मुलुकमा अहिले वाम एकता र धुर्बिकरणको नयाँ माहोल सृजना भएको छ । देशलाई गणतन्त्रको दिशामा लैजान वाम शक्तिहरू एक हुनु पर्ने धारणा अगाडि आइरहेको समयमा नेकपा एमाले र माओबादी एकताको कुराले बढी नै चर्चा पाइरहेको छ । कम्यूनिष्ट पार्टी भएर पनि एक अर्को
325;ो विरोधि देखिएका यी दुई वाम शक्तिहरूबीचको एकताले चर्चाले महत्व पाउनु पनि स्वभाविकै हो । यसै विषयलाई लिएर नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख झलनाथ खनाल सँग गरिएको कुराकानीको सारसंक्षेप :-
# एमाले र माओवादी एकताको कुरा साँचो हो या झुटो ?
मुलुकमा अहिले जुन एमाले र माओवादी एकताको कुरा चलिरहेको छ त्यो हल्ला नभएर साँचो हो ।
# एमाले र माओवादी एकता सम्भव छ त ?
एउटै लक्ष्य लिएर हिँडेका दुई पार्टी बिचको एकता कसरी असम्भव हुनसक्छ । यो एकता सम्भव छ र देशलाई निश्चितता दिन अपरिहार्य पनि छ ।
# कसरी एमाले र माओवादी पार्टीको एउटै लक्ष्य हुन सक्छ ?
जनआन्दोलन -२ को म्याण्डेड भनेको मुलुकमा गण्तन्त्रको स्थापना गर्नु हो । एमालेले पहिले देखि नै गणतन्त्रको कुरालाई अगाडि सारेको हो । माओवादी पनि मुलुकमा गणतन्त्र ल्याउन चाहन्छ । त्यसैले गणतन्त्रको लागि एमाले र माओवादीको एउटै लक्ष्य बन्न पुगेको हो ।
# एकता कहाँ सम्म पुग्यो ?
अहिले एमाले र माओवादी बीचको एकता र संर्घष दुबै प्रकृया जारी छन् । एमालेले माओवादीसँग एकताको उद्देश्यबाट थालनी गर्दै संर्घष्ाको समेत प्रक्रिया अगाडि बढाएको छ । हामी उन्नत स्तरको एकताको दिशातर्फअघि बढ्दैछ ।
#एकता कस्तो खालको हुन्छ ?
हाम्रो बीचको एकता टाउको जोर्ने, अंकमालगर्ने, गालाजोड्ने नभएर नीति निष्ट र सिद्धान्त निष्ट हुनेछ । सिद्धान्त र नीतिमा एकरुपता भएपछि मात्र दुई पार्टी एकीकृत हुनेछ ।
#सिद्धान्त र नीतिमा एमाले र माओवादी एक हुन् त ?
छैनन् । अहिले गणतन्त्रको कुरामा मात्र एमाले र माओवादी एक छन् । अरु कुरामा थुप्रै मत भिन्नताहरू छन् । मत भिन्नताहरू समाप्त हुँदै गएपछि मात्र संगठनात्मक एकता बढ्दै जान्छ ।
# एक अर्काका नीतिका विरोधि देखिएका एमाले र माओवादी एकता किन आवश्यक पर्यो ?
दुई पार्टी बिचको नीतिमा फरक छ यसमा कसैको दुईमत छैन् । तर अद्देश्य, गणतन्त्र नै छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सबै लोकतन्त्रका पक्षधर शक्तिबीच एकता हुनु अहिलेको ऐतिहाँसिक आवश्यकता हो ।
# एकताको लागि औपचारिकता अगाडि बढेको छ त ?
जनताले जस्तै हामीहरू पनि यो आवश्यकतालाई महसुस गरिरहेका छौं । दुईवटा पार्टी हुने वार्तामा केही प्रसंग पनि उल्लेख हन थालेका छन् । आम जनताले पनि पार्टी मिले हुन्थ्यो भन्ने चाहना राखिरहेका छन् । हामी बीचको संर्घष र उन्नत स्तरको एकता क्रमिक रुपले अगाडि बढिरहेको छ ।
# नेपालमा कम्यूनिष्टहरू एक भएको इतिहाँस छ र ?
छ नि, किन नहुनु, ।१९५० देखि १९६३ सम्म नेपालमा एउटै मात्र कम्यूनिष्ट पार्टी थयो । त्यसपछि नेपालमा कम्यूनिष्ट पार्टीको आन्दोलन बहुदलीय बनेको छ । पूरानै इतिहाँस दोहोर्याउनको लागि हामी एकीकृत कम्यूनिष्ट पार्टी निर्माण गर्नका निम्ति प्रयासरत छौं । आशा गरौं हाम्रो प्रयास सफल होस् ।
# एमाले माओवादी विचारसँग मिल्न जाने हो कि ?
नेकपा एमालेले एक किसीमको बैचारीक राजनीतिक कार्यदिशा अगाडि सारेको छ । अर्थात नेकपा एमालेको नीति, सिद्धान्त र कार्य दिशाको आधारमा हामी एकता प्रकृयालाई अगाडि बढाउँछौं ।
# संसद अहिले कम्यूनिष्ट पार्टी बहुमत भएर एमाले माओवादी एक हुन खोजेका हुन कि ?
संसद्मा बहुमत भएर भन्दा पनि देशलाई अग्रगामी दिशा तर्फदृढता पूर्वक अगाडि बढाउन नेपाली जनतालाई आमूल परिवर्तनको प्रत्यभूति दिलाउन र नेपाललाई एउटा सुन्दर, समृद्ध, लोकतान्त्रिक, शान्तिपूर्ण समृद्धशालि नेपालको निर्माण गर्नको निम्ति आवश्यक भएको हो ।
# त्यसो भए कहिले सम्ममा एकता हुन्छ त ?
तत्कालै दुई पार्टी एक हुन्छ भनेर म भन्न सक्दिन । तर , सम्भावनालाई पनि नकार्न सकिदैन् । राष्टिय मुद्दामा अवश्य पनि हामीहरू एक भएर जान्छौ । संगठनात्मक एकता भने धेरै गृहकार्य गर्न बाँकि छ र गर्नु पर्ने हुन्छ । संगठनात्मक एकताकालागि समय लाग्न सक्छ । बैचारिक राजनीतिक एकता पछि संगठनात्मक एकता हुन्छ ।
# एमालेको जनमत संग्रह र माओवादीको गणतन्त्रको प्रस्तावबीच एकता सहज छ ?
अवश्य पनि , जनमत संग्रह पनि गणतन्त्रकै लागि भएको र एकताको लागि या त झनै बलियो आधार हो । त्यस माथि हाम्रो माग प्रति माओवादीको सहानुभूति रहेको र माओवादीको माग प्रति हाम्रो सहानुभूति रहेकोले जनमत संग्रहको मद्धाले गति लिन्छ ।
# ससंदबाट गणतन्त्र घोषणा गराउन माओवादी उद्दत देखिन्छ, एमाले पनि त्यसैको पछि लागेको हो त ?
यसमा पछि लागेको भन्ने हुँदैन् । देशको हित हुने र जनचाहनाको कदर गर्ने खालको प्रस्ताव कसैले गर्छ भने त्यसमा र्समर्थन जनाउनु सबै राजनीकित दलको कर्तव्य हो । गणतन्त्र घोषणा गराउन एक वर्ष ढिला भैसक्यो । अब पनि ढिला गर्यो भने भयावह स्थिति आउन सक्छ । त्यसैले तरिका र प्रकृया मिलाएर गणतन्त्रको घोषणा गर्नुपर्छ यो नै आम जनताको माग हो ।
# एकैचोटी गणतन्त्र घोषणा गर्न सम्भव छ र ?
आम नेपालीको चाहना लोकतान्त्रिक गणतन्त्र भएकाले असम्भव भन्ने छैन् । एकैचोटी गणतन्त्र घोषणा गर्न कठिनाई भए जनमत संग्रहबाट लोकतान्त्रिक गणतन्त्रमा जान सकिन्छ । जानमत संग्रह नेकपा -एमाले) को अडान हो ।
# एमालेको यो अडानले र्समर्थन पाउन सकेन नि ?
यो गलत हो । जनमत संग्रहको प्रस्ताबलाई शुरुमा प्रायः सबै दलले र्समर्थन गरेका थिए । अन्तिम अवस्थामा अलिकति गडबडी भयो । अहिलेको यो परिस्थितिमा सबैले स्वीकार गर्छन भन्ने हाम्रो विश्वास रहेको छ ।
# जनमतसंग्रहलाई कांग्रेसले मान्ला त ?
राष्ट्रिय मद्धामा देशलाई हित हुने कुरामा सबैले मान्नै पर्दछ । सबैले मानेपछि कांग्रेसलाई पनि मान्न करैलाग्छ ।
# राजा बचाउन जनमत संग्रह ल्याईको भन्छन नि ?
यो कुरा झुटो आरोप हो । जनमत संग्रहबाट कसरी राजा बच्छ र ?
# राजालाई चलखेल गर्न दिनलाई जनमत संग्रह ल्याइएको भन्छन नि ?
राजालाई चलखेल गर्न दिने हो भने त जनमत संग्रहको अवधारणा नै ल्याइने थिएन् नी फेरी जनमत संग्रहले राजालाई चलखेल गर्न दिन्छ भन्ने आधार के छ । र फेरी संविधानसभाको चुनावमा राजावादीले भाग लिन पाउँछन् कि पाउँदैनन् त, एमालेलाई बद्नाम गराउन खोज्नेहरूले यस्तो आरोप लगाएका हुन् ।
# अठ दलको शिर्ष बैठक कहिले हुन्छ ?
अहिले प्रधानमन्त्रीले सबै दलका नेताहरूसँग परामर्श शुरु गर्नु भएको छ । हेरौं बालुवाटारको निन्द्र व्यूतिएपछि आठ दलको शिर्ष बैठक हुन्छ होला ।