Friday, 10 September 2010 01:32 pm
Spot Nepal

 Business Search

Add Your Business !
Hot Searches:
Nepal Kamaz Tours & Travels     Freedom Travels & Tours (P) Ltd.     Mountain Club Tours and Travel (P) Ltd.     Trijyoti Travels and Tours P.Ltd.     Khushi World Travels and Tours    
CatagoryINTERVIEW
शीताष्मा चन्दशी
मिस नेपाल प्रतियोगिताको आयोजना हुन थालेपछि प्रत्येक बर्ष यसको विरोधमा प्रदर्शन हुँदै आएको छ । महिलालाई बस्तुको रुपमा प्रयोग गर्न पाइदैन, महिलाको अस्मिता बेच्न पाइदैन, सुन्दरी प्रतियोगिता बन्द गर आदि नारा सहित महिला अधिकारकर्मीहरु मिस नेपालको व&
#2367;रोधमा उत्रिएका थिए । तर यसको बाबजुद पनि ललितपुर  भनिमण्डल निवासी  शीताष्मा चन्द  डाबर वाटिका मिस नेपाल २००७ चुनिएकी छिन् । स्नातक तहको अध्ययन पुरा गरिसकेकी ५ फिट ७.५ इन्च उचाई भएकी शीताष्मा आफुलाई
Sporty Girl भन्न रुचाउछिन् । मिस नेपालमा भाग लिनु अघि यामाहा म्यूजिकमा सेल्स एक्ज्युक्युटिभ र एयर नेपाल इन्टरनेसनलको एयर होस्टेजको अनुभव पनि संगालिसकेकी मिस सिताष्माले मिस पर्सनालिटि तथा मिस बेस्ट क्याट वाकको उपाधि पनि हात पारेकी थिइन् । मिस नेपाल भइसकेपछि कस्तो अनुभव भइरहेको छ त उनलाई, आनुहोस् यो जिज्ञासालाई उनकै मुखबाट सुनौ ।

स्पट नेपाल ׃   मिस नेपाल २००७ को ताज पहिरिसकेपछि कस्तो अनुभब भइरहेको छ ?
        टप टेनमा मलाई अन्तिममा  बोल्न लगाइएको  थियो, अन्तिममा बोलाउनु भन्दा अगाडि जो पनि हुन सक्थ्यो, एकदम प्रतिस्पर्धा थियो। डर पनि उतिकै थियो। टप फइलबाट तिन जनामा पनि मलाई नै बोल्न लगाइएको थियो। फस्ट तथा सेकेण्ड रनर अप को नाम लिए पछि बाँकि दुई मध्ये एउटी म पनि हुँ कि जस्तो लागेको थियो। दुई साथीहरु राम्रो हुनुहुन्थ्यो। जब मेरो नाम लिइयो म नि- शब्द भएँ। निकै खुशी भएँ तर म मा इमोसन कन्ट्रोल गर्ने क्षमता भएकोले हर्षको आँसु चाँहि झारिन ।

स्पट नेपाल ׃ मिस नेपाल भई सके पछि तपाईको योजनाहरु के- के छन् ?
        मिस नेपालले मलाई काम गर्ने मौका पनि दिइरहेको छ । confident का साथ गर्छु र गर्ने पनि छु। मेरो उद्देश्य चाँहि मिस वर्ल्डमा जानु छ। अहिले सम्म साथीहरु सहभागिता जनाएर मात्र फर्केको र केही गर्न नसकेर  बाहिरिनु परेको छ । यो अबस्थामा मैले मिस वर्ल्डलाई मिस नेपाल हुनुभन्दा धेरै ठुलो विषयको रुपमा लिएकी छु। देशको प्रतिनिभित्व गर्नु पर्ने हुदाँ म निकै परिश्रमका साथ तयारी गर्नेछु । म भित्रको आत्मविश्वास तथा नेपाली हुनुको कला देखाएर र्फकन्छु। त्यो बाहेक मैले अब विभिन्न संघ संगठनसँग आबद्ध रहेर काम गर्नुपर्दछ । भर्खर पाइला टकेको छु । विभिन्न संघ सगठनका व्याक्तित्वहरु सँग राय सल्लाह लिएर अगाडी बढ्ने छु ।

स्पट नेपाल ׃   मिस नेपाल हुनुभन्दा अगाडीको शिताष्मा र अहिलेका शिताष्मामा के फरक पाउनु भएको छ ?
      बोल्ने, हिड्ने, खाने त हामीले सानै देखि गरेका हौ, तर यहाँको तालिमले यि कुराहरु गर्न पनि ज्ञान चाहिने रहेछ भन्ने थाहा पाएँ । फरक त छ तर आफ्नो व्याक्तिगत रुपमा त्यति धेरै फरक लाग्दैन । अहिले कर्तव्य, जिम्मेवारी, लगनशिल र हौसलाहरु बढेको छ । त्यो भन्दा त बढि के नै पो छ र पहिलाको शिताष्मा जो थिएँ अहिले पनि त्यहीँ छु ।

स्पट नेपाल ׃   मिस नेपालको चर्को  विरोध हुने गरेको छ, यसलाई कसरी लिनुहुन्छ ?
       कतिले मिस नेपाललाई बौद्धिकता होइन सुन्दरता मात्र हो । केही गरि सुन्दरतालाई मात्र हेर्ने हो भने म आज यहाँ हुने थिइन किनकी म भन्दा सुन्दर धेरै हुनुहुन्थ्यो । यो सबै मान्छेको हेराई र सोचविचारमा भर पर्ने कुरा हो । कुने एउटा चिजलाई कसैले अति राम्रो मान्न सक्छ तर त्यही चिजलाई कसैले नराम्रो मान्न पनि सक्छ, सबैलाई आफ्नो हिसाबले सोच्ने अधिकार छ । हामी सबै प्रतियोगीहरु १८ बर्ष भन्दा माथिका थियौ । हामीलाई कुन कुरा सहि र गलत हो भन्ने कुरा थाहा छ । सबैले परिबारको स्वीकृत बाटै  प्रतिस्पर्धामा भाग लिएका हौ । उहाँहरु आफ्नो ठाँउमा सहि हुनुहुन्छ भने पनि हामी पनि आफ्नो ठाँउमा सही छौ । तर म दावीका साथ भन्छु मिस नेपाल हुन बौद्धिकता र सुन्दरता दुवै बराबर हुनु पर्दछ ।

स्पट नेपाल ׃   मिस नेपाल हुन कस्ता कस्ता गुणहरु समाबेश हुनु पर्दछ ?
       बौद्धिकताको साथसाथै सुन्दरता त हुनु पर्दछ नै, त्यो मात्र नभएर राम्रो प्रदर्शन र व्याक्तित्वका गुणहरु पनि हुनुपदछ ।

स्पट नेपाल ׃   मिस नेपाल शहरी इलाकामा केन्द्रित रहेको देखिन्छ । नेपालका सबै भु-भागका महिलाहरुलाई समेट्नु पर्ने होइन र ?
         आयोजकहरुले application नपढाएको पनि होइन, गाँउमा application पढाउनु भएको थियो । यसपाली पनि बाँके इटहरी, र् बदिया, बुटवल बाट आउने भएको थियो । रुकुम तिर पनि मास्टर गरेका धेरै महिलाहरु हुनुहुन्छ । उहाँहरु पनि अगाडि बढ्न सक्नु पर्‍यो । यो हामीलाई एउटा ठुलो मौका दिइराख्नु भएको छ । यसलाई सदुपयोग गर्न सिक्नुपर्‍यो ।

स्पट नेपाल ׃ यहाँसम्म आइपुग्न सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
        र्सवप्रथम मेरो मुमालाई दिन्छु, त्यसपछि मेरो परिवार अनि साथीभाईहरुलाई जान्छ । उहाँहरुले सहयोग र हौसला नदिनु भएको भए म यस ठाँउमा आइपुग्ने थिइन ।

स्पट नेपाल ׃ मिस नेपाल भाग लिने निर्णय कसरी गर्नुभयो ?
       सन् २००४ मा भाग लिऊँ कि जस्तो लागेको थियो। स्नातक पुरा गरेर आउँदा परिपक्कता आउँछ जस्तो लागेर दुई वर्ष कुरेकी हुँ । मेरो परिवार र साथीभाईहरुको प्रेरणाले प्रतिस्पर्धा गरेकी हुँ । तर बच्चादेखिको सपना चाँहि थिएन ।

स्पट नेपाल ׃ तपाई भाग्यमा कतिको विश्वास गर्नुहुन्छ ?
     भाग्य बनाउने आफ्नो हातमा छ । लगनशील भै मेहनत साथ अघि बढे नहुने केहि पनि छैन।


स्पट नेपाल ׃ विवाह कहिले गर्नुहुन्छ ?
       अहिले सोचि सकेकी छैन । मिस नेपाल भए पनि नभए पनि यो विषयमा सोचेको नै छैन । गर्छु केही  वर्षपछि ।

स्पट नेपाल ׃ ईश्वर प्रति कतिको विश्वास छ ?
     एकदम आस्था छ । भगवानको आर्शिवादले नै  यहाँ सम्म आएकी छु ।

स्पट नेपाल ׃ राजनितिक प्रति नि?
     No comment तर हरेक सचेत नागरिक राजनितिक प्रति ज्ञान चाँहि हुनु पर्दछ ।



स्पट नेपाल ׃ सुन्दरताको अर्थ यहाँको विचारमा ?
         वास्तवमा सुन्दरता भित्री मनको हुन्छ । मान्छे जति सुन्दर होस तर उसको भित्री मन सफा छैन भने उसको सुन्दरता झल्किदैन ।

स्पट नेपाल ׃ विवाहलाई कस्तो रुपमा हेर्नु हुन्छ ?
       मानिसको जिवनमा एकदम आवश्यक छ तर जब आफु परिपक्क भइन्छ त्यति वेला गर्दा राम्रो हुन्छ ।

स्पट नेपाल ׃ तपाई नेपालको वर्तमान विश्व सुन्दरी भएको नाताले नयाँ नेपालको खाका कसरी कोर्नु भएको छ?
       म नयाँ नेपालको भन्दा पनि राम्रो नेपाल भएको देख्न चाहान्छु । नेपाल त पहिलाको नै हो नी, पुरानो नेपाल को कार्यढाँचालाई परिर्माजित गर्नुपर्दछ । एक व्यक्ती र संगठनले मात्र देश विकास हुन सक्दैन हामी सबै एक जुट भएर लाग्यौ भने अवश्य नेपालको भविष्य सुन्दर छ ।

by : Bimala Shrestha

Send us your feedback






 



Disclaimer:
It is notified to all of our dear visitors that every comment sent to us by you shall not be published. Only a fewer selected ones will be published after a series of checking and editing.
Viewers' Comments

INTERVIEW

sagar bhai ra miroj
bhai le liyeko article malai sarai man paryo pls keep it up.
srijana - Interview with Dinanath




I like this article.

Ram
- Interview with Deepak Bista




It is one of the most entertaining site with full update information, which is benificial to all age group.
Thanks a lot to SpotNepal, keep it up in comming days too.

Deepak Mauwar
- About SpotNepal.com




It is very good site. We get every thing in this site . Keep it up . Nice

Sandip
- About SpotNepal.com




I like congress party.


Jai Bahadur - India, Bangalor
- Interview with Nar Hari Acharya




This is a good job. I really liked the website. It has pretty neat informations, it is good overall.


Ravi Das - USA
- About SpotNepal.com



Comment for interview:- I like this interview it's such a lovely web site.

Tabita
-Interview with Pari Thapa




Previously published interview articles
Advertisement
SN Download
Advertisements
Suscribe Newsletter
   Email :

Unsubscribe
Advertisements




Just Arrived
Market watch - Latest in the market

Honda-CB-Twister

Today's Videos

Model Watch