान्तरण गर्ने कोशिस माओवादी पार्टीले गरिराखेको छ । जनताले स्वतन्त्र र अमनचैनसंग बाँच्न पाउनको लागि लडिराखेको छ ।

९. आगामी मंसीरमा संविधानसभाको चुनाब हुनसक्छ भन्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
           हाम्रो भनाई त जेठमा नै संविधानकोसभाको चुनाव हुनुपर्दछ भन्ने थियो तर जेठमा हुनु पर्ने चुनावलाई  षडयन्त्रपूर्ण  ढंगबाट मंसीरमा सारिएको छ । मंसीरमा पनि हुन्छ भन्ने पूर्ण आशामा छैनौं जबसम्म यो देशमा ज्ञाने शाही रहन्छ त्यतिबेलासम्म चुनाब हुदैन । यदि संविधानसभाको चुनाबलाई सफल गराउने हो भने संविधानसभाको निर्वाचनभन्दा अगाडी नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा हुनुपर्दछ ।

१०. संविधानसभाको चुनाब समयमा हुन नसक्नु कसको दोष हो जस्तो लाग्छ ?
               अहिलेका शासकहरुको दोष हो त्यसमा पनि विशेष नेपाली कांग्रेस, एमालेको साथसाथै भारतीय विस्तारवाद र साम्राज्यवादको मुख्य भुमिका छ ।

११. वाईसीएलको भावी रणनितीहरु के के छन् ?
              आम नेपाली जनसमुदायलाई गणतान्त्रिक मुलधारमा उभिन एवं विकृति र विसंगतीलाई सच्याउदै एउटा सशक्तिकरणको दिशामा जान लागि परेका छौ ।


by: Bimala Shrestha

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch